रौतहटमा बढ्यो काठ चोरी-तस्करी

 

रौतहट । डिभिजन वन कार्यालयका कर्मचारीको हेलचेक्राइका कारण रौतहटको वनमा पछिल्लो समय व्यापक रुपमा बहुमुल्य जातका हरिया सालका रुख काटिने क्रम बढदै जान थालेको छ । वन कर्मचारीले नियमित रुपमा गस्ति नगर्नु र कर्मचारीनै काठ तस्करसंग मिल्नुले रौतहटको राष्ट्रिय तथा साझेदारी वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाले बताएकाछन् । डिभिजन वन कार्यालय रौतहट मातहतका सब वन डिभिजन कार्यालयमा कार्यरत रहनुपर्ने वन कर्मचारी गस्ती गर्न छाडेर  घर जान थालेपछि रौतहटको बलेरी वनबाट सर्लाही र रौतहटकै काठ तस्कर समुहले दिउसो रुख काटने र रातीको समयमा लाने गरेको स्थानीय बासिन्दाले बताएकाछन् ।

 

 

 

डिभिजन वन कार्यालय रौतहटमा कार्यरत रहेका करिव २ सय वन कर्मचारीमा ९० प्रतिशत वन कर्मचारी रौतहटकै भएका कारण समेत वनमा चोरी तस्करी बढेको सन्तपुरका स्थानीय बासिन्दा बिनोद चौधरीको भनाइ रहेको छ । पछिल्लो समय आएर रौतहटको वनमा कार्यालय प्रमुख देखी कार्यलय सहयोगी सम्म रौतहटकै स्थानीय छन् । रौतहट जिल्लामा धेरै काठ चोरी हुने बृन्दावन सब वन डिभिजन कार्यालय मातहतको जंगल क्षेत्र हो । सो भेगको जंगलबाट वन कर्मचारीकै मिलेमतोमा सर्लाही र रौतहटका काठ चोर तस्कर समुहले बहुमुल्य जातका सखुवाका काठ काटेर लाने गरेकाछन् ।

 

 

 

नयाँ बर्षको दिन पिकनिक मनाउने नाउँमा बलेरी क्षेत्रको जङ्गलबाट ठूलो मात्रामा काठ कटान भएको सुचना स्थानीयले वन कर्मचारीलाई दिएका थिए । लगत्तै वनले सो काठ बरामद गरेको थियो । डिभिजन वन कार्यालय रौतहटका प्रमुखदेखि सब डिभिजन वन कार्यालयका वन कर्मचारीसम्मको मिलोमतोमा काठ चोर समुहले ल्याएको सो काठ स्थानीयको दवावका कारण नामको लागि मात्रै बरामद गरेको जस्तो गरेर काठ पुन चोर समुहकै जिम्मामा छाडेको स्थानीय हरिन्द्र कुमार पटेलले बताए ।

 

 

 

गत वैशाख १ गते पिकनिक मनाउन गएका समूहहरूले ट्रेक्टरमा तीनवटा सालको गोलिया ल्याइएको थियो । सो समूहले वनबाट काटेर ल्याएको साल जातको ७८ इन्च मोटाई ७ फिट लम्बाइ भएका एक थान, ७७ इन्च मोटाई ७ फिटका एक थान र ७३ इन्च मुटाई ७ फिटका एक थान गरि तीन थान सखुवाको काठ बरामद भएको थियो । स्थानीयको सुचनामा बरामद भएको काठ बलेरी गाउँका पूर्व वडाध्यक्ष, वर्तमान वडा सदस्य भद्र भलादमी लगायतको जिम्मामा काठ बरामद भएकै स्थानमा छोडिएको सो सव डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत अनिल कुमार महतोले बताए । स्थानीयका अनुसार एक प्रकारले भन्ने हो भने सो काठ वनले बरामद गरेर काठ चोरी तस्करीमै संलग्नलाई जिम्मा लगाएको छ ।

 

 

 

काठ बरामद गरेपनि बरामद काठ लान नसक्नु वन कार्यालयको कमजोरी रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । बरामद भएको सो काठ पुनः जङ्गलबाट ल्याउने समूहलाई दिने तयारी भएको स्थानीयको भनाइ रहेको छ । वनले काठ बरामद गरेर काठ जङ्गलबाट ल्याएकै समूहलाई दिन प्रलोभनमा परेर दिन खोजेको एकजना स्थानीयले नाम नबताउने शर्तमा जानकारी दिएकाछन । स्थानीयका अनुसार महतोकै मिलेमतोमा सो जंगलबाट काठ चोरी तस्करी हुने गरेको छ ।  पछिल्लो केही समय यता आएर रौतहटको बलेरी वनमा व्यापक रुपमा काचा सालका रुखको चोरी तस्करी बढेको छ । काठ चोरी तस्करीसंगै रौतहटको बलेरी वन क्षेत्रको बागमती बगर समेत स्थानीय अतिक्रमण गरेकाछन् । प्रयाप्त मात्रामा कर्मचारी नभएका कारण नियमित रुपमा गस्ति नहुँदा छिटपुट रुपमा काँचा सालका रुख काटिएको डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकृत बिमल ठाकुरको भनाइ रहेको छ ।

 

 

 

 

यता रौतहटको गैडाटार सब वन डिभिजन कार्यालयमा कार्यरत कर्मचारीकै मिलेमतोमा काठ चोर समुहले रातीको समयमा काँचा सालका फ्यान्टा र कडि बनाएर चन्द्रनिगाहपुर बजारमा ल्याएर बिक्रि गर्ने गरेको स्थानीयको भनाइ रहेको छ । डिभिजन वन कार्यालय रौतहटमा रहेका स्थानीय कर्मचारीकै कारण वनमा व्यापक रुपमा चोरी तस्करी बढेको स्थानीय बासिन्दा भरत आचार्यको भनाइ रहेको छ । स्थानीयका अनुसार डिभिजन वन कार्यालय रौतहटमा प्रमुखका रुपमा शैलेन्द्र कुमार मिश्र आएदेखीनै रौतहटको वनमा हानिनोक्सानी बढेको हो । मिश्र रौतहटकै स्थानीय बासिन्दा हुन । स्थानीय कर्मचारीको काठ चोर तस्कर समुहसंग साँठगाँठ हुने र उनीहरुले गस्त कतिबेला कता जान्छ भन्ने कुराको जानकारी उनीहरुलाई दिने गरेका कारण चोरी तस्करी मौलाएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनधिकृत संरचना हटाइँदै

गण्डकी,  पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ । हङ्कङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको...

पर्यटकको दैनिक औसत खर्च १९ प्रतिशतले घट्यो

काठमाडौँ,  नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ । सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो ।नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन, जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।       उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी, जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९