आइतवार, जेष्ठ ६, २०८१

बिदेशी मुद्राको बिनिमय दर, अमेरिकन डलर १३३ रूपैयाँ बढी

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९६ पैसा कायम हुदाँ युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसामा कारोबार गर्न सकिनेछ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा कायम गरिएको जनाउँदै राष्ट्र बैंकले अष्ट्रेलियन डलर १ को खरिददर ८५ रूपैयाँ ६१२ पैसा तथा बिक्री दर ८६ रूपैयाँ, क्यानेडियन डलर १ को खरिददर ९६ रूपैयाँ ७२ पैसा तथा विक्री दर ९८ रूपैयाँ २१ पैसा कायम गरेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation