आइतवार, बैशाख २३, २०८१

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा। पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन ।  जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।  शुक्रबार राती लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।  भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation