२७ श्रष्टालाई सम्मान अर्पण गर्दै साहित्य समाज, एक लाख ११ हजार राशिको पुरस्कार अवस्थीलाई

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले २७ जना श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टाहरूलाई पुरस्कार प्रदान गर्दै आएको साहित्य समाजले यस पटक पनि विविन्न विधामा २७ जनालाई सम्मान गर्न लागेको हो।

 

 

 

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले निकट दिनमै विशेष समारोहबीच उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने बताए। यस वर्षको एक लाख ११ हजार १ सय ११ राशीको बद्रीकृष्णा वाङ्मय पुरस्कार, २०८० बैतडीका प्राध्यापक डा. महादेव अवस्थीलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष पाण्डेयले बताए। यसअघि २०७९ सालको बद्रीकृष्णा वाङ्मय पुरस्कार स्रष्टा झमक कुमारी घिमिरेलाई प्रदान गरिएको थियो।

 

 

त्यसैगरी २०८० को प्रभास राज्यलक्ष्मी कृति पुरस्कार अछामका प्राज्ञ यज्ञराज उपाध्यायलाई प्रदान गरिने छ। उक्त पु्रस्कारको राशी पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ नै रहेको छ। २०७९ को प्रभास राज्यलक्ष्मी कृति पुरस्कार जनकपुरका प्रा.डा. राजेन्द्र बिमललाई प्रदान गर्ने निर्णय गरिएको पाण्डेयको भनाइ छ।

 

 

 

यस वर्ष २५ हजार रुपैयाँको श्रीलोचन साहित्य पुरस्कार २०८० कास्कीका प्राध्यापक माधव वियोगी र २०७९ को श्रीलोचन साहित्य पुरस्कार कञ्चनपुरका रामचन्द्र नेपाललाई दिइने भएको छ। साहित्य समाजले स्थापना गरेको २५ हजार राशीको जयराज पन्त लोकसाहित्य पुरस्कार, २०८० बैतडीका हेमबाबु लेखक र २०७९ को पुरस्कार पिथौरागढ, भारतका डा. पिताम्बर अवस्थीलाई दिने निर्णय गरिएको अध्यक्ष पाण्डेयले बताए।

 

 

त्यसैगरी २५ हजार राशीकै सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार, २०८० कञ्चनपुरका पदम राना र २०७९ को पुरस्कार कैलालीका डम्बर चौधरीलाई प्रदान गरिने उनले जानकारी दिए। २५ हजार राशीको गणेश स्मृति हेमन्ती पुरस्कार २०८० बैतडीका कर्ण दयाल र २०७९ को पुरस्कार चितवनका गणेश श्रमणलाई प्रदान गरिने अध्यक्ष पाण्डेय बताउँछन्।

 

 

त्यसैगरी २५ हजार राशीको बिष्णुदास यज्ञ साहित्य पुरस्कार २०८० बाँकेको नेपालगन्जका किरण आचार्य र २०७९ को पुरस्कार डोटीका टीआर पाठकलाई दिइने छ। २५ हजार राशीको जसुदा संगीत पुरस्कार २०८० बाजुराका शोभा थापा र २०७९ डोटीका गोपाल सुचिकारलाई दिने निर्णय गरिएको पाण्डेयले जानकारी दिए। २५ हजार राशीकै जसुदा शिक्षा पुरस्कार २०८० कैलालीका कुलासिंह बम र २०७९ को पुरस्कार डडेल्धुराका जयराज पन्तलाई प्रदान गरिने छ।

 

 

 

२५ हजार राशीको जसुदा समाज सेवा पुरस्कार २०८० इटहरिका सुभद्रा प्याकुरेल र २०७९ को पुरस्कार कैलालीका दीपक उपाध्यायलाई प्रदान गर्ने निर्णय गरिएको उनले जानकारी दिए। साहित्य समाजका महासचिव गणेश नेपालीका अनुसार २५ हजार राशीको जसुदा साहित्य पुरस्कार २०८० बाँकेको नेपालगन्जका अञ्जु न्यौपाने र २०७९ को पुरस्कार बाजुराका खगेन्द्र गिरी कोपिलालाई प्रदान गरिने छ।

 

 

२५ हजार राशीको सावित्री साहु स्मृति पुरस्कार २०८० भारतको उत्तराखण्डका, उप्रेती सिस्टर, ज्योति र निरजा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए। त्यसैगरी ११ हजार रुपैयाँ राशीको हरुदेवी स्मृति स्रष्टा सम्मान २०८० डोटीका पत्रकार मुकुन्द भण्डारी र २०७९ को सोही पुरुस्कार पाल्पाका बिनु गौतमलाई प्रदान गर्ने निर्णय गरिएको महासचिव नेपालीको भनाइ छ।

 

 

त्यसैगरी ११ हजार रुपैयाँ राशीको प्रतिभाश्री सम्मान पुरुस्कार २०८० बझाङका पूर्णबहादुर मल्ल र २०७९ को सम्मान साहित्यकार बाजुराका जयलक्ष्मी जोशीलाई प्रदान गर्ने निर्णय गरिएको महासचिव नेपालीले बताए।साहित्य समाजले विभिन्न साहित्यिक गतिविधि गर्नुका साथै साहित्यका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तिहरूलाई प्रत्यके वर्ष  सम्मान गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९