शिल्पीमा जीवित देवी कुमारीमा आधारित नाटक ‘अग्निचक्षु’ मञ्चन शुरु

काठमाडौं । जीवित देवी कुमारीमा आधारित नाटक हो अग्निचक्षु । समाजशास्त्र अध्ययन गर्दै गरेकी बांलाले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् । नाटकको सुरुवात पूर्व कुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका व्यक्तिहरूसँग अन्तक्र्रिया गर्दै सन्दर्भ सामग्रीहरू जम्मा गरेकी हुन्छिन् । यसै सिलसिलामा उनिएका प्रसङ्ग नाटकका घटना बनेका छन् । व्यक्तिगत स्वार्थ त्याग गरेर राष्ट्र (नेपालमण्डल) जोगाउन गरेको मय्जुलानीको वीराङ्गनाको कथा आएको छ ।

 

परापूर्वकालदेखि नै कुमारीप्रति श्रद्धा गर्दै आएको इतिहास पनि यसको सूक्ष्म विषय हो । मल्ल राजाहरूकी आराधनाकी देवीको रूपमा कुमारीलाई लिँदै आएको इतिहास छ । विशेष गरी कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश तुलजा देवीसँग पासा खेल्ने, राज्यसञ्चालनको मार्गदर्शन लिन्थे भन्ने प्रसङ्ग यहाँ आएको छ । पासा खेल्ने क्रममा एकदिन उनको देवीसँग कुदृष्टि परेकोले देवीले अब उप्रान्त प्रत्यक्ष दर्शन नदिने कुरा भएपछि जयप्रकाश विचलित हुन्छन् । उनले आफ्नो क्रियाकलापप्रति पश्चात्ताप गर्छन् ।

 

आफ्ना शिष्य जयप्रकाशको त्यो पश्चातापले देवीको मन पग्लिन्छ र नेवार जातिको कोखबाट कुमारीको रूपमा जन्म लिनेछु, उनै जिउँदी कुमारीभित्र मेरो रूप हुनेछ, तिनैलाई मेरो प्रतिमाको रूपमा लिनू भनेपछि जयप्रकाश मल्लले काठमाडौको वसन्तपुरमा कुमारीघर बनाएर राजकीय सम्मानका साथ कुमारी राख्ने चलन चलाउँछन् । यो चलन अहिलेसम्म चलिआएको छ ।

 

यस नाटककी प्रमुख पात्र अष्टलक्ष्मी सामाजिक खराब परिपाटीबाट विचलित देखिन्छिन् । उनी आफ्नो प्रेमी सुलभको खराब प्रवृत्ति अनि आफ्नो पारिवारिक मायाममताको अभावमा घरै छाडेर हिँड्ने मनस्थितिमा हुन्छिन् । बांला र चिताइदारको उत्प्रेरणाले समाज रुपान्तन्रणमा नारी शक्तिको महत्त्व बोध गराइएपछि अष्टलक्ष्मी समाजबाट हटेर हैन डटेर अगाडि बढ्ने मनस्थितिमा पुग्छिन् । नाटक सकिन्छ ।

 

नाटककार चन्द्रप्रसाद पाण्डेयद्धारा लिखत यो नाटक ‘अग्निचक्षु’ बुधबारदेखि काठमाडौंको बत्तीसपुतलीस्थीत शिल्पी थिएटरको गोठाले नाटक घरमा मञ्चन सुरु भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन भइरहेको  नाटक हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन । संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेय बताउछन् । उनी भन्छन्( कला र संस्कृति राष्ट्रको अमूल्य सम्पति हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । राज्य तथा नारी शक्ति पुञ्जको रूपमा कुमारीलाई सबैले मान्दै आएको परम्परा नेपालको धरोहर सम्पदा हो । गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश अनि जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित छ, त्यसैले पनि संस्कृतिमाथि काम गर्ने क्रममा हामीले यस पटक यो विषयमा नाटक तयार पारेका हौं ।

 

त्यस्तै नाटकका परिकल्पनाकार तथा निर्देशक झकेन वि सी कुमारीको ऐतिहासिक विषयवस्तुमाथि नाटक बनाउन पाउँदा आफू धेरै खुसी भएको बताउछन् । नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, एअरिका चौलागाई(बाल कलाकार) रहेका छन् । सङ्गीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ भने अनुपसँगै प्रत्यक्ष सङ्गीतमा,पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् भने कोरियोग्राफी जे.डी.तमुको रहेको छ ।नाटकको बजार व्यवसथापन चक्र प्रसाद पोखरेलले गरेका छन भने किरण पराजुलीले संचार संयोजन गरिरहेकाछन । नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५: ३० बजे र शनिबार १ बजे अतिरिक्त सो हुनेछ । नाटकको समयावधि करिब डेढ घण्टा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९