काठमाडौँ । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।बैठक दिउँसो ३ बजे बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग भएको सहमति बारे जानकारी दिने र आगामी रणनीति बारे छलफल हुने बताइएको छ । कांग्रेससँगको सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भएका छन् ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...
























































































































































