सोमवार, जेष्ठ ५, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

संसदीय छानबिन समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ ।बुधबार सहकारी पीडितहरुसंगको छलफलमा बोल्दै समितिका सभापति सुर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन् ।

 

 

समितिले आज सहकारीक संचालक र पिडितहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी पिडितले आफुहरुले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गरेका थिए ।

 

 

 

सभपति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation