शुक्रबार, अशोज १८, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

नवआगन्तुक ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख र पत्रकार बीच भेटघाट

कैलाली । नवआगन्तुक ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख र पत्रकारबीच शुक्रबार भेटघाट कार्यक्रम भएको छ।१३ दिनअघि हाजिर भएका प्रहरी निरीक्षक वीर बहादुर थापा र बर्दगोरिया गाउँपालिकामा क्रियाशिल पत्रकारबीच छलफल एवं परिचयात्मक कार्यक्रम भएको हो।यसअघिका प्रहरी निरीक्षक थापा जिल्ला प्रहरी कार्यालय डलेरडुरा बाट सरुवा भई कैलालीको बौनिया आएका हुन। समग्र बर्दगोरियाको शान्ति सुरक्षामा पत्रकार र प्रहरीबीचको समन्वयकारी भुमिकाको आवश्यक रहने बताउदै प्रहरी निरीक्षक थापाले ऐन कानूनको परिधिभित्र रहेर काम गर्ने बताए। बर्दगोरियामा शान्ति सुब्यवस्था र मानवअधिकारको रक्षार्थ आफु सदैव क्रियाशिल रहेको र आगामी दिनमा समेत निरन्तरता दिईने उनको भनाई छ।धेरैजसो लागुऔध दुर्व्यसनी, सडक दुर्घटनाका घटना, अपराधधीक गतिविधि यहाँ भइरहेको बुझेको छु उनले भने ‘तपाईहरूको साथ पाएमा अझ काम गर्न सजिलो हुन्छ।’ आफूहरूलाई थाहा नभएको कुनै घटना छ भने खबर गराइदिन उनले पत्रकारसँंग अनुरोध गरे । आफूहरू हरदम जनताको सेवाका लागि तयार भएको निरीक्षक थापाले बताए । उनले सबै पक्षसँगको सहकार्यमा बर्दगोरियामा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।कानुनले बर्जित गरेका काम कारवाही रोक्न नागरिक र प्रहरीको उत्तीकै दायित्व रहेको बताए । सूचनाको बलियो स्रोत नागरिक नै भएको उदाहरणहरु दिँदै उनले हरेक घटनामा प्रहरी दोषीको नजिक पुग्न नागरिकको साथ चाहिने बताए । उनले प्रहरीको अधिकार क्षेत्र बाहिरका घटनाहरुमा समेत प्रहरीप्रति प्रस्न उठ्ने गरेको टिप्पणी गरे ।भेटघाट कार्यक्रममा विभिन्न मिडियाबाट सहभागी पत्रकारहरुले लागूऔषध दुर्व्यसनी नियन्त्रण,अवैध उत्खनन् नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, जुवा तास नियन्त्रण, काठ तस्करी नियन्त्रण, सवारी साधन चोरी, महिला हिंसा नियन्त्रण, बलात्कार काण्ड न्यूनीकरण अभियान, ज्यान मार्ने उद्योग, लुटेरा गिरोहलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सके यता घटनाहरु बिस्तारै न्यूनीकरण हुँदै जाने भनाइ रहेको थियो।भेटघाट कार्यक्रममा पत्रकार महासंघका जिल्ला सदस्य कृष्ण प्रसाद ओझा, कोसेली एफएम ९७ मेगाहर्ज बौनियाका प्रबन्धक निर्देशक लीला राज शाही, हिमालय टाइम्स राष्ट्रिय दैनिकका कैलाली जिल्ला संवाददाता गोविन्द बीसी, न्युज २४ नेपाल कैलाली जिल्ला संवाददाता लोकु सिंह ठकुरी ,वैज्ञानिक मिडियाका प्रबन्धक निर्देशक टिकाराम साउँद, सुदुरचित्र मिडिया नेटर्वकका प्रबन्धक निर्देशक रमेश बम, नौलो प्रेसका प्रबन्धक निर्देशक भीम बीसी, पश्चिम दर्पणका प्रबन्धक निर्देशक हरेन्द्र चौधरी, निर्भिक पोस्टका प्रबन्धक निर्देशक खेम ढुङ्गाना, कैलाली सेभेनका प्रबन्धक निर्देशक सागर चौधरी र बफ्दार मिडियाका अध्यक्ष तपेन्द्र ढुङ्गाना लगायतले समग्र बर्दगोरियाको अवस्थाका बारेमा जानकारी गराएका थिए।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation