शुक्रबार, अशोज १८, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

गौर बजारमा पानी पस्यो, सरकारी कार्यालयहरु आज बन्द

रौतहट । बिहीवारदेखिको अविरल बर्षासंगै रौतहटको पूर्विभेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दवाब बढ्दै गएको छ । गौरस्थित प्रायः सम्पूर्ण सरकारी कार्यालयहरु डुबानमा परेपछि आज बन्द हुने भएका छन् ।बागमती नदी लाल बकैया र झाझ खोलाको पानी आज विहान ३ बजे देखी प्रवेश गरेसँगै गौर बजार क्षेत्रमा पानीको दवाब बढेको हो । अहिले गौर बजारको मूल बाटोमा चौतर्फी पानी पानी देखिएको छ । गौर भन्सार एरियाको बाटोमा ४ फिटसम्म पानी जमेको छ भने नेपाल विद्युत प्राधिकरण गौर शाखा जलमग्न भएको छ ।

 

 

विपी चोकको सडक छेउका घर बाहेकका एरिया बाढिको पानीले डुवानमा परेका छन् । गौर आँखा अस्पताल पुरेनवा, सिसवा, सिर्सिया, सपगढा लगायतका वडाहरुमा राति १२ बजेकै समय देखि बाढिको पानी पसेको थियो ।नेपाल विद्युत प्राधिकरण गौरको ३३र ११ केभी  सब स्टेशनको केबल ड्रोनमा पानी भरेको कारण विधुत अवरुद्ध भएको  छ । नेपाल भारत सीमा क्षेत्र बैरगनिया जाने नाका क्रान्तिद्वार गेट जलमग्न भएको छ । राजदेवी नगरपालिका ६ , गढीमाई ३ , लगायत कयौं स्थानमा बागमती नदीको बाँध फुटेर बगेको पानी गौर बजार क्षेत्रमा बढ्दै गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

 

 

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंका अनुसार गौर भन्सार छेउ सशस्त्र प्रहरी प्रस्तावित गुल्म समेत जलमग्न भएको छ । भारतको सीतामढी निवासी ५५ बर्षीय भोजु लहेरी सनिवार साँझ यमुनामाई गाउँपालिका ५ बमनहर सडकखण्ड अन्तर्गत खोला तर्ने क्रममा बाढीमा फसेकोमा १२ घन्टापछि आज बिहान उद्धार गरिएको हो । यस अघि सनिवार वृन्दावन १ बलेरी खोर छेउ बागमती नदीमा सयभन्दा बढी महिला पुरुष तथा बालबालिका फसेका थिए।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो मध्ये ३७ जनाको सकुशल उद्धार गरेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation