बुधबार, चैत्र ६, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

रास्वपाले प्रथम महाधिवेसन चितवनमा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो ।चितवन रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो । गएको संसदीय निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ जितेको ७ स्थानमध्ये २ स्थान चितवन हो । चितवन-१ मा सभापति रवि लामिछाने निर्वाचित हुँदा २ बाट नेता हरि ढकाल भारी मतका साथ निर्वाचित भएका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation