मुम्बई । जान्हवी कपूरले चेन्नईमा श्रीदेवीको बंगलाको मर्मत गरेर भाडामा उपलब्ध गराएकी थिइन्। अहिले फेरी अर्को समाचार आएको छ कि अजय देवगन र काजोलले पनि गोवाको आफ्नो लग्जरी सम्पत्ति भाडामा दिने भएका छन् । यस दम्पतीको भिलाको नाम इटर्ना हो र यहाँ एक रात बस्नका लागि मात्र ५० हजार रुपैयाँ तिर्नु पर्नेछ ।
पाँच बेडरूम भिलामा निजी स्विमिंग पूल पनि छभिलाको मुख्य शयनकक्षको आफ्नै निजी बगैचा छ, जसमा पानीको पर्खाल झरना रहेको छ। अजय र काजोल आफैं अक्सर यहाँ आउँछन् र बस्छन्। दम्पतीले आफ्नो भिलाको बैठक कोठा भित्ता चित्र र मूर्तिहरूले सजाएका छन्। पोर्चुगिज शैलीमा बनेको यस विलामा धेरै आधुनिक सुविधाहरू रहेका छन्। यस भिलामा सय वर्ष पुरानो इनार पनि छ, जसलाई दम्पतीले भर्खरै मर्मत गरेका छन्।
मास्टर बेडरूममा सुन्दर काठले बनेको ओछ्यान छ। त्यहाँ एक आलीशान तीन सीटर सोफा र साइड टेबल पनि रहेको छ। यी सबै बाहेक भिलामा पाँच बाथरूम र चार कार पार्किङ ठाउँहरू छन्। यहाँ प्रसिद्ध शेफहरूले पनि तपाईंको मनपर्ने खाना पकाउने छन्। अजय देवगनको आगामी फिल्म ‘सिंघम अगेन’ हो । यसको ट्रेलर हालै सार्वजनिक भएको छ । चलचित्र नोभेम्बर १ मा हलमा रिलिज हुँदैछ । यसको भिडन्त ‘भुल भुलैया ३’ सँग हुदैँछ ।




















































































































































