जब अमेरिकामा चर्चित बन्यो मिथिला ललितकला

काठमाडौं- ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो। रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो – मिथिला ललितकला। उनले पूर्वमिथिला कौशिकी शैलीलाई अमेरिका २६ वटा राज्यमा पस्किरहेका छन्। अमेरिका गएदेखि नै रायमाझी मिथिला ललितकला पस्किएर चर्चाको केन्द्रमा छन्।

 

मिथिला कौशिकी शैली नेपालमै दुर्लभ भइरहेको बेला उनी भने त्यसलाई विश्वमा चिनाउँदैछन्। ‘अमेरिकाको २६ वटा राज्यमा चित्रकला पस्किँदा मैले डेट पर्खिनु पर्दैन,’ उनी भन्छन्, ‘४०-५० वटा कृति भयो भने कुनै पनि राज्यमा गएर ग्यालरीमा हप्ता, दस र दुई हप्ताको समयमा प्रदर्शनी गर्न सक्छु।’ कुनै समय मिथिलामा चित्रकला भन्ने थिएन। हस्तकला थियो, शिल्पकला केही थिए।

 

त्यो कलाकृति उनका बुवा जितबहादुर रायमाझीले गर्थे। उनको कलाकृतिलाई कसरी पूर्ण गर्ने? भनी सोचमग्न भएर मिथिला ललितकलामा लागेका रायमाझीले आफ्ना बुवाको उचाइलाई छोराले पूरा गर्नुपर्छ भन्ने लक्ष्य बनाए। मिथिला ललितकलाका केही पाटा छन्। मिथिला पुस्तान्तरण हुँदै आएको छ। यसको लिखित दस्तावेज छैनन्। अन्दाजको भरमा कला भर्नुपर्ने हुन्छ।

 

कतिपय डा. राजेन्द्र विमलले लेखेका किताबमा छन्। बिहार पटनाबाट लेखिएका किताबहरू भेटिन्छन्। अध्ययन गर्दा मिथिला लोक कला संस्कारी कुरा आउँछ। ती विधि-विधानमा प्रयोग हुन्छन्। रायमाझी भने विषयवस्तुहरूलाई कथा बनाउँछन्। लोक कथामै आधारित भएर आफ्नो दैनिकी बिताउँछन्। मिथिला ललितकलामा अर्को जटिल पाटो भनेको पौराणिक मिथहरू छन्, प्रमाणित लिखत छैनन्। रामका कथाहरू, कृष्णका देवी देवताका कुरा मिथक कथा हुन्।

 

यस्ता मिथकमा गहिरो अध्ययन भएन भने चित्र कोर्न सकिँदैन। त्यसमा प्रतिकात्मक चिन्हहरूको प्रयोग गर्नुपर्छ। सही ठाउँमा लगाउन सकिएन भने त्यसले अनर्थ दिन्छ। अमेरिकी र पश्चिमाहरू गहिरो अध्ययन गर्छन्। त्यस्तो जमातमा कला पस्किँदा इज्जत जोगाउने चुनौती रहने रायमाझी बताउँछन्। ‘नयाँ पिढी आउन नचाहेको होला, हाम्रा नयाँ आउने पिढीहरू यसबारे जानकार छैनन्। लेभलसम्म पुग्ने गाइडलाइन छैन। त्यसैले मिथिला ललितकला भड्किएको छ,’ रायमाझी भन्छन्।

 

उनले चित्रकला सिकेको आफ्ना पिता जितबहादुरबाट हो। प्रतीकको घर सिरहा कर्जन्हा हो। मध्यम वर्गीय परिवारका जितबहादुर  नेपालकै पहिलो व्यक्ति थिए ललितकलामा। बिएचयु बनारस हिन्दु विश्वविद्यालय, काशीबाट २०२८ सालअगाडि जितबहादुर नेपाल फर्किए। जितबहादुरले चित्रकला पढे पनि प्रतीकलाई पढ्न दिएनन्। जितबहादुर आफ्नो समयको आधुनिक भ्यान्गगं, विश्वप्रशिद्ध कलाकार थिए।

 

जितबहादुर आफ्नो समयमा प्रखर वक्ता, कलाको क्षेत्रमा अब्बल थिए। उनलाई प्रोफेसरहरूले भारतमै राख्छौं भन्दैथिए। तर, जितबहादुर राजा महेन्द्रको राष्ट्रप्रेम देखेर नेपालमै केही गर्नुपर्छ भन्दै फर्किएका थिए। प्रतीक लोक कलातिर लागें, उनमा लोक कलाको रस बस्यो। विभिन्न ठाउँहरू चहारे पनि सबैभन्दा ठूलो विश्वविद्यालय उनी आफ्ना बुवालाई ठान्छन्।

 

‘तर, मैले पिताजीको संगत धेरै पाइनँ। नपाएपछि मैले आफ्ना गुरुहरूबाट ज्ञान पाएँ। पिताजीबाटै पाउन सक्थें होला। बनारसको छोटो बसाइमा धेरै अध्ययन गर्न पाएँ। बुवाले ज्ञान सेयर गर्नुभएन,’ उनले भने, ‘बुवाले मलाई चित्रकलामा नआओस् भन्ने चाहना राख्नुहुन्थ्यो।’ त्यसैले पनि होला, प्रतिक १३ वर्षको उमेरमा घर छोडेर हिँडे। ‘आज जे छु, जस्तो छु आफूले आफैंलाई बनाएको हो। कडा मेहनत गरें, म पछि मेरो परिवार, आउने सन्ततिका लागि गर्नुपर्छ भन्दै आफ्नो क्षेत्रमा कडा मेहनत गरें। दिनरात, भोक-प्यास, झरी-घाम भनिनँ,’ उनले भने।

 

बुवाको पदचाप पछ्याउँदै र बडी ल्यांग्वेजबाट रायमाझीले धेरै सिकेका थिए। ‘ज्ञानगुनका कुरा सिक्न पाएको भए, आशीर्वाद पाएको भए, सय गुना अघि हुन सक्थें,’ उनले भने। अमेरिका गइकन र अगाडिसमेत उनको मुख्य पेशा चित्रकला नै थियो। अमेरिकामा यसको बजार अहिले अथाह छ, जति नेपालमा नै छैन। उनी नेपालमै मिथिला लोक कलालाई थप प्रामाणिक, बौद्धिक तथा आधुनिक रूपले पस्किन सक्थे होला। तर, उनलाई नेपालमा माओवादीहरूले बस्न दिएनन्।

 

उनले सन् २००७ मा नेपालमा मिथिला लोक कलाको कार्यशाला गर्न लागेका थिए। उनी मात्रै लोक कलाको कार्यशाला गर्थे। आफ्नै खर्चमा नेपालका लागि तत्कालीन भारतीय राजदूत गोपाल बागले, छिरिङ शेर्पाले त्यसअघि त्यस्तो कार्यशाला एक-एक पटक गरेका थिए। उनको बागलेसँग संगत थियो। उनी भारतीय दूतावासमा सजिलै छिर्न सक्थें। त्यही कारणले होला प्रदर्शनीहरू गर्दा भारतीय दूतावासले रकम सहयोग पनि गर्थ्यो। नदिए पनि उनी प्रदर्शनी गर्थे। यसै क्रममा उनले बाहिरी संघ-संस्थाको काम पनि पाए।

 

कला कार्यशालाको प्रदर्शनीका लागि उनले लागि नेपाल आर्ट काउन्सिलमा गप्रयास गरिरहेका थिए। त्यहाँ हल बुकिङ पनि गरिसकेका थिए। उनी सिरहा गोलबजार क्षेत्रमा सेभ द चिल्ड्रेनका लागि काम गर्थे। माओवादीहरू उनलाई अमेरिकी दलाल भन्थे। कार्यशालाको फ्लायर बनाउने तयारी गरिरहेका बेला चार-पाँच जना माओवादीहरूले उनलाई उठाएका थिए।

 

माओवादीले चन्दाको कुरा गरे। उनले चन्दा दिने पैसा छैन भन्दिए। काठमाडौंको एउटा घरको दुई तलामाथि उनलाई लगियो। उनी माओवादी कब्जाबाट फुत्किन सके। उनले दुई तलामाथि घरबाट हामफालेर ज्यान जोगाएका थिए। त्यो घटनाले उनको सकुशल शरीरमा समस्या देखिन थाल्यो। कम्मरमा समस्या अहिले पनि छ।त्यसपछि अमेरिकातिरै गएका रायमाझीलाई त्यहाँ बसेर नेपाली कला संस्कृति चिनाउन सकेकोमा गर्व लागेको छ।

 

‘चित्रकृतिको पारिश्रमिक राम्रो पाउँछु। म मूल्य राख्दिनँ। म आफैं तिमीहरू कतिसम्म मूल्य दिन्छौ भनेर भन्छु। मलाई दाम देउ भन्छु, दिन्छन् मनग्गे। सोचेको भन्दा पनि तीन गुना बढी पारिश्रमिक पाउँछु,’ उनले भने। उनी नेपालले आफूलाई बिर्सिसकेको बताउँछन्। केही साथीभाइ छन्, सम्झिन्छन्। ‘मेरो उपस्थिति नभएको धेरै वर्ष भयो। नेपालले के भन्छ भन्नेतिर लाग्न छोडें, मलाई टिकिखान- गरिखान नदिएपछि भविष्य सुनिश्चित हिँड्नुपर्‍यो। देशको मर्म बुझ्नलाई एक पटक विदेशिनु पर्छ नै,’ उनले भने।

 

देश चिनाउन र देशलाई गरिमामय नाम दिन मरिमेटेर लागिपरेको उनको अनुभव छ। ‘नेपालको विषयमा नेताले बदमासी गर्दा लेख्यौं, बोल्यौं भने अरिंगालले छोपेजसतो गर्छन्,’ उनले भने, ‘यस्ता चैतेहरूलाई म के भन्न चाहन्छु भने खेद, मरिमेटेर लाग न।’

 

रायमाझीले आफ्नो कला ९० वटा देशमा पुर्‍याएका छन्। सन् २००३ बाटै अन्तर्राष्ट्रिय मञ्चमा पुगेका उनी राजा वीरेन्द्रको एकदमै नजिक भएर बसेको थिए।दरबार हत्याकाण्ड भयो। त्यसपछि उनलाई नेपाल बस्न रुची लाग्न छोडेको थियो। पछि घरमै माओवादीहरूले घेराउ गर्ने, अपहरण गर्नेसम्म भएपछि उनले नेपाल बस्ने सपना त्यागे।उनी आफ्नो कलामा महिला-पुरुष जो पनि आउनका लागि आह्वान गर्छन्। त्यसरी आउने पिढीलाई चित्रकलाका वास्तविकताहरूको सोधी र अध्ययन गर्न उनी सुझाव दिन्छन्।

 

‘विधि, टेक्निक्स, कहाँबाट कहाँ पुगे। हामी नेपाली कलाकारले विश्वका कलाका महारथीहरूसँग कसरी हिँड्न सक्छौं? हैसियत हामीले बनाउन पर्छ, लोक कलामा लागौं, अध्ययन गरौं। आफ्नो रगत माटो समय सुहाउँदो कला पस्किऔं,’ उनले भने। उनले अमेरिकामा मिथिला कलाको संग्रहालय स्थापना गर्ने सोच बनाएका छन्। त्यो संग्रहालय सन् २०२६ बाट सुरू हुने रायमाझीले बताए। काठमाडौंमा अन्तरराष्ट्रियस्तरको कला प्रदर्शनी गर्ने र छानिएका कृतिलाई अमेरिका लगायतमा प्रदर्शनी गर्ने उनको योजना छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९