बुधबार, बैशाख १०, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु 

कैलाली । कैलालीको बर्दगोरियामा शुक्रबादेखि पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ ।बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा सुरु भएको दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको गाउँपलिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न ।

 

 

“पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले बर्दगोरियाको खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै प्रतियोगितालाई सफल रूपमा संचालन गर्न आफुले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले खेल जीत हारको मात्र नभई आपसी सम्बन्ध ,भाइचारा र मित्रताको प्रतीक बन्ने हुँदा प्रतियोगिता सफल पार्न सबैको सहयोग उतिकै महत्त्वपूर्ण हुने बताए ।

 

 

कार्यक्रममा पालिका उपाध्यक्ष गणेश राज गिरिले खेलकुद र खेल क्षेत्रले मानिसको शारीरिक तथा मानसिक वृद्धि विकास गराउनका साथै अनुशाशीत बनाउन थप सहयोग पुर्याउने बताए । उनले स्थानीय सरकारले समेत यहाँको खेल क्षेत्रलाई कसरी अझ सशक्त बनाउन सकिन्छ ? भनेर काम गरिरहेको बताए ।

 

 

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द बिकले खेल र खेलकुदको माध्यमबाट समेत पालिकाको नाम उचाईमा पुर्याउन ठूलो भुमिका निर्बाह गर्ने भएको हुँदा स्थानीय स्त्तरमा कसरी अब्बल खेलाडी उत्पादन गर्न सकिन्छ ? भनेर आफुहरु लागि परेको बताए ।

 

 

शनिबारसम्म चल्ने प्रतियोगितामा स्थानीय व्यापारी, कर्मचारी, बित्तीय संस्थामा आबद्ध कर्मचारी ,स्थानीय शिक्षक लगायत ८ वटा टीमहरुको सहभागिता रहेको छ ।

 

 

प्रतियोगिता अन्तर्गत शुक्रबार तीन वटा खेलहरु सम्पन्न भएका छ्न । शुक्रबार बर्दगोरिया गाउँपालिकाका कर्मचारी र मुडा बजारका व्यापारीबिच भएको पहिलो खेलमा कर्मचारीको टीम १-० गोलले बिजयी भएको छ भने दोस्रो खेलमा बौनिया बजारका व्यापारीको टीम बर्दगोरिया यातायात व्यवसायी (अटो) को टीमलाई १-० ले पराजित गर्न सफल भएको छ ।

 

 

यसैगरी शुक्रबार भएको तेस्रो खेलमा पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले बौनिया बजार व्यवस्थापन समितिको टीमलाई पछि पार्दै सिटिजन लाइफ इन्स्योरेन्सको टीम बिजयी बनेको छ ।

 

 

प्रतियोगिता अन्तरगत शनिबार बिहान ८:३० बजे आयोजक बर्दगोरिया पत्रकार मञ्च र वसन्त मुरारी नमूना माविका शिक्षक बिच खेल हुनेछ ।

 

 

प्रतियोगिताको विजेता हुने टिमले खसी, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ, भने प्रतियोगिताको दोस्रो हुने टिमले बोका, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ । बर्दगोरिया पत्रकार मञ्चले गतवर्ष देखि मैत्रीपूर्ण फुटबल खेल खेलाउँदै आएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation