‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले एमालेमा एउटै गुट केपी ओली नेर्ततवको गुट मात्रै रहेको बताएका छन । हामी सबै एकताबद्ध छौ एमालेमा गुट उपगुट भएको छैन एकताबद्ध भएर एक अर्कामा विश्वास गरेर एमाले अघि बढेको छ ।

 

 

भैरहवामा भएको एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशनमा सम्बोधन गर्दै सचिव विश्वकर्माले एमालेमा घेरावन्दी हुदा समेत सबैलाई छिचोल्दै एमाले उठेको बताउदै अहिले नेतृत्वमा भएको एमालेमाथि जति प्रहार भएपनि प्रभावित नभई निर्णायक शक्तिमा पुगेको बताए । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प लिएकोले कसैले चाहेर पनि अवरोध गर्न नसक्ने उनले भने ।

 

 

 

पूर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले एमाले पूर्वाधार जोड्दै अगाडि बढेको छ, चाहे यस हुलाकी सडक होस या बुद्ध परिपथ वा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एमालेको पहलकदमीले नै महत्वका साथ अगाडि बढीरहेको छ ।

 

 

‘अब सिद्धार्थनगरमा एमालेले कसैको बैशाखी टेकदैन् । एकताबद्ध भई एक अर्कामा विश्वास र इमान्दारिक पूर्वक अरु पार्टीको सहयोग विना एमाले सिद्धार्थनगरमा अगाडि बढ्छ । ’ उनले भने । ‘आफ्नै सामर्थ्यले निर्णायक शक्ति बनाउन र कसैको वैशाख नटेक्ने गरी अघि बढ्न पार्टी संगठनलाई व्यवस्थित गर्नुपर्छ’

 

 

 

नेपाली काँग्रेस र नेकपा (एमाले) बीच समीकरण बनेपछि संविधान संशोधनको विषयलाई लिएर रोइलो गरिएको छ । बाहिर जतिसुकै हल्ला गरे पनि केही फरक पर्दैन । विगतका कामको समीक्षा गर्दै कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्ने उनको जोड थियो ।

 

 

 

एमाले पोलिटब्यूरो सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले वर्तमान सरकार ढल्छ भनेर हल्ला फैलाइएको बताए । उनले राजनीतिक स्थिरताका लागि एकजुट हुनुपर्छ भनेर कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताए । उनले नेताले केही गरेनन् भनेर हल्ला फैलाउने काम भइरहेको बताए ।

 

 

 

पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले अर्थतन्त्र, विकास निर्माण र ठप्प भएको काम सुरु भई तिव्रता दिइएको छ सोचे जस्तो प्रगति र चाहे जस्तो काम नभएकोले यस्को मुल्याङकन गर्नु पर्ने बताए ।

 

 

एमालेकै पहलकदमीमा विमानस्थल पूर्ण संचालनको लागि काम भइरहेको छ समस्या समाधान गर्नेतर्फ सरकार अघि बढेको बताउदै व्यवस्थित रुपमा अब संचालनमा ल्याइने उनले भने । ‘एमाले बलियो छ अब थप बलियो भई विकास गर्छ , अरुले जस्तो गफ होइन एमाले काम गर्छ’ भटराईले भने

 

 

 

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेल, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा लगायतले बोल्दै एमालेलाई अझ बलियो बनाउनुपर्ने, अब नेकपा एमाले ८४ को निर्बाचनमा आफ्नै शक्तिमा एकल बहुमत ल्याएर अंगाडि बढ्ने बताए ।

 

 

 

नेकपा एमाले सिद्धार्थनगर नगरकमीटीका अध्यक्ष चक्र बहादुर थापाले पार्टीको निर्देशन अनुसार काम गरि नगरले उत्कृष्ट स्थान बनाएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लाको दोस्रो स्थान २१ जना प्रतिनिधि जितेकाले अबको चुनावमा बहुमतका साथ आउने बताए । कार्यक्रममा एमाले सिद्धार्थनगर कमिटीका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९