ट्रम्पविरुद्धका आपराधिक मुद्दा के हुन्छन् ?

काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेपछि उनीविरुद्ध लागेका धेरै आपराधिक मुद्दाहरू के हुन्छ भन्ने प्रश्न उठेको छ । ३४ कानुनी मुद्दा रहेका ट्रम्पले मुख्यगरी चार मुद्धाको प्रमुख रुपमा सामना गर्नुपर्ने विश्लेषण गरिएको छ ।डोनाल्ड ट्रम्पलाई न्यूयोर्कमा ३४ गम्भीर मुद्दामा दोषी ठहर गरिएको छ । यो मामला व्यापारसंग सम्बन्धित अभिलेखको मिथ्याकरणसंग सम्बन्धित छ । मे महिनामा न्युयोर्कका निर्णायकहरूले ट्रम्पलाई दोषी ठहर गरेका थिए । यो मामला एक पोर्न फिल्म स्टारलाई भुक्तान गरिएको पैसासँग सम्बन्धित थियो। जूरीका अनुसार ट्रम्प यस भुक्तानी प्रक्रियामा संलग्न थिए ।

 

न्यूयोर्कका न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय सेप्टेम्बरदेखि नोभेम्बर २६ सम्म (अमेरिकी राष्ट्रपति चुनावपछि) स्थगित गरेका थिए । ब्रुकलिनका पूर्व अभियोजक जुलिया र्यान्डलम्यानले ट्रम्पले चुनाव जितेपनि न्यायाधीश मार्चेनले आफ्नो योजनाअनुसार सजायको प्रक्रिया अगाडि बढाउन सक्ने बताएकी थिइन् । कानुनी विशेषज्ञहरू विश्वास गर्छन्, ट्रम्पलाई पहिलो पटक वरिष्ठ अपराधीका रूपमा सजाय सुनाइने सम्भावना धेरै कम छ ।

 

यदि ट्रम्पलाई सजाय सुनाइयो भने उनका वकिलहरूले तुरुन्तै सजाय विरुद्ध अपील गर्न सक्छन् किनभने यदि ट्रम्पलाई जेल पठाइयो भने, उनले आफ्नो आधिकारिक काम गर्न सक्षम हुनेछैनन् । यस्तो अवस्थामा उनीहरुलाई स्वतन्त्र राख्नुपर्छ । त्यस्तै यो अपील प्रक्रिया धेरै वर्षसम्म लम्बिन सक्ने पनि बताइएको छ ।

चुनावी परिणाम उल्टाउन खोजेको विषय 

 

विशेष काउन्सिल ज्याक स्मिथले गत वर्ष ट्रम्पविरुद्ध आपराधिक अभियोग दायर गरेका थिए । यो मुद्दा २०२० को राष्ट्रपति चुनाव हारे पछि चुनावको नतिजा उल्ट्याउन गरिएको प्रयाससँग सम्बन्धित थियो । यस मामिलामा ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका थिए । त्यसयता यो मुद्दा कानुनी घेराबन्दीमा अड्किएको छ । यद्यपी ट्रम्पले चुनाव जितेपछि, आपराधिक मुद्दाहरूसँगको उनको समस्या धेरैहदसम्म कम भएको छ । वर्तमान राष्ट्रपतिविरुद्ध मुद्दा चलाउन नसकिने कुरा राम्रोसँग स्थापित भइसकेको छ, यस्तो अवस्थामा वाशिङटन डिसीको जिल्ला अदालतमा चलिरहेको चुनावी धाँधलीसँग सम्बन्धित मुद्दा खारेज हुने पनि बताइएको छ ।

गोप्य कागजात मुद्दा

त्यस्तै ट्रम्पविरुद्ध अर्को मुद्दामा गोप्य कागजातको दुरुपयोगसँग सम्बन्धित छ । तर, ट्रम्पले यसलाई अस्वीकार गर्दै आएका छन् । ट्रम्पलाई आफ्नो घर ‘मार-ए-लागो’ मा संवेदनशील कागजातहरू राखेको आरोप छ र जब कानून विभागले ती फाइलहरू फिर्ता लिन खोजेपनि ट्रम्पले त्यो काममा अवरोध गरेका थिए । तर, अब ट्रम्प राष्ट्रपतिको कार्यालयमा पुग्ने निश्चित भइसकेपछि गोप्य कागजपत्रसम्बन्धी मुद्दाको पनि चुनावी धाँधलीसँग सम्बन्धित मुद्दा पनि निष्कृय हुने छ ।

जर्जियाको चुनाव समबन्धि आपराधिक प्रकरण 

ट्रम्पले जर्जियामा पनि आपराधिक आरोपको सामना गरिरहेका छन्। यो विषय सन् २०२० को चुनावी नतिजालाई उल्ट्याउन खोज्ने प्रयाससँग सम्बन्धित छ । यस मामिलामा धेरै अवरोधहरू थिए । यसमा जिल्ला न्यायधिवक्ता फ्यानी विलिसलाई अयोग्य ठहराउने प्रयासहरू पनि समावेश छन्। उनीमाथि यो मुद्दामा कार्यरत एक वकिलसँग सम्बन्ध रहेको आरोप लागेको थियो । यस मामिलामा, मुद्दा रोक्न अदालतमा अपील पनि गरिएको छ । तर अब ट्रम्प अर्को राष्ट्रपति बनेपछि यो मुद्धा पनि निष्कृय हुनसक्ने बताइएको छ । यो खारेज समेत हुनसक्ने बताइएको छ । ट्रम्प राष्ट्रपतिको कार्यालयमा रहँदा यो मुद्दा रोकिने सम्भावना रहेको कानुनी विज्ञहरू बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९