Baigyanik Media

Advertisment

SKIP THIS

मोहन बैध पाँच बर्षका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित

काठमाडौं। मोहन बैध पुनः  क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन्र ।

 

 

 

आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो ।

 

 

 

यस एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेको थियो, महाधिवेसन किर्तिपुरमा सम्पन्न भएको हो ।

 

 

 

महाधिवेसनको बन्द सत्रमा वैद्यलाई अर्का नेता सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । लगत्तै हलमा प्रस्ताव गरे पछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन ।

 

 

 

महासचिव वैद्य अब कम्तिमा पाँच वर्ष सो पार्टीको नेतृत्वमा रहनेछन् । सो महाधिवेसनले ११७  सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन पारित गरेको छ ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation