Baigyanik Media

Advertisment

SKIP THIS

विप्लव नेतृत्वको नेकपाको आजवाट पोलिटब्युरो बैठक

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आजवाट पोलिटब्युरो बैठक बस्दैँछ ।

 

 

 

हिजो स्थायी समिति बैठक बसे पनि आजवाट भने पोलिटब्युरो बैठक बस्नेछ । सो बैठक भोलीसम्म चल्नेछ ।

 

 

 

कपिलबस्तु, शिवगढीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, भावी योजना तथा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने जनाइएको छ ।

 

 

स्थायी समिति तथा पोलिटब्युरो बैठकले तय गरेको एजेन्डा २६ गते बस्ने केन्द्रीय समिति बैठकमा पेस गरिनेछ । प्रत्येक ६६ महिनामा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था अनुसार विप्लवले बैठक बोलाएका हुन् ।

 

 

 

यसअघि गएको वैशाखमा बसेको केन्द्रीय समिति बैठकले २०८४ मा हुने निर्वाचनलाई उपयोग गरेर जाने निर्णय गरेको थियो ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation