काठमाडौं। कर्णाली याक्सले सुदूरपश्चिम रोयल्ससामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पार्यो ।कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए ।सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई तथा सेफ जैबले एक विकेट लिए ।