आलेख : स्वस्थ र सुरक्षित जीवनयापनमा आशावादी छन् होल्डिङ सेन्टरमा सुकुमवासी

कीर्तिपुर (काठमाडौंँ), कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई लागेको छ, अब जीवन नयाँ तरिकाले अघि बढ्छ । सधँै यस्तै त नहोला नि !” वर्षायाम सुरु भएसँगै आफू बसेको थापाथलीको बागमती किनारमा हुने बाढीको त्रासदी उहाँलाई अहिले पनि याद आउँछ । हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो । परिवारसहितको बास त थियो त्यो तर आफ्नो स्वामित्व नभएको । सबैको नजरमा परेको तर देशका कुनै पनि निकाय वा कानुनले नचिन्ने ठाउँ थियो त्यो । पानी, बिजुली, बाटोघाटो सबै अनौपचारिक ।

 

 

ढल र फोहरमैला सिधैँ नदीमा मिसिंदा त्यसको दुर्घन्धले आफूहरुलाई मात्र नभई उपत्यकावासी नै पिरोलेको थियो । अनेक फोहरमैलासहित प्रदूषित पानी बग्ने बागमतीले डम्बरसहितका सुकुमवासीलाई कति थरी रोग दिएर जान्थ्यो, त्यहाँ बसुन्जेल कसैलाई पत्तो हुने थिएन ।

 

अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ, बागमती किनारको बसाइले शरीरमा कहाँकहाँ समस्या पारेको छ । सुकुमवासीबीच सङ्कलित तथ्याङ्कले बताएको छ, खोला किनारको जीवन कति जोखिममा थियो भनेर । सेन्टरमा जानुअघि दशरथ रङ्गशालामा चार सय ९७ जनाको स्वास्थ्य परीक्षण गर्दा झण्डै ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह देखिएको थियो । त्यस्तै १६ प्रतिशतमा मांशपेशीसम्बन्धी समस्या, १३.५ प्रतिशतमा ग्याष्ट्रिक र सात प्रतिशतमा मानसिक समस्या र ४.५ प्रतिशतमा श्वास प्रश्वाससम्बन्धी देखिएको थियो ।

 

सेन्टरमा पुगेपछि प्रायः सबैको स्वास्थ्य परीक्षण भयो र समस्याको अंक झन् बढ्यो तर सेन्टरमा समस्या मात्र उजागर भएको छैन, उपचार पनि सुरु भएको छ र निरन्तर अहिले पनि चलिरहेकै छ । चिकित्सकले तथ्याङ्कमा समेटेकामध्ये ३८.५ प्रतिशतको परिवारका कोही न कोही सदस्यको मृत्यु खोला किनारको बसाइका क्रममा भएको देखियो । यसमध्ये बाढी र डुबान तथा पुल, सडक र इनारमा भएका दुर्घटनाबाट झण्डै साढे नौ प्रतिशतले ज्यान गुमाए । दम र निमोनियाबाट आठ प्रतिशत र सरसफाइजन्य सरुवा रोग जस्तै क्षयरोग, डेंगु र टाइफाइडबाट आठ प्रतिशत मृत्यु भएको पाइयो । यसका अधिकांश कारण खोला किनारको जोखिमपूर्ण जीवन नै थियो ।

 

प्रदूषित खानेपानी, फोहोर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुम्बासीहरुमा लामखुुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वभाविकै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला बताउनुहुन्छ । सुकुम्बासी राखिएका छ वटै होल्डिङ सेन्टरमा चिकित्सा टोलीको नेतृत्व गर्नुभएका डा बाँस्तोलाका अनुसार मुटुरोग, क्यान्सर र उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुका कारण पनि २८ प्रतिशतको मृत्यु भएको छ । अहिले पनि पाटन अस्पताल, प्रसूति गृह, लगनखेलस्थित मानसिक अस्पतालका चिकित्सकसहितको टोलीले थप परीक्षण र उपचारलाई तीव्रता दिइरहेको छ ।

 

त्यसो त होल्डिङ सेन्टरका डम्बरलाई रेटिनाको समस्याले गर्दा मसिनो चिज देख्न र पढ्न गाह्रो छ । उहाँलाई लागेको छ, अहिले जत्तिकै नियमित स्वास्थ्य परीक्षण त्यति बेलै गर्न पाएको भए समस्या त्यति जटिल नहुन पनि सक्थ्यो । सेन्टरमा आएका चिकित्सकको परामर्शपछि उहाँ त्रिपुरेश्वस्थित आँखा अस्पताल जानुभयो । त्यहाँका चिकित्सकहरुले तिलगङ्गा आँखा अस्पतालमा थप उपचारका लागि जान सल्लाह दिएका छन् । अब त्यतै गएर उपचार गराउने सुरमा हुनुहुन्छ उहाँ ।

 

थापाथलीमा डम्बर जस्ता सयौँ छन्, जसलाई जीवन भनेकै बागमतीको किनारको बसोबास भन्ने थियो । अहिले सबैलाई अन्धकारबाट उज्यालोको खोजीमा बसे जस्तो भएको छ । ‘‘सरकारले कतै न कतै त पक्कै व्यवस्था गर्ने भनेकै छ, किन चिन्ता गर्नु ?’’, उहाँ भन्नुहुन्छ । डम्बरकी पत्नी र छोराछोरीको स्वास्थ्य परीक्षण पनि होल्डिङ सेन्टरमै भएको छ । पत्नीलाई मुटुसम्बन्धी समस्याका लागि अस्पताल जान पनि स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।

 

 

करिब २० वर्ष थापाथलीको नदी किनारामा बिताएकी ५० वर्षे पुनम मगरलाई केही समयदेखि उच्च रक्तचाप, मधुमेह र नशाको समस्या थियो । समस्या बढेपछि सेन्टरकै पहलमा आकस्मिक उपचार गराइएको पनि उहाँ बताउनुहुन्छ  । ‘‘धेरै थरीको परीक्षण यहाँ भयो र उपचार गर्न अस्पताल गइयो”, उहाँ भन्नुहुन्छ । त्यहाँबाट अस्पताल पुगेपछि भने महङ्गो औषधिहरु आफैँ किन्नुपर्ने बाध्यता रहेको पनि उहाँले सुनाउनुभयो । अर्का सुकुम्बासी खिमबहादुर मगर अस्पताल पुगेपिछि औषिधि सबै नपाउने र कतिपय रोगको उपचार केही खर्चिलो देखिए पनि सेन्टरमा आएका स्वास्थ्यकर्मीसँग भने सुकुमवासीको कुनै गुनासो नरहेको बताउनुहुन्छ ।

 

होल्डिङ सेन्टरका सुकुम्बासीहरुमध्ये कतिपय दीर्घरोगी छन् । उनीहरुको नियमित स्वाथ्य परीक्षण थापाथलीस्थित खोला किनारमा बस्दा भएको थिएन । सुत्केरी र साना बच्चा हुर्काइरहेका आमाहरुले नियमित स्वाथ्य परीक्षण र परामर्श मात्र होइन, नवजात सन्तानका लागि पोषण पुग्ने गरी लिटोसमेत पाएका छन् । होल्डिङ सेन्टरमा भेटिएकी सुवासदेवी पासवान आफ्नो नातिको स्वास्थ्य परीक्षण र पोषणका लागि लिटो समेत प्राप्त भएको बताउनुभयो ।

 

प्रधानमन्त्रीको कार्यालयकी स्वकीय सचिवालयको उपसचिव प्रकृति ढकाल भन्नुहुन्छ, ‘‘सुकुमवासीसँग गरिएको परामर्श र स्वास्थ परीक्षणबाट रोगमात्र पत्ता लागेको छैन,  साथमा  रोगको अवस्था र प्रकृतिअनुसार उपचार र परामर्श निरन्तर भइरहेको छ ।’’ उहाँले क्यान्सर, निमोनिया जस्ता जटिल रोगका बिरामीको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको पनि जानकारी दिनुभयो । यस्ता जटिलता अन्य सुकुमवासीमा देखिएमा उपचारको प्रबन्ध गरिने पनि उहाँले बताउनुभयो ।

 

होल्डिङ सेन्टरमा ल्याइएका सुकुमवासीलाई नदी किनारको दैनिकीले शारीरिक मात्र होइन, मानसिक समस्याबाट पनि पीडित बनाएको छ । बारम्बार परीक्षणमा पुगेका चिकित्सकहरुले विगतमा अव्यवस्थित र असुरक्षित बसाइले दुवै थरी स्वास्थ्यमा पारेको असरलाई नजिकबाट नियालेका छन् । दैनिकी बितिरहेको ठाउँ एक्कासी छोडनुपर्दाको केहीले दुःख व्यक्त गरे पनि त्योभन्दा धेरै असुरक्षित बसोबासका कारण थुपै शारीरिक र मानसिक जटिलताबाट गुज्रिएका रहेछन् भन्ने कुरा मनोविद्हरुसँग उनीहरुले गरेका अभिव्यक्तिले त्यसको प्रमाण दिएको छ ।

 

सुकुमवासीहरुमा पर्नसक्ने मानसिक समस्याको पहिचान  र उपचारका लागि छ वटै होल्डिङ सेन्टरमा विशेषज्ञ टोलीसहित थुपै पटक पुग्नुभयो, मानसिक अस्पताल पाटनका मनोचिकित्साविद् डा सुलभराज उप्रेती । रासससँग कुरा गर्दै उहाँ भन्नुहुन्छ, ‘‘थापाथलीको जोखिमपूर्ण बसोबासलाई नै जीवन ठानेर बसेकाहरुलाई केही झट्का अवश्य लागेको छ । तर त्यस्तो बसोबासका कारण थुपै मनोवैज्ञानिक जटिलता भएकाहरु पनि उल्लेख्य देखिए ।’’

 

मनोस्वास्थ्यका समस्या रहेको थाहा पाएपछि चार जना विज्ञ र केही मनोविज्ञान अध्यता सम्मिलित टोलीले छ वटै शिविरका गरी छ सयभन्दा बढी व्यक्तिसँग छुट्टाछुट्टै बसेर परामर्श गरेको थियो । ‘‘हामीले सबैसँग कुरा गर्दा ठाउँ सर्नुपर्दाको असजिलोसँगै अब केही होला, सरकारले राम्रो व्यवस्था गर्ला भन्ने अपेक्षा गर्नेको सङ्ख्या उल्लेख्य थियो’’, उहाँ बताउनुहुन्छ ।

 

कुराकानीकोबाट आएको निश्कर्षका आधारमा कतिपयलाई मनोसामाजिक परामर्श, सहायता  र कतिपयलाई औषधि उपचारको आवश्यकता रहेको पनि पाइएको जानकारी डा उप्रेती दिनुहुन्छ । परामर्श र सहायतापछि थुपै व्यक्ति आफ्नो नियमित काममा फर्किन समेत थालेका छन् । आफ्ना सन्तानको पढाइलाई लिएर चिन्ता परेको र उहाँहरुलाई पनि नजिकको विद्यालयमा बालबालिका जान थालेपछि चिन्ता क्रमशः कम हुँदै गएको पाइएको छ ।

 

मनो–सामाजिकविद्हरुको टोलीले ५५३ सुकुमवासीको मानसिक स्वास्थ्य परीक्षण र परामर्शपछि तयार गरिएको प्रतिवेदनमा विस्थापनअघि देशभर कतै पनि बास नभएका कारण खोला छेउ बस्न बाध्य परिवार ८२.८ प्रतिशत रहेछन् । ती मध्ये तीन पुस्तै त्यहाँ बिताएको परिवार २४.६ प्रतिशत रहेको उल्लेख छ । मानसिक समस्याकै कारण ३.३ प्रतिशत आत्महत्याबाट र ३.३ प्रतिशत मदिराजन्य समस्याबाट प्रतिशतले जीवन गुमाएका रहेछन् । त्यसरी खोला छेउ बस्दा कतिबेला के हुने हो भन्ने शान्ति त जीवनमा छँदै थिएन । करिब १२ प्रतिशतले आत्महत्याको सोच समेत बनाउन पुगेका रहेछन् । त्यस्तै सात प्रतिशतमा विशेष खालकै मनोरोग सेवा आवश्यक पर्ने अवस्था रहेको जनाइएको छ ।

 

प्रतिवेदनका आधारमा चिकित्सकको टोलीले छ वटै होल्डिङ सेन्टरमा नियमित मनोरोग परामर्श दिदै आएको छ । खोला किनारको असुरक्षित जीवनबाट आकस्मिक रुपमा होल्डिङ सेन्टर आइपुगेका सुकुम्बासीको मनमा अबका उज्याला दिनको आशा पलाएको मनोचिकित्सकहरुले महशुस गरेका छन् । सुकुम्बासीलाई होल्डिङ सेन्टरमा सारेको दिनदेखि नै हेरेकसँगको कुराकानी, समस्या पहिचान र त्यसको विश्लेषणका आधारमा वर्षौंदेखि नदी किनारमा जोखिमपूर्ण जीवन बिताउने उनीहरुलाई अब जीवनले नयाँ मोड लिने आशा दह्रो गरी पलाएको देखिन्छ ।रूपेश आचार्य/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९