अङ्ग्रेजी नयाँ वर्षका दिन आज रौतहटको पर्यटकीय स्थल नुनथर भरिभराउ

रौतहट । रौतहटको पर्यटकीय स्थल नुनथर आज दिनभर भरिभराउ रह्यो । अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि आएकाहरूले नुनथर क्षेत्र भरिभराउ भएको थियो ।अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउनेहरूका कारण रौतहटको ननथर मात्र नभएर अन्य पर्यटकीय क्षेत्र समेत भरिभराउ भएका थिए ।

 

रौतहट ,सिन्धुली ,मकवानपुर जिल्लाको संगमस्थलका रूपमा रहेको नुनथर क्षेत्रमा पिकनिक मनाउन आउनेहरूले भरिभराउ भएको थियो । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि मधेस प्रदेशका अलावा भारतको बिहार राज्यका विभिन्न स्थानबाट समेत नुनथरमा पर्यटकहरु आएका थिए ।

 

बागमतीको बगरमा अवस्थित नुनथर क्षेत्रमा नयाँ वर्षका दिन आज रमाउन आउनेहरूको खचाखच भिड नै लागेको स्थानीय बासिन्दा शुभकामना पौडेलले बताएका छन् ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा पर्ने नुनथर क्षेत्रमा मान्छेहरु नअटाएका कारण बागमतीको बगरमै कयौले पिकनिक खाएर फर्किएको स्थानीय बासिन्दा पौडेलको कथन छ ।

 

अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरेर चन्द्रपुर नगरपालिकाले नुनथर क्षेत्रमा जाने बाटोलाई चौडा बनाउने काम गरेको थियो । वाह्य तथा स्थानीय पर्यटकहरूलाई मध्यनजर गर्दै चन्द्रपुर नगरपालिकाले नुनथर क्षेत्रमा जाने बाटोलाई चौडा बनाउने काम गरेको चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले बताए ।

 

 

समथल तराईको भूभागभन्दा एक किलोमिटर मासतिर पहाडको फेदीमा रहेको नुनथरमा रमाउनका लागि मधेस प्रदेशका लगभग सबै जिल्लाका पर्यटकहरु अंग्रेजी नयाँ वर्ष मनाउन आइपुगेको नुनथर क्षेत्र विकास समितिका कोषाध्यक्ष गोपाल घिमिरेको भनाइ रहेको छ ।

 

 

पछिल्लो समय नुनथर क्षेत्रमा रमाइलो गर्नका लागि भारतको बिहार राज्यका विभिन्न स्थानबाट पर्यटकहरु आउन थालेको घिमिरेले बताएका छन् ।

 

 

नुनथर क्षेत्रमा पछिल्लो समय मधेस प्रदेशका अलावा देशका विभिन्न स्थान र भारतको बिहारका विभिन्न स्थानबाट पर्यटकहरु आउन थालेपछि त्यहाँ चन्द्रपुर नगरपालिकाले समेत आफ्नो लगानी बढाएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताए ।रौतहट जिल्ला मात्र नभएर मधेस प्रदेशकै चर्चित पर्यटकीय स्थल नुन्थरको विकासका लागि चन्द्रपुर नगरपालिकाले सक्दो सहयोग गरिरहेको र आगामी दिनमा ठूलो लगानी गर्ने नगर प्रमुख काफ्लेको भनाइ रहेको छ ।मधेस प्रदेशका आन्तरिक पर्यटक र भारतको बिहारका पर्यटकहरूका लागि पछिल्लो समय रौतहटको नुनथर क्षेत्र निकै रुचाइएको पाइएको नुनथर क्षेत्र विकास समितिका सदस्य समिर बाबु कार्कीले बताए ।रौतहटको चन्द्रपुर नगरपालिकामा रहेका अरु पर्यटकीय स्थल डाबरी पार्क ,धामी पार्कमा समेत स्थानीय पर्यटकहरूले खचाखच भरिएको थियो । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेका पर्यटकीय स्थलहरूको उचित प्रचारप्रसार र व्यवस्थापन गर्न सकेको खण्डमा यहाँ भारतीय पर्यटकहरूलाई ल्याउन सकिने भन्दै त्यसतर्फ लाग्नका लागि स्थानीय बासिन्दाले चन्द्रपुर नगरपालिकासँग अनुरोध गरेका छन्  । अङ्ग्रेजी नयाँ वर्षका दिन आज नुनथर क्षेत्र मा देखिएको भिडले यहाँको पर्यटनको सम्भावनालाई दर्शाएको बताउँदै स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेले यसतर्फ संघ सरकार र प्रदेश सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९