१३ बर्ष पछि पाकिस्तानी बिदेश मन्त्री बंगलादेश जाँदै

इस्लामबाद । बंगलादेश र पाकिस्तानबीचको सम्बन्धको बदलिँदो तस्विर देखिन सुरू गरेको छ । शेख हसिनाको शाषन पतन भएको केही समय पछि यो समाचार बाहिरिएको छ कि १३ वर्ष पछि पाकिस्तानका विदेशमन्त्री बंगलादेश भ्रमणमा जान तयारीमा जुटेका छन । बंगलादेशमा लामो समयसम्म शेख हसिनाको शासन थियो, शेख हसिनाले पाकिस्तानबाट सन् १९७१ को स्वतन्त्रताका बेला भएका अत्याचारका लागि सार्वजनिक माफी माग्न बारम्बार आह्वान गरेकी थिइन तर पाकिस्तानले यो माग कहिल्यै पूरा गरिदिएन् ।

 

बरु उनको शाषन पतन भए दुइ देशका बिचमा राजनीतिक तस्विर क्रमशः फेरिन थालेको छ, सोही क्रममा पाकिस्तानका बिदेश मन्त्री बंगलादेश जान लागेका हुन् । पाकिस्तान र बंगलादेशले एकअर्कातर्फ मित्रताको हात बढाइरहेका छन् । पाकिस्तानका विदेशमन्त्री इशाक दारले बंगलादेश पाकिस्तानको भाइ भएको र अर्को महिनाको उनले ढाका भ्रमण ‘महत्वपूर्ण’ हुने बताएका छन् । यसअघि सन् २०१२ मा पाकिस्तानका विदेशमन्त्रीले बंगलादेशको भ्रमण गरेका थिए ।

पाकिस्तानका विदेशमन्त्री इशाक दार अर्को महिना बंगलादेशको भ्रमणमा जाने भए पछि छलफलको अजेन्डा तय गर्ने काम भइरहेको छ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले डी–८ शिखर सम्मेलनमा पाकिस्तानका विदेशमन्त्रीलाई पाकिस्तान भ्रमणको निम्तो दिएका थिए । जसका कारण उनी १३ वर्षपछि देश भ्रमणमा जान  लागेका हुन् ।  बंगलादेश भ्रमणको सन्दर्भमा इशाक डारले यस भ्रमणमा खेलकुद र दुवै देशको अर्थतन्त्रमा सहकार्यका लागि काम गर्ने बताइसकेका छन । यी मुद्दाहरूमा चीजहरू द्रुत रूपमा अगाडि बढिरहेका छन्।

 

डिसेम्बर १९ मा इजिप्टमा आयोजित डी ८ सम्मेलनको छेउमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसबीच भेटवार्ता भएको थियो। यस क्रममा दुवै पक्षले आपसी हितका सबै क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउन सहमत जनाएका थिए ।  उनीहरुको भेटले नयाँ कूटनीतिक छलफललाई पनि जन्म दिएको छ, जसको परिणाम बंगलादेशमा पाकिस्तानी बिदेश मन्त्रीको भ्रमण उदाहरणको रूपमा हेर्न सकिन्छ ।

 

शिखर सम्मेलनताका युनुसले पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफलाई बंगलादेशलाई पाकिस्तानसँगको सम्बन्धलाई अगाडि बढाउन मद्दत गर्न १९७१ को समस्या समाधान गर्न आग्रह गरेका थिए। युनूसले पाकिस्तानी प्रधानमन्त्रीलाई भनेका थिए, ‘बारम्बार मुद्दाहरू आइरहेका छन्, ती मुद्दाहरूलाई समाधान गरेर अगाडि बढौं,’ युनुसको प्रस्ताव थियो ।

सन् १९७४ मा बंगलादेश, पाकिस्तान र भारतबीच भएको त्रिपक्षीय सम्झौताबाट कुराहरू समाधान भएको तर अन्य विचाराधीन मुद्दाहरू छन् भने त्यस बिषय समाधान भएमा आफू खुसी हुने कुरा शाहबाज शरीफले जवाफमा भनेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन । एकातिर पाकिस्तानका विदेश मन्त्री १३ वर्षपछि बंगलादेश भ्रमणमा जान लागेका छन् भने दुवै देशका शीर्ष नेताबीच द्विपक्षीय वार्ता र सम्बन्धबारे छलफल भइरहेको छ ।

 

उता, पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकारको पालामा यी सम्बन्धहरू त्यस्तो थिएनन्। शेख हसिनाले सन् २००८ देखि अगस्ट २०२४ सम्म प्रधानमन्त्रीको पद सम्हालेकी थिइन । शेख हसिनाको शासनकालमा पाकिस्तान र बंगलादेशबीचको सम्बन्धमा तनावग्रस्त थियो तर गत अगस्टमा देशमा भएको कू पछि राजनीतिक तस्विर फेरिएको छ । अहिले पाकिस्तान र बंगलादेश बिचकोसम्बन्धलाई फेरि सुमधुर बनाउने प्रयास दुवै देशबाट भइरहेको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९