कारागारमा उत्पादित सामग्रीको माग घट्यो

चितवन, कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्वका साथ खरिद गर्दथे । अहिले कारागाबाट उत्पादित सामग्रीको माग घटेको छ ।यहाँस्थित कारागार कार्यालयमा मुढा, गलैँचा, झोलालगायतका सामग्री बिक्री हुने गर्दथ्यो । तर अहिले माग घटेको कारागारमा रहेका बन्दीहरुले गुनासो गरेका छन् ।

 

 

विगतका वर्षहरुमा बजार सहज हुँदा कारागार कार्यालयमा बन्दी जीवन बिताइरहेका आफ्नो खर्च र परिवारलाई केही सहयोग पु¥याउँदै आएका थिए । तर अहिले त्यस्तो छैन । कारागारमा विगत १३ वर्षदेखि बन्दी जीवन बिताउँदै आउनुभएका विकास प्रर्जा (परिवर्तीत नाम) अहिले मुढाको माग घट्दा समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिलेको तुलनामा मुढाको माघ घट्दै गएको छ ।” बन्दी जीवन बिताउँदै गर्दा मानसिक र शारीरिक रुपमा आफूलाई व्यस्त राख्नका लागि मुढा बुन्ने गरेको भए पनि अहिले मुढाको माग घटेको उहाँले बताउनुभयो । विगतमा सीमित कारागारमा यस्ता तालिमहरु हुने र उत्पादन गर्ने गरेको भए पनि अहिले हरेक कारागारमा सीपमूलक तालिम नहुने र उत्पादन पनि धेरैतिर हुँदा माग घटेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिलेको तुलनामा अहिले माग घटेपछि ५० प्रतिशत उत्पादन घटेको छ । उहाँले थप्नुभयो, “चार्डपर्वको समयमा केही माग बढ्छ की भन्ने आशामा छौँ ।”

 

 

 

यस कारागारमा विगतमा मुढा बुनेर आफ्नो गुजारा चलाउने बन्दीको सङ्ख्या २०० हाराहारी हुने भए पनि अहिले यो घटेर ७५ मा झरेको छ । माग बढ्न नसक्दा कामदारको सङ्ख्या पनि घटेको उहाँले बताउनुभयो । कारागारभित्रै आफ्नो कम्पनीमा पहिला ४०÷४५ जना बन्दीहरुले काम गर्ने गरेको भए पनि अहिले १८ जना मात्रै रहेको उहाँले बताउनुभयो । लामो समय बन्दी जीवन बिताउनु पर्नेहरुले मुढासँगै गलैँचा बनाउने काम समेत गर्दै आएका छन् । कतिपय मुढा बन्ने बन्दीहरु गलैँचा बुन्न गएको उहाँले बताउनुभयो ।

 

 

पछिल्ला वर्षहरुमा प्लाष्टिकका कुसी र मुढाको प्रचलन वढेपछि बाँसका मुढाको माग घटेको उहाँले बताउनुभयो । पहिला महिनामा ५०० हाराहारी मुढा उत्पादन हुने गरेको यस कारागारमा अहिले ३०० हाराहारी मात्रै मुढा उत्पादन हुँदै आएको छ । स्पेसल र स्थानीय गरी दुई प्रकारका मुढा बनाइने यहाँ अहिले स्थानीय मात्रै बनाईदै आईएको छ ।

 

 

बन्दी जीवन बिताउँदै आउनुभएका रामु प्रर्जा (परिवर्तित नाम) अहिले गलैचा बन्ने काम गर्दै आउनुभएको छ । विगतका वर्षको तुलनामा पछिल्ला केही वर्ष गलैँचाको माग कम भएपछि पहिलेको जस्तो व्यापार हुन छाडेको उहाँले बताउनुभयो । गलैँचा बुन्नका लागि साइजअनुसार समय लाग्ने र स्क्वायर फिटका हिसाबले पैसा लिने गरेका बन्दीहरु गलैँचा किन्ने ग्राहक नआउँदा काम गर्ने जाँगर हट्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनभरि काम गर्दा अन्य कुरामा ध्यान जाने थिएन अहिले फुर्सद हुँदा समस्या भएको छ ।” यस पेसामा ६५ जना बन्दीहरु आबद्ध रहेका छन् । आफ्नो कामअनुसारको कमाइ हुने भए पनि व्यस्त रहन पाउँदा निकै रमाइलो हुने गरेको उहाँले सुनाउनुभयो । मासिक १५ देखि १८ वटा गलैँचा उत्पादन हुँदै आएकोमा अहिले यो सङ्ख्या पनि घटेको छ ।

 

 

 

कारागार कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गाना यहाँ रहेका बन्दीहरु हाँसी खुसी आय आर्जनका काम गर्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले माग घट्दा केही निरासा भने बन्दीमा छाएको छ ।” राम्रो बजार हुँदा मासिक रु १५ हजारसम्म यहाँका कैदीबन्दीले कमाउने गरेका थिए । अहिले मुस्किलले रु पाँच हजार कमाउने गरेको उहाँले बताउनुभयो । यहाँ उत्पादित सामग्रीहरु काठमाडौँसहित छिमेकी जिल्ला र स्थानीय बजारमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । अहिले यस कारागारमा ४० जना महिला र ६८ जना पुरुष कैदी बन्दी रहेका छन् । यहाँ महिलातर्फ ३० र पुरुषतर्फ ५७० जना कैदीबन्दी राख्ने क्षमता रहेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९