काठमाडौं। नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ ।यसअघि सामान्य अंकले बढीरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा रोकिन पुगेको छ ।आज ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको छ भने ४३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । र, १९४ कम्पनीको सेयर मूल्य घटदा ६ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...


























































































































































