Baigyanik Media

Advertisment

SKIP THIS

अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर को भो बढेको छ । आज डलर एकको खरिददर १३८ रुपैयाँ १९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि शुक्रबार यसको खरिददर १३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३९ पैसा तोकिएको थियो ।

 

आज युरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ १७ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ७९ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको भाउ ०५ पैसाले बढेको छ । बिहिबार यूरो एकको खरिददर १४२ रुपैयाँ १२ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ७४  पैसामा कारोबार भएको थियो । यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रुपैयाँ २० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५५ पैसा रहेको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८७ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ९३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५२ पैसा कायम गरेको जनाइएको छ ।

 

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३० रूपैयाँ ६९ पैसा र बिक्रीदर ३० रूपैयाँ ६३ पैसा कायम गरेको छ । यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation