Baigyanik Media

Advertisment

SKIP THIS

नेपाल डेरी एसोसियसनको २६औं साधारण सभा भोली

काठमाडौं । नेपाल डेरी एसोसियसनको २६औं साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा सोमबार आयोजना हुने भएको छ। आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले बुटवलमा हुने २६औं साधारण सभाको तयारी पुरा भएको जानकारी दिएका छन्।

 

उद्योगीको हकहितमा अग्रसर संस्थाको माघ ७ गते सोमबार स्थापना दिवस अन्तरगत सातै प्रदेशका उत्कृष्ट उद्योगीलाई सम्मान, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारीता सम्मान गरिने उनले बताए। उनले दैनिक संकलन उत्पादन ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भईरहेको जानकारी दिए। निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको उनले बताए।

 

कार्यक्रममा एसोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले नेपालको राष्ट्रिय उत्पादनमा लुम्बिनी प्रदेशबाट कुल खाद्यान्न उत्पादनमध्ये दुधजन्य उत्पादन ४ लाख ८ हजार २०६ मेट्रिक टन अर्थात १७ दशमलव ९ प्रतिशत रहेको बताए।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation