
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि आइतबार यसको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।
आज युरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ०३ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ६५ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको भाउ ५० पैसाले घटेको छ । आइतबार यूरो एकको खरिददर १४२ रुपैयाँ ५३ रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो । यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९१ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ९६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५३ पैसा कायम गरेको जनाइएको छ । उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ८१ पैसा कायम गरेको छ ।
यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ।