काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १.७९ अंकले बढेको छ । यससँगै सूचक २६३५.०६ विन्दुमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको १४ हजार ८ सय २० कित्ता सेयर कारोबार भएको छ । २७ कम्पनीको भाउ बढेको छ भने २७ वटै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...


























































































































































