Baigyanik Media

Advertisment

SKIP THIS

हमासले आज थप ३ बन्दी रिहा गर्ने

गाजा। हमासले आज थप ३ जना इजरायली बन्दी रिहा गर्ने जनाएको छ।  इजरायली बन्धकहरूको परिवारको प्रतिनिधित्व गर्ने समूहले शुक्रबार थप तीन बन्दीहरूको नाम पुष्टि गरेको हो । जसलाई हमासले शनिबार हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । र, तिनीहरूमध्ये दोहोरो कार्डधारी अमेरिकी–इजरायली नागरिक रहेका छन्।  उत्तरी क्यारोलिनाका ६५ वर्षीय किथ सेइगल ४ दशकअघि इजरायल गएका थिए र हमासको अक्टोबर ७, २०२३ को हमलामा पक्राउ परेका थिए। हमासले पहिले तीन नामहरू उपलब्ध गराएको थियो र इजरायली अधिकारीहरूले सूची प्राप्त भएको पुष्टि गरेका छन । जसमा  इजरायली नागरिक यार्डन र  किथ सिगेलको नाम उल्लेख छ । आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation