Baigyanik Media

Advertisment

SKIP THIS

जीवन विकास लघुवित्तले १५.५७ प्रतिशत नाफा कमायाे, अन्य प्रमुख सूचकहरु पनि बढ्याे

काठमाडौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको १५.५७ प्रतिशतले खुद नाफा सँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा १५.५७ प्रतिशतले बढेर २० करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।  यसअवधिका खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।खुद ब्याज आम्दानी २८.०४ प्रतिशतले बढेर ९४ करोड ८१ लाख २१ ह्जार रुपैयाँ पुगेको छ । यता सञ्चालन आम्दानी पनि १५.५७ प्रतिशतले बढेर २९ करोड ३४ लाख ८९ हजार रुपैयाँ छ ।पुस मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ११ पैसाले बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८ पैसा छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation