Baigyanik Media

Advertisment

SKIP THIS

नेपालको लगातार चौथौं हार

काठमाडौं। महिला त्रिकोणात्मक अन्तार्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा घरेलु टोली नेपालले लगातार चौथो हार बेहोरेको छ ।हारसँगै शीर्ष स्थानमा रहँदै शृंखलाको उपाधि जित्ने नेपालको झिनो सम्भावना समाप्त भएको छ ।मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले थाइल्यान्डविरुद्ध पाँच रनको हार बेहोरेको हो । थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा आठ विकेट गुमाउँदै मात्र १०१ रन मात्र बनाउन सक्यो ।लगातार चौथो जितसँगै थाइल्यान्ड उपाधिको नजिक पुगेको छ । त्रिपल राउण्ड रोविन पद्धत्तिमा भइरहेको शृंखलामा थाइल्यान्डले अब नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । चार खेलमा दुई जितसहित ६ अंक जोडेको नेदरल्यान्ड्सको शीर्ष स्थानमा रहेर उपाधि जित्ने सम्भावना अझै बाँकी छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation