इन्डोनेसियामा पर्यटकलाइ सुबिधा, १५-२० दिनको छोटो बिबाह अर्थात ‘प्लेजर म्यारिज’

जाकार्ता। कुनै समय यो देश हिन्दु राजाहरुको देश थियो, जहाँ हिन्दुहरूले त्यहाँ शासन गर्थे । यस देशको जनसंख्या पनि अधिकांस हिन्दूहरूको नै  थियो तर पछि यहाँ समय परिवर्तन भयो। राजाहरूले आफ्नो धर्म परिवर्तन गरे र केही समयमै सम्पूर्ण देश मुस्लिम राष्ट्र बन्न पुग्यो । मानिसहरूले पनि हिन्दू धर्मबाट मुस्लिम धर्ममा द्रुत रूपमा परिवर्तन गर्न थाले।

 

तर, अहिले यहाँका मुस्लिम महिलाले पर्यटकसँग ‘प्लेजर म्यारिज’ गर्छन्, यसो गर्दा उनीहरूले केही पैसा लिन्छन तर १५–२० दिन पछि विवाह समाप्त हुन्छ र फेरी नयाँ श्रीमानको खोजीमा निस्कन्छन । अब यो कुन देश हो भन्ने कुरा जान्नु हुन्छ भने यो संसारको सबैभन्दा ठूलो मुस्लिम देश हो, जसको नाम हो इन्डोनेसिया ।

 

यो विश्वको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य पनि हो। यहाँ आउने पर्यटकले यहाँका युवतीसँग ‘प्लेजर म्यारिज’ गर्ने मौका पनि पाउँछन् । इन्डोनेसियाको पुन्काकमा कम आय भएका परिवारका केटीहरूले पैसाको बदलामा पुरुष पर्यटकसँग मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ गर्ने गरेका छन् । यसको उद्देश्य पर्यटकहरूलाई आनन्द दिई पैसा कमाउनु हो।  मुत्तह निकाह भनेर चिनिने यो प्रचलन यहाँ आकर्षक उद्योगको रुपमा देखा परिरहेको छ । यसले स्थानीय अर्थतन्त्र र पर्यटन प्रवद्र्धन गरेको पनि छ ।

 

कम आय भएका परिवारका केटीहरूले पैसाको सट्टामा पुरुष पर्यटकसँग विवाह गर्छन्। यसलाई इस्लाममा अस्थायी विवाह मानिन्छ। तर, धेरै पर्यटकले स्थानीय महिलाको फाइदा उठाउँदै आएकाले यो अभ्यासको चर्को आलोचनासमेत भइरहेको छ ।मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ भनेको गरीब महिला र पुरुष पर्यटकहरू बीचको छोटो अवधिको विवाह हो, मुख्यतया मध्य पूर्वबाट पैसाको सट्टामा यो चलन यहाँसम्म आएको हो ।

 

लस एन्जलस टाइम्सका अनुसार इस्लाममा मौखिक विवाहको यो प्रचलन एक आकर्षक उद्योगको रूपमा देखा परेको छ, जसले अरब पर्यटकहरूलाई आकर्षित गर्ने पश्चिमी इन्डोनेसियाको लोकप्रिय स्थान पुनकाकमा पर्यटन र स्थानीय अर्थतन्त्रलाई बढावा दिइरहेको छ। अहिले यो काम केही कम्पनीले लिएका छन् ।

 

हाइल्याण्ड रिसोर्टमा एजेन्सीहरूले पर्यटकहरूलाई स्थानीय महिलाहरूसँग परिचय गराउँछन्। दुबै पक्षको सहमतिमा गरिएको सानो र अनौपचारिक विवाह पछि पुरुषले महिलालाई दुलहीको मूल्य तिर्ने गर्दछन् ।  महिलाले पर्यटकलाई त्यहाँ बसेसम्म घरेलु तथा यौनजन्य सेवा प्रदान गर्छिन् । पर्यटक फर्केर जाने बित्तिकै विवाह पनि स्वतः भङ्ग हुन्छ।

 

तर, २८ वर्षीया इन्डोनेसियाली महिला काहायाले लस एन्जलस टाइम्ससँग अस्थायी पत्नी हुँदाको पीडादायी अनुभवको बारेमा कुरा गरिन्। उनले एलए टाइम्सलाई बताइन् कि उनले पश्चिम एसियाली पर्यटकहरूसँग २५ पटक भन्दा बढी विवाह गरिसकेका छन्। यस कार्यमा अधिकारी र एजेन्टको पनि सहभागिता रहने गरेको छ, उनीहरूको रकम कटौती गरेपछि मात्र महिलाले आधा रकम पाउँछन्।

 

समाचार अनुसार कहायाले १३ वर्षको उमेरमा पहिलो विवाह गरेकी थिइन । उनकी हजुरआमाले यो गर्न बाध्य बनाएकी थिइन तर पछि बिहे टुटे पछि जन्मेकी छोरीलाइ भने आफै एक्लै हुर्काउनु परयो । उनले जनरल स्टोर वा जुत्ता कारखानामा काम गर्ने सोचेका थिइन तर त्यहाँ ज्याला निकै नै कम थियो ।

अहिले उनले प्रत्येक विवाहबाट ३०० देखि ५०० अमेरिकी डलर कमाउँछिन्, जसले उनको भाडा तिर्न र बिरामी हजुरआमाको लागि उपचार खर्च गर्नका लागि निकै मद्दत गरेको छ । यद्यपि उनी यो काम गर्छिन् भन्ने उनको परिवारलाई भने थाहा छैन। तर, यसो गरेपछि केही महिलाहरू यसबाट बाहिर निस्किन्छन् र एउटा आदर्श परिवार स्थापना गर्छन् ।

 

हालका वर्षहरूमा व्यवसायको रूपमा यो धेरै विस्तार भएको छ। बीचमा एजेन्टहरू छन्, जसमध्ये कतिपयले एक महिनामा २५ वटासम्म पनि मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ गर्ने गरेका छन् ।  सो क्रममा महिलाहरू शोषण भइरहेका छन् र उनीहरूको सुरक्षा पनि बारम्बार खतरामा परेकाले यसबारे अहिले धेरै प्रश्न उठिरहेका छन् ।

 

खासमा, यो प्रथा शिया इस्लाममा उत्पत्ति भएको हो। मुगलकालमा पनि भारतमा यस्ता विवाह भएका थिए । खासगरी जब मुगल व्यापारीहरू लामो यात्रामा जान्थे, तब उनीहरूले यस्तो विवाह गर्ने गर्थे। अहिले पनि भारतको केरलालगायत दक्षिण भारतमा यो लुकीछिपी हुदैँ आएको छ । यद्यपि धेरै इस्लामिक विद्वानहरूले यी विवाहहरूलाई अस्वीकार्य भनिरहेका छन् ।

 

तर, इन्डोनेसियामा जुन किसिमका विवाहहरू भइरहेका छन्, त्यसलाई त्यहाँको कानुनले स्वीकार भने गर्दैन्, यो प्रचलन मात्र हो । उनीहरुको राज्य विवाहको आधारभूत धारणाको विरुद्धमा छन् । इन्डोनेसियाली विवाह कानून तोड्दा जेल सजाय र सामाजिक वा धार्मिक परिणामसहितका दण्डहरू पनि छन्। तर, पनि प्रथाको रूपमा यो अझै कायमै रहेको छ ।

 

छोटो समयमा धेरै आम्दानी हुने भएकाले यो इन्डोनेशियामा धेरै नै लोकप्रिय रहेको छ । एउटा भनिन्छ नि, भुसको आगो झै, यो इन्डोनेसियामा सर्बत्र रहेको छ तर यसरी मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ गर्नका लागि एजेन्टहरू भने चिन्न सक्नु पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९