चीनले समुन्द्रको ६,५६० फिट मुनी बनाउँन थाल्याे ‘डिप सि स्टेशन’

बेइजिङ। चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ। अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुदैँछ । वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६० फिट तल  ‘डिप सी स्टेशन’ निर्माण गरिरहेको छ । वास्तवमा यसको प्रमुख उद्देश्य भनेको समुद्रको गहिराइमा लुकेको ‘खजाना’ पत्ता लगाउनु हो। तर, यसको मूल्य थाहा पाएर तपाई पनि छक्क पर्नुहुनेछ । हो, आज हामी तपाईलाई यस ‘डिप सि स्टेशन’ को बारेमा हरेक कुरा बताउने प्रयास गर्नेछौं ।

 

चीनको ‘डिप सी स्पेस स्टेसन’ समुन्द्र सतहबाट २ हजार मिटर तल हुनेछ। यसमा ६ जना वैज्ञानिकले एक महिनासम्म सँगै काम गर्न सक्नेछन् । यो सागर मुनीको स्टेशनले सन् २०३० सम्म काम गर्न थाल्नेछ । यसको डिजाइन सानो पनडुब्बी जस्तै हुनेछ, जसको तौल २५० टन, लम्बाइ २२ मिटर, चौडाइ ७ मिटर र उचाई ८ मिटर हुनेछ । जसलाई  ‘टियाङगोङ’ अर्थात् ‘प्यालेस अफ हेभेन’ नाम दिइएको छ।

 

चीनका अनुसार यसको उद्देश्य समुद्रको गहिराइमा अनुसन्धान गर्ने र समुद्रमा रहेको प्राकृतिक स्रोतको खोजी गर्ने हो। वैज्ञानिकका अनुसार चीनले गहिरो समुन्द्रमा रहेको तातो र चिसो पानीमा अनुसन्धान गर्ने छ किनभने यो ठाउँमा मिथेनले प्रचुर मात्रामा ‘हाइड्रोथर्मल भेन्ट’ हरू रहेका छन्। यी भेन्टहरूमा मिथेन हाइड्रेट्स अर्थात् ज्वलनशील बरफको ठूलो भण्डार रहेको छ, जुन ऊर्जाको ठूलो स्रोत हुन सक्छ।

 

दोस्रो यहाँबाट भूकम्पजस्ता गतिविधिको अनुसन्धान गर्न सकिन्छ। यति मात्र होइन, यदि कुनै देशले भूमिगत रूपमा कुनै युद्द  गर्न खोज्छ वा कसैले परमाणु परीक्षण गर्न खोज्छ भने पहिले पत्ता लगाइने छ। सुनामीबारे जानकारी पनि घण्टा पहिले उपलब्ध हुने विश्वास चीनका बैज्ञानिकहरूले गरेका छन ।हाइड्रोथर्मल भेन्टहरू समुद्रको भुइँमा अवस्थित दरारहरूबाट निस्कने तातो पानीको स्रोत हुन्, जुन समुद्री हलचलका कारण बन्छन्। यी भेन्टहरू गहिरो समुद्रमा ज्वालामुखी गतिविधिको नजिक पाइन्छ र तातो पानीले पृथ्वीको सतहभन्दा धेरै किलोमिटर तल म्याग्मासँग सम्पर्कमा आउँछ र यसलाई फेरि समुद्रमा छोड्छ।

 

जब चिसो पानी समुद्रको भुइँमा अवस्थित यी दरारहरूमा प्रवेश गर्छ, यो पृथ्वीको भित्री भागमा रहेको म्याग्मासँग सम्पर्कमा आउँछ र ४०० डिग्री सेल्सियससम्म तातो हुन्छ। त्यो बेला पानीले भरपूर खनिज बाहिर निकाल्छ । जब यो तातो पानी समुद्रको भुइँमा फर्किन्छ, यसमा धेरै प्रकारका घुलनशील खनिज र ग्याँसहरू हुन्छन्, जसले ‘हाइड्रोथर्मल भेन्ट’ हरू बनाउँछ।

 

खासमा हाइड्रोथर्मल भेन्टहरू दुइ प्रकारका हुन्छन । ‘ब्लाक स्मोकर’, यो गहिरो समुद्रमा मात्रै इन्छ। यसबाट निस्कने पानी धेरै तातो हुन्छ, लगभग ३५० देखी ४०० डिग्री सेल्सियससम्म। यसमा सल्फाइड खनिज बढी हुन्छ, जसका कारण यो कालो धुवाँ जस्तो देखिन्छ।व्हाइट स्मोकरः यो थोरै कम तातो १००–३०० डिग्री सेल्सियस मात्र हुन्छ। यसबाट निस्कने पदार्थमा क्याल्सियम र बेरियम बढी हुन्छ, जसका कारण यो सेतो रंगको देखिन्छ ।

 

 

हाइड्रोथर्मल भेन्टहरूले अद्वितीय जीवहरूलाई समुद्रको अँध्यारो र उच्च दबाव वातावरणमा बस्न अनुमति दिन्छ। यहाँका जीवहरूले सूर्यको किरण बिना नै रासायनिक ऊर्जाबाट खाना बनाउँछन्। सुन, चाँदी, तामा र जस्ताहरू जस्ता बहुमूल्य धातुहरू यी प्वालहरूबाट निस्कने पदार्थहरूमा पाइन्छ। बृहस्पतिको चन्द्रमा युरोपा र शनिको चन्द्रमा एन्सेलाडसमा जीवनको सम्भावना रहेको ठाउँमा उस्तै भेन्टहरु हुनसक्ने बैज्ञानिकहरुको विश्वास रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९