काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.३२ अंकले बढेको छ । यससँगै सूचक २७५९.०७ विन्दुमा आएको छ । ४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५६ कम्पनीको ५३ हजार २ सय १२ कित्ता सेयर कारोबार भएको छ । २५ कम्पनीको मूल्य बढ्दा २५ वटकै भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । यो सेसनमा कुल १ सय १७ वटा कारोबार भएको हो ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...


























































































































































