साउथ इन्डियन फिल्म ‘मारको’को ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको यसरी गरियो हत्या

काठमाडौं – पर्सा वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ वर्षीय युवक इशालप्रसाद कुर्मीको हत्या अनुसन्धान गर्दै जाँदा प्रहरीले सो घटनामा ‘फिल्मी शैली’ अपनाइएको तथ्य उजागर गरेको छ। हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।  वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीकै १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षीय अरुणकुमार यादव र १९ वर्षीय मुना तिवारीलाई पर्सा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो।

 

प्रहरी उपरीक्षक मिश्रका अनुसार कुर्मीको हत्याका ‘मुख्य योजनाकार’ मुकेश रहेको अनुसन्धानमा खुलेको छ। कुर्मीको शव गत फागुन ११ गते साँझ साढे ५ बजे वीरगन्ज महानगरपालिका-२८ जगरनाथपुर ढाटभन्दा करिब ५०० मिटर पश्चिम भेडैया खोलामा फेला परेको थियो। खोलामा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। कुर्मीको हत्या फागुन ७ गते प्रजातन्त्र दिवसको दिन साँझ ६:१० बजे भएको अनुसन्धानबाट खुलेको मिश्रले पत्रकार सम्मेलनमा बताए।

 

मिश्रका अनुसार कुर्मी सोही दिन वीरगन्ज काम गर्न जान्छु भन्दै घरबाट निस्किए। तर, भोलिपल्टसम्म नफर्किएपछि कुर्मीका बुवाले प्रहरीमा निवेदन दिएका थिए। ‘कुर्मीका बुवाले निवेदन दिएपछि हामीले घटनाको अनुसन्धान थालेका थियौं, खोलामा शव फेला परेपछि अनुसन्धान गर्दा हत्या गरेको पत्ता लागेको थियो,’ मिश्रले भने। अनुसन्धान अनुसार हत्या गरिएका कुर्मी र पक्राउ परेका तीनै जना साथी हुन्। उनीहरूमध्ये कुर्मी र मुकेश आपसी सहमतिमा सापटी रकम लेनदेनसम्म गर्थे। मुकेशले कुर्मीसँग पटक-पटक गरेर सापटी लिएको ३५ सय रुपैयाँ फिर्ता गर्न बाँकी थियो।

 

अनुसन्धान अनुसार हत्या गरिएका कुर्मी र पक्राउ परेका तीन जना युवक फागुन ७ गते भेला भएपछि तास खेल्न खुल्ला ठाउँमा गएका थिए। तास खेल्ने क्रममा मुकेश र हत्या गरिएका कुर्मीले हारे। हारेपछि कुर्मीले आफूले विगतमा दिएको त्यो ३५ सय रुपैयाँ मुकेशसँग माग्न थाले। ‘तास खेलेका अरू दुई जनाले जितेका थिए, मुकेश र कुर्मीले मात्रै हारेका थिए, आफूले हारेपछि कुर्मीले मुकेशसँग विगतमा दिएको सापटी रकम माग्न थाले,’ प्रहरी उपरीक्षक मिश्रले भने। मिश्रका अनुसार सापटी रकमको विषयमा वादविवाद हुन थालेपछि चारै जना तासको खालबाट उठे। उनीहरूले त्यसबेला सामूहिक निर्णय गरे – अब नजिकैको उखुबारीमा जाऔं, उखु चोरेर खाऔं।

 

चारै जना उखुबारी पुगे। उखु चोरेर खाउन्जेलसम्म अप्रिय घटना भएको थिएन। जब, चारै जना फर्किए, फर्किने क्रममा बाटोमा मुकेशले आफूले अघिल्लो दिन (फागुन ६ गते) हेरेको साउथ इन्डियन फिल्म ‘मारको’मा भिलेनले मान्छे मारेको सम्झिए। ‘त्यो फिल्ममा भिलेनले मानिसलाई घिच्रोमा समातेर रुखमा टाउको ठोक्काएर मारेको दृश्य मैले सम्झिएँ,’ मुकेशको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मिश्रले भने, ‘सापटी चलाएको रकमको विषयमा वादविवाद गरेको घटनाबाट मलाई रिस उठिरहेको थियो, मैले कुर्मीको टाउको रुखमा ठोक्काइदिएँ।’

 

त्यसपछि मुकेशले रुखमा टाउको ठोक्काएपछि बेहोस् भएका कुर्मीको दुबै हात सर्टले बाँधिदिए। मुकेशले बेहोस् अवस्थामा रहेका कुर्मीलाई घिस्याएर खोलामा लगेर फाल्दिए,’ मिश्रले भने, ‘बेहोस् अवस्थामा फालिएका कुर्मीको खोलामा मृत्यु भएको अनुसन्धानमा देखिन्छ।’ कुर्मीलाई खोलामा फाल्दा मुकेशसँगै पक्राउ परेका अन्य दुई जनाले सहयोग गरेका थिए। ‘तर, उनीहरूले के-कति सहयोग गरे भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ,’ मिश्रले भने।   पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट ६ दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको मिश्रले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९