एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आह्वान

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले संसारभरि रहेका गैर आवासीय नेपालीहरूलाई आउँदो मे महिनामा काठमाडौँमा भेला भएर संस्थालाई एकजुट बनाउन र नयाँ विधान पारित गर्न आग्रह गरेका  छन्  ।उच्चस्तरीय समितिद्वारा बिहीबार भर्चुएल माध्यमद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै घलेले  संघको इतिहासमा आगामी अधिवेशन एक कोशे ढुंगा हुने बताए  । “यो   एनआरएनएको जग हाल्ने अवसर हो।  हाम्रो संस्थालाई रुपान्तरण गर्ने अवसर हो।  हामीले अधिवेशनबाट नयाँ विधान बनाउने छौं।  यो कमिटिको एकदमै बलियो म्यान्डेट छ।  कसैलाई दोष दिनु भन्दा पनि ऐतिहासिक उपलब्धिको रुपमा लिएर कहिल्यै पनि विवाद नहुने गरी अगाडी बढ्ने अवसर हो,” उनले भने ।

 

 

” हाम्रो संस्था अहिले सम्म (२२ वर्ष सम्म) टप डाउन रुपमा चलेको छ।   समस्या सदस्यतामा छ। समस्या  प्रतिनिधि छनोटमा छ।   सर्वोच्चले समस्या पहिल्यायो।  त्यसैले हामीले सबैलाई डेलिगेट्स बन्न खुला ग-यौं।  अब नयाँ  विधानमा यो कुरा राख्नु प-यो। बढीभन्दा बढी साथीहरु काठमाडौँमा आउनु भयो भने ठूलो सफलता हुने छ।  तपाईंहरुको सहभागिता विना यो सम्भव छैन,” उनले भने ।

 

 

 

अध्यक्ष घलेले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले परराष्ट्र मन्त्रालयबाट पत्र पाएपछि अहिले सम्म  १० ओटा बैठक गरिसकेको बताए ।  “अब (एकता महाधिवेशनका लागि) झन्डै २ महिना बाँकी छ।  रात दिन काम गरौँ।  हामीले  कति दुख ग-यौं आफ्नै भवन बनाउन, तर अहिले उक्त भवन अहिले भाडामा लगाएको छ।  त्यो लिजमा दिने, मुनाफा गर्ने ठाउँ होइन। हामीलाई आफ्नै भवनमा बैठक गर्न नदिए पछि हामीले क्याफेमा,  होटेलमा गएर पनि बैठक ग-यौं।  अब पछाडी सर्दैनौं, अब कसैले पनि हामीलाई  रोक्न सक्दैन,” उनले भने ।

 

 

आफ्नो स्वागत मन्तव्यमा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले आफुहरुले  हिजो पनि एकता गर्नु पर्छ भनेर प्रयास गरेको र तत्कालिन  प्रधानमंत्रीको रोहबरमा पनि एकताका लागि प्रयास गरेको बताए ।  “हाम्रो एकता नहुँदा गैर आवासीय नेपाली नागरिकताको हालत कस्तो भएको छ?  सामाजिक सुरक्षा कोषमा हामीले गरेको सहकार्यका कारण विदेशमा निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउने व्यवस्था भै रहेको छ। अब सर्वोच्चको फैसला र परराष्ट्रको निर्देशन अनुसार  एकताको सूत्रमा जोडिन म  आग्रह गर्छु,” उनले भने ।

 

 

उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले कतिपय राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले अप्रिल महिनाभित्रै अधिवेशन गर्न समस्या भै रहेको जनाएको  बताए।  “तपाईंहरुको केही समस्या छ भने हामीलाई जानकारी दिनोस्। राम्रोसंग टीओआर हेर्नोस्  ।  हामीहरुसंग एमओयु गर्नोस्,” कुँवरले भने ।  उहाँले परराष्ट्र मन्त्रालयले बनाएको क्राइटेरिया पुरा गर्ने जो कोही एनआरएनएको पंजीकृत सदस्य नेपाल आएर डेलिगेट्स बन्न सक्ने र मतदान गर्न सक्ने बताए । उनले एनसीसीको आफ्नो पोर्टलमा वा उच्चस्तरीय समितिको पोर्टल  (www.nrnahlc.com) मा गएर  सदस्य बन्न पनि आग्रह गरे ।

 

 

उच्चस्तरीय समितिकी सदस्य जानकी गुरुङले उच्चस्तरीय समितिको पोर्टलमा सदस्यताको लागि निवेदन आइरहेको र समितिले छानबिन गरी सदस्यता दिने काम सुरु गरि सकेको जनाइन् ।  उनले  आवेदकहरुलाई  भिसा भएको पासपोर्टको फोटो अपलोड गर्न पनि अनुरोध गरिन्  ।

 

 

 

उच्चस्तरीय समितिकी सदस्य रबिना थापाले एकताको लागि समितिले निकै प्रयास गरिरहेको जनाउँदै आगामी मे महिनामा काठमाडौँमा हुन गइ रहेको अधिवेशन नै  एकमात्र  वैधानिक अधिवेशन भएको बताइन्  । उनले संस्थामा लामो समयदेखि चलिरहेको विवादलाई समाधान गरी एकताबद्ध एनआरएनए बनाउन सबैलाई अपिल पनि गरिन् ।

 

 

 

अन्तरक्रियामा सहभागी एनआरएन अगुवा तथा पदाधिकारीहरुले एनआरएनएका सबै पक्षलाई एकता अधिवेशनमा भाग लिन र सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन अनुरुप संघको केन्द्रीय सचिवालयको सम्पूर्ण जिम्मेवारी  उच्चस्तरीय समितिलाई बुझाउन आग्रह गरेका थिए  ।  उनीहरुले सदस्यता निवेदनका लागि बुझाइएका कागजातहरु गोप्य र सुरक्षित  रहने व्यवस्था गर्न पनि आग्रह गरे।  सहभागीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष घलेले जवाफ दिएका थिए ।

 

 

कार्यक्रमको संचालन उच्चस्तरीय समितिका सदस्यद्वय रबीना थापा तथा जानकी गुरुङले गरेका थिए ।सर्वोच्च अदालतको फैसला अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिले अहिलेसम्म गरेका कामकारवाही तथा आउँदो मे ३-५, २०२५  मा काठमाडौँमा आयोजना हुन गैरहेको एकता महाधिवेशनको तयारीको बारेमा जानकारी दिन  जुम बैठक आयोजना गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९