एनआरएनए एकता महाधिवेशन: संघलाई सहि रूपमा लैजाने पहिलो र अन्तिम मौका- संयोजक घले

काठमाडौँ । चैत २१ मा सर्वोच्च अदालतले एकताको महाधिवेशन गर्नका लागि पूर्वअध्यक्ष शेष घलेलाई जिम्मेवारी दिएपनि बद्री केसी पक्षले असहयोग जारी राखेको छ । तर, पछिल्लो समय सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय र परराष्ट्र मन्त्रालयले पनि पत्राचार गरेपछि बद्री केसी समूह दबाबमा परेको छ । तर, केसी समूहले सर्वोच्चको दोस्रो फैसला देखाउन भने अझै छाडेको छैन । गत आइतबार सर्वोच्चले घले नेतृत्वको उच्चस्तरीय समितिलाई संघको कार्यालय बुझाउन बद्री केसी पक्षलाई निर्देशन दिएको थियो ।

 

 

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार संघलाई पत्र पठाउँदै उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि सबै कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्ताबेजहरू लगायत सम्पूर्ण सामान हस्तान्तरण गर्न निर्देशन दिएको हो । फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जनक प्रसाद शर्माको हस्ताक्षरमा पठाइएको पत्रमा निर्देशनको ७ दिनभित्र परिपालना गरी निर्देशनालयलाई जानकारी गराउन समेत भनिएको थियो । निर्देशनको अवज्ञा गरेमा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको र कार्यपालना समेत नगेको भन्ने व्यहोरासहितको प्रतिवेदन पेस गरिने पत्रमा उल्लेख थियो ।

 

 

त्यसपछि आइतबार परराष्ट्रले अर्को पत्र पठाएर एकता महाधिवेशन गराउन सरकारी पत्र र प्रतिनिधि तोकिदियो ।  परराष्ट्र मन्त्रालयले कानुन मन्त्रालयको सिफारिसमा सहसचिव अरुणा जोशीलाई प्रतिनिधि तोकेको हो। जुन पत्र घले र बद्री केसीले सम्हाल्दै आएको सचिवालय दुबैलाई पठाइएको छ । यसले घलेले वैधता पाएको पुस्टि भएको  छ । अधिबक्ताहरुका अनुसार कानुनीरुपमै एकले अर्कोलाई नमाने पनि घलेले पाएको परमादेश भएकाले दोस्रो फैसलाले रोक्न नसक्ने बताइन्छ । जसका कारण  केसी समुहमा छटपटी भएको उनी पक्षधर नै बताउँछन् ।

 

 

यसैबीच संयोजक शेष घलेले एकता महाधिवेशनबारे अब बादविवाद गर्न जरुरी नभएको बताए । उनले संघको इतिहासमा संघलाई सही रूपमा लैजाने पहिलो र अन्तिम मौका अहिले भएको बताए ।  त्यसैले यो मौकालाई चुनौती बनाउने प्रयास कसैले पनि गर्न नहुने बताउँदै उनले महाधिवेशन अनिवार्य भएकाले सफल बनाउन प्रयास र योगदान गर्न सबैसँग अनुरोध गरे ।

 

 

उनले भने, ‘हामी चैत २१ फैसलाको जिम्मेवारी पुरा गर्नको लागि काम गरिरहेका छौँ। यो संघको इतिहासमा संघलाइ डिरेलबाट सही लिगमा गुडाउने पहिलो र अन्तिम मौका हो। यस्तो मौका न पछि आउँछ न पहिला थियो। त्यसैले यो सफल हुनु जरुरी छ। यसको विकल्प र सेकेन्ड ओपिनियन छैन।’आफूहरु अदालतले दिएको जिम्मेवारी पुरा गर्न लागिपरेको पनि उनको भनाइ छ ।

 

 

उनले एनआरएनए अन्तराष्ट्रिय र राष्ट्रिय संगठन दुई फरक देशको कानुन अनुसार स्थापित फरक फरक स्वायत्त संस्था भएको पनि बताए । उनले भने, ‘यी संस्थाबिच केन्द्र र तल्लो तह जस्तो होइन दुवै संस्थाबिच साझेदारीमा हस्ताक्षर  गरेर काम गर्नुपर्छ। जस्तो की ब्रान्ड एउटा नै हो तर उत्पादन फरक ठाउँमा भए पनि गुण र पहिचान एउटै रहन्छ । उदाहरणको लागि कोकाकोला हरेक देशमा फरक कम्पनी हुन्छ । तर यसको उत्पादन एउटै र उस्तै हुन्छ। सङ्घ पनि त्यस्तै हो फरक देशमा हुन्छौँ तर ब्रान्ड एउटै नै हो।’

 

 

उनले मेमा चुनाव गर्नका लागि आवश्यक काम भइरहेको बताउँदै धेरैभन्दा धेरै एनआरएनएलाई काठमाडौँमा भेला गरेर महाधिवेशन भव्य रूपमा सम्पन्न गर्ने समेत बताए । गत चैत २१ मा एनआरएनएको विवादमा सर्वोच्चले एकताको महाधिवेशन गर्न परमादेश दिएको थियो । सो परमादेशपछि परराष्ट्र मन्त्रालयले ११ औँ महाधिवेशनबाट विवादकाबीच निर्वाचित बद्री केसीको नेतृत्वलाई काम गर्न रोक लगाएको थियो ।

 

 

यहीबिचमा गत आइतबार सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले सचिवालय हस्तान्तरण गर्न एनआरएनएलाई पत्राचार गरेको थियो । यस्तै मन्त्रालयले पनि प्रतिनिधि खटाएको हो ।सरकारले नै अधिवेशनका लागी प्रतिनिधि तोकिसकेपछी अब एकता महाधिवेसनको बिकल्प नभएकाले सबै गैरआवासीय नेपालीलाई यो अभियान सम्पन गर्नलाई लागि पर्न सम्योजक घलेले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९