गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी,  यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।

 

 

गतवर्ष जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएको थियो । यस पटक जिल्लामा धानको उत्पादनसँगै धान रोपणको क्षेत्रफलसमेत घटेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । गत वर्ष जिल्लामा सात हजार दुई सय ८८ हेक्टरमा क्षेत्रफलमा धान उत्पादन भएको थियो । यसवर्ष उत्पादन घटेर छ हजार दुई सय ७० हेक्टरमा मात्र धान उत्पादन भएको छ ।
जिल्लामा पछिल्ला वर्षमा क्रमशः धानको उत्पादन र क्षेत्रफल घट्दै जान थालेको ज्ञान केन्द्रले जनाएको छ । यसरी उत्पादन र क्षेत्रफल घट्नुमा बेमौसमी वर्षा हुनु, लामो समय खडेरी पर्नु, गाउँबाट बसाइँसराइ बढ्दै जानु, उन्नत बीउ र रासायनिक मलको अभाव हुनु जस्ता कारण रहेकोे कार्यालयले जनाएको छ ।

 

गत वर्षभन्दा यसवर्ष बर्खे धान उत्पादनमा पनि आठ प्रतिशतले कमी आएको छ । जिल्लामा कूल छ हजार पाँच सय ८५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसअन्तर्गत चैते धान उत्पादनको क्षेत्रफल तीन सय १५ हेक्टर र बर्खे धान उत्पादनको क्षेत्रफल छ हजार दुई सय ७० हेक्टर रहेको छ ।

 

यस वर्ष चैते धान एक हजार दुई सय ८६ मेट्रिकटन र बर्खे धान २२ हजार तीन सय २३  मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने फाँटहरुमा इस्माको चौरासी, सत्यवतीको जोहाङ्, उर्लीखोला र अस्लेवा कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, चन्द्रकोटको मजुवा, रुपाकोटलगायत रहेका छन् ।

 

त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाडको सुदी, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी र मदानेको सिर्सेनी छन । धुुर्कोटको छल्दी तथा पनाहा, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ्, मनबाग लगायतका फाँटमा पनि राम्रो धान उत्पादन हुने गर्दछ ।

 

जिल्लामा आयातित चामलको गुणस्तर तथा मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा पछिल्लो समयमा धानको आयात बढ्दै गएको छ । गतवर्ष गुल्मीमा रु पाँच करोड मूल्य बराबरको चामल आयात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा विशेषगरी हँसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मडियारे, रातोे मार्सी र मार्सिलगायत धानका जात किसानको रोजाइमा पर्ने गरेको छ ।

 

उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान किसानको रोजाइमा पर्ने गरेको हो । स्थानीय धानको भात खाँदा भोक कम लाग्ने, खानका लागि नरम र स्वादिलो हुने हुँदा यहाँका किसानले रैथाने धानको उत्पादनमासमेत निरन्तरता दिँदै आएका छन् । कृषि ज्ञान केन्द्रले पनि जिल्लामा यस्ता प्रकारका रैथाने जातका धानका बीउको संरक्षण गर्नुपर्नेमा किसानलाई जोड दिँदै आएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९