शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट रु २७ लाख ७६ हजार ६६० र वडा कार्यालयहरूबाट रु ४३ लाख ६५ हजार ३७४ राजस्व सङ्कलन भएको छ ।

 

नगरपालिकाले सम्पत्ति करबाट रु एक लाख ६० हजार ४७४, मालपोत करबाट रु १२ लाख ४१६, घरबहाल करबाट रु सात लाख ९४ हजार ६८०, बहाल बिटौरी करबाट रु एक लाख ८४ हजार ६२० र सवारीसाधन करबाट रु ५७ हजार ५०० सङ्कलन गरेको छ । त्यसैगरी, व्यवसाय करबाट रु ५९ लाख १२५, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबार करबाट रु ७५ हजार ३०० र अन्य करबाट रु २३ हजार ६२३ सङ्कलन भएको छ ।

 

सरकारी सम्पत्तिको बहाल तथा बिक्रीबाट रु दुई लाख ५५ हजार ८९५, सरकारी सम्पत्ति बिक्रीबाट रु ४४ हजार ५००, अन्य बिक्रीबाट रु एक हजार, विद्युत् सेवा शुल्कबाट रु ३००, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु चार हजार ६००, न्यायिक दस्तुरबाट रु ५०० र अन्य प्रशासनिक सेवा शुल्कबाट रु ९४ हजार १०० राजस्व प्राप्त भएको छ । त्यसैगरी, नक्सापास दस्तुरबाट रु ५९ हजार ७४२, सिफारिस दस्तुरबाट रु नौ लाख ६६०, व्यक्तिगत घटना दर्ताबाट रु एक लाख ४८ हजार ७००, नाता प्रमाणितबाट रु ५० हजार ४५० र अन्य दस्तुरबाट रु छ लाख ५४ हजार ४५८ सङ्कलन भएको छ ।

 

व्यवसाय दर्ता दस्तुरबाट रु ९५ हजार ९७५, विद्युत्सम्बन्धी दस्तुरबाट रु २५ हजार ३००, अन्य क्षेत्रको आयबाट रु एक लाख ३६ हजार २७५, न्यायिक दण्ड–जरिवाना तथा जफतबाट रु एक हजार ३९२ र प्रशासनिक दण्ड–जरिवाना तथा जफतबाट रु ४२ हजार १५१ राजस्व उठेको छ । यसैगरी, अन्य राजस्वबाट रु ६६ हजार ५७७, व्यवसाय करबाट रु १९ लाख ४७ हजार ४८२ र बेरुजु फछ्र्यौटबाट रु ५६ हजार ३२६ सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिनुभयो ।

 

चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु तीन करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले रु तीन करोड १६ लाख आन्तरिक राजस्व सङ्कलन गरेको थियो । स्थानीय राजस्व परामर्श समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख कल्पना पन्तले आन्तरिक आय न्यून रहेकाले राजस्व वृद्धि गर्न करको दर घटाउने र दायरा विस्तार गर्ने नीति लिइएको बताउनुभयो । “पर्याप्त आन्तरिक राजस्व सङ्कलन हुन नसक्दा नगरको विकास प्रक्रियालाई तीव्रता दिन कठिनाइ भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यसैले करको दायरा विस्तारलाई प्राथमिकतामा राखेका छौँ ।” राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९