सरल छविका थिए प्रशान्त

काठमाडौँ, प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीले चिनेको एउटा नाम हो । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ को तेस्रो सिजनको विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । आइतबार ४२ वर्षको उमेरमा ‘कार्डियक अरेष्ट’ कारण उहाँले संसार छाड्नुभयो । आइतबार बिहानीकै समयमा उहाँबारे सुनिएको यो खबरमा दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी निशब्द छन् ।

 

नेपाली भाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता पाउँछ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बन्नुभएको थियो गायक तामाङ । उहाँ विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपाली भाषीले सहभागिता जनाउने र विजेता बन्ने क्रमले अहिलेसम्म निरन्तरता पाएको छ । ‘इण्डियन आइडल’ को अन्तिम १२ मा परेपछि उहाँको चर्चा नेपालसँगै विश्वभरका नेपाली माझ भयो ।

 

गायक तामाङ उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाए । सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी जोडिनुभयो । नेपाली भाषीले त्यो समयमा पाएको त्यो ठूलो सफलता रहेकाले दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङमा गएर कार्यक्रम गर्यौ, हाम्रो उदेश्य प्रशान्तलाई विजेता बनाउनु थियो, हामीले त्यहाँ कार्यक्रम गर्ने र सो रकम मत दिन खर्च गर्न थाल्यौं ।” उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेविड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत त्यहाँ पुग्नुभएको थियो । निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईसहित सहभागी हुनुभयो ।

 

“हामीले उदयीमान कलाकारलाई लगेर कार्यक्रम गरेर सहयोग जुटाउने गरेका थियौँ, त्यसको चर्चा नेपालसँगै विश्वभरका नेपाली माझ भयो, त्यसपछि अभियान कै रुपमा त्यो अगाडि बढ्यो”, निर्माता घतानीले भन्नुभयो । उहाँले गायक तामाङलाई अन्तिम तीनमा परेपछि घर आएको समयमा भेट्नुभएको थियो । अन्तिम तीनलाई गृह जिल्लामा लैजाने ढाँचा उक्त कार्यक्रमको थियो । सोहीअनुसार घर आउँदा गायक तामाङ र निर्माता घतानीको भेटघाट भयो । त्यो सामीप्यता विस्तारै बढ्दै गयो र दाजुभाइको सम्बन्धमा परिणत भयो ।

 

“उहाँ (प्रशान्त) विजेता भएपछि मैले केही राखेको थिएँ, निकै सरल र शान्त स्वभाव थियो, हामी विस्तारै यति नजिक भयौ की पारिवारिक कुराहरू हुन् थाल्यो, उहाँ एक असल र इमान्दार मान्छे, उहाँका बारेमा व्यक्त गर्ने शब्द नै छैनन्”, निर्माता घतानीले भन्नुभयो, “उहाँ नेपाली चलचित्रसँग ‘हिम्मत–२’ मार्फत जोडिनुभयो, दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीतमा गायक तामाङको स्वर राख्नुभएको थियो, भारत गएर स्वर रेकर्ड गरेपछि निर्देशक श्रेष्ठले गायक तामाङको निकै तारिफ गर्नुभयो ।”

 

उहाँका अनुसार विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनुपर्छ भनेर पहिलो पटक पाश्र्व गायनमा ल्याएको हो । “उहाँको सरलता देखेर म छक्क पाएको थिएँ, विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसङ्गीतलाई गर्ने माया अद्भूत थियो, उहाँमा इण्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएन, निकै सरल मान्छे”, निर्देशक श्रेष्ठले भन्नुभयो ।

 

पाश्र्वगायकको रूपमा चलचित्रसँग जोडिएपछि गायक तामाङले अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’ बाट सुरुआत गर्नुभयो । उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गर्नुभएका गायक तामाङले गाउनुभएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो ।

 

त्यसपछि उहाँले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गर्नुभएको छ । गएको ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उहाँले अभिनय गरेको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो । अभिनय सुरुआत गरेदेखि उहाँले आफूलाई गायकभन्दा पनि अभिनेताको रुपमा अगाडि बढाउनुभयो । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रुपमा तामाङको चर्चा भारतमा भयो ।

 

त्यसपछि उहाँले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गर्नुभयो । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र विसं २०८३ को वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा हुनुहुन्थ्यो ।

 

उहाँ दिल्लीस्थित घरमा आराम गरिरहनुभएको थियो, जहाँ उहाँले अन्तिम सास लिनुभयो । कोभिड–१९ का कारण आफ्नो आमा गुमाएपछि उहाँ परिवारलाई धेरै समय दिनु हुन्थ्यो । निर्माता घतानीका अनुसार उहाँकी श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर नै समय बिताउने गर्नुहुन्थ्यो । श्रीमती एयरहोस्टेस भएका कारण घरमा रहेर छोरीको रेखदेख गर्ने जिम्मा पनि गायक तामाङकै थियो ।

 

“आमा गुमाएपछि छोरीलाई उहाँले छाडेको मलाई याद छैन, कार्यक्रमकै प्रस्ताव आउँदा श्रीमती काममा छिन् र बिदा मिलेको छैन भनेर अस्वीकार गर्ने गर्नुहुथ्यो, छोरीमा उहाँले आमाको प्रतिबिम्व देख्ने गरेको बताउनुहुन्थ्यो”, निर्माता घतानीले भन्नुभयो ।

 

कोभिड–१९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयं कोभिडको बिरामी हुनुहुन्थ्यो । आफ्नो आमाको अन्त्येष्टिमा सहभागी हुन् नपाएको पीडा उहाँको मनमा सधैँ रहिरह्यो । त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाई समय दिने उहाँको स्वभाव थियो । उहाँले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका गर्नुभएको थियो । सन् २०२२ मा उहाँको छोरीको जन्म भएको थियो ।

 

उहाँको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटीए सरकारले आज नयाँ दिल्लीबाट गायक तामाङको शवलाई दार्जिलिङ लैजाने भएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा अहिले शल्यपरीक्षणको काम चलिरहेको जानकारी निर्माता घतानीले दिनुभयो । निर्माता घतानीका अनुसार गायक तामाङका बुबाआमाको निधन भइसकेकाले उहाँकी पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९