भण्डारीको ‘समय सूत्र’ सार्वजनिक

काठमाडौँ,  वैदिक तथा वैज्ञानिक पक्षबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’  सार्वजनिक गरिएको छ । लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक आज काठमाडौँमा आयोजित एक सामारोहबीच सार्वजनिक गरिएको हो ।

 

भौतिकशास्त्रका विद्वान् प्राडा उदयराज खनाल, पूर्वीय दर्शनका ज्ञाता प्राडा आमोदवर्धन कौण्डिन्यायन, वरिष्ठ चित्रकार एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, वरिष्ठ चिकित्सक एवं गीतकार डा भोला रिजाल, पत्रकार टीकाराम यात्री, इटर्नल पब्लिकेसन प्रालिकी प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारी, लेखक भण्डारीलगायत व्यक्तिको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।

 

‘समय सूत्र’मा समयको भौतिक, अनुभवजन्य, जैविक र मनोवैज्ञानिक आयामका बारेमा वैज्ञानिक र दार्शनिक चिन्तनसहितको चर्चा गरिएको छ । यसमा समयको सार्थकता, वर्तमानको मूल्य, समयको अनिकाल, समय मापन र जीवन व्यवस्थापन जस्ता विषयवस्तु समावेश छन् ।

 

पुस्तक लोकार्पण समारोहमा समयबारे प्राज्ञिक व्यक्ति र लेखकबीच समय–संवाद गरिएको थियो । “समय बुझ्न÷बुझाउन एकदमै कठिन विषय हो”, संवादमा सहभागी हुँदै भौतिकस्त्राशी खनालले भन्नुभयो, “यो पुस्तक मूलतः समयबारे जान्न र यसलाई अझ गहिरोसँग बुझ्न चाहने पाठकका लागि हो ।” समयसम्बन्धी जटिल वैज्ञानिक अवधारणालाई यो पुस्तकले स्पष्ट, सटिक र प्रवाहपूर्ण नेपालीमा प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

 

वैदिक र अन्य महत्वपूर्ण ग्रन्थका सम्बद्ध विषयलाई मूल उद्धरणसहित उल्लेख गरी प्रामाणिक बनाइएकाले यो पुस्तक समयबारे जान्न चाहने विद्यार्थीवर्ग र आमपाठकका लागि उपयोगी रहेको प्रा कौण्डिन्न्यायनले बताउनुभयो । “युवा तथा नयाँ पुस्तालाई समयप्रति आम रूपमा सजग गराउन यो महत्वपूर्ण माध्यम हुन सक्छ”, उहाँले भन्नुभयो । वरिष्ठ चित्रकार रागिनी उपाध्यायले असल कर्मबाटै समयलाई सार्थक बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । “यो किताबले हामीलाई समयको वास्तविक अर्थबोध गराउनेछ भन्ने मलाई लागेको छ”, उहाँले भन्नुभयो ।

 

लेखक भण्डारीले पुस्तकबारे जानकारी दिँदै भन्नुभयो, “समय बुझ्नु भनेको घडीको चाल हेर्नु मात्र होइन, अस्तित्वको भाषा बुझ्नु, भाव अनुभूति गर्नु र लय पक्रनु हो । यो किताब पढिसकेपछि कुनै पनि पाठकले आफ्ना पललाई बितिजाने एकाइमा मात्र नभई अर्थयुक्त सम्भावना पनि हो भनेर बुझ् सक्नुभयो भने म आफ्नो अभीष्ट सिद्ध भएको मान्नेछु ।”

 

समय संवादको सहजीकरण पत्रकार यात्रीले गर्नुभएको थियो । उहाँले भन्नुभयो, “कृति पक्कै गहन र मननयोग्य छ ।” इटर्नल पब्लिकेसन प्रालिले सार्वजनिक गरेको यो किताब २६४ पृष्ठको छ भने मूल्य रु ५०० रहेको यो पुस्तक आजैदेखि बजारमा उपलब्ध छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९