प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, नेपाल प्रहरीको समन्वयकारी भूमिका प्रभावकारी

सिद्धार्थनगर (भैरहवा),  हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको छ । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यही फागुन २१ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रहेको हो ।

 

निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा रणनीति, सुरक्षाकर्मीको सक्रिय परिचालन तथा सुरक्षा निकायबीचको समन्वयका कारण यसपटकको निर्वाचन अपेक्षाकृत सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न भएको विश्लेषण गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले बहुआयामिक सुरक्षा योजना कार्यान्वयन गरेको थियो । मतदानस्थल र मतदान केन्द्रहरूमा विशेष सुरक्षा प्रबन्ध मिलाएकाले मतदाताले ढुक्क साथ मतदान गर्न सकेको सुरक्षा निकायको भनाइ छ । प्रहरी सङ्गठनले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको प्रहरीको ठम्याइ छ ।

 

 

सुरक्षाकर्मीलाई स्पष्ट जिम्मेवारीसहित परिचालन गरिएको तथा देशभरका प्रहरी इकाइलाई उच्च सतर्कतामा राखेर सुरक्षा व्यवस्थापन गरिएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उहाँले सुरक्षा रणनीति सफल भएको उल्लेख गर्दै विगतको तुलनामा यस निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको दाबी गर्नुभयो ।

 

प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाका लागि मुख्यतः पाँच प्रमुख रणनीति अवलम्बन गरेको थियो । महानिरीक्षक कार्कीका अनुसार पहिलो, सुरक्षा जोखिम मूल्याङ्कनका आधारमा मजबुत सुरक्षा योजना तयार गरिएको थियो । दोस्रो, सीमित स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गरी सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाइएको थियो । तेस्रो, पछिल्ला आन्दोलनका कारण केही खस्किएको प्रहरी मनोबललाई उच्च बनाउने उद्देश्यले सङ्गठनभित्र विशेष पहल गरिएको थियो । चौथो, अन्य निकायहरूसँग प्रभावकारी सुरक्षा निकाय, राजनीतिक दल, प्रशासन तथा सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय कायम गरिएको थियो । र, पाँचौँ, निर्वाचन अवधिभर निरन्तर अनुगमन तथा नियमनलाई सुदृढ बनाइएको थियो ।

 

अनुगमनका क्रममा प्रहरी महानिरीक्षक कार्की स्वयंले विभिन्न प्रदेश तथा जिल्लाका प्रहरी इकाइमा पुगेर स्थलगत निरीक्षण, सुपरीवेक्षण तथा ‘ब्रिफिङ’ कार्यक्रम सञ्चालन गर्नुभएको प्रहरी प्रधान कार्यालय सूचना शाखाको भनाइ छ । यस पटकको निर्वाचन नेपाल प्रहरीले ‘डिजिटल’ प्रविधिको प्रयोगलाई पनि विशेष प्राथमिकता दिइएको थियो । सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना तथा ‘फेक न्युज’ नियन्त्रण गर्न प्रत्येक जिल्लामा सामाजिक सञ्जाल अनुगमन टोली गठन गरिएको थियो । ती टोलीहरूले ‘अनलाइन’ माध्यममा प्रसारित भ्रामक सामग्रीको निगरानी गर्दै आवश्यक कारबाही तथा सामग्री हटाउने कार्यसमेत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

त्यसैगरी, संवेदनशील क्षेत्रहरूको निगरानीका लागि ‘ड्रोन क्यामेरा’, उच्च क्षमताका क्यामेरा तथा अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोग गरिएको थियो । सुरक्षा अवस्थाअनुसार सङ्गठनात्मक कमान्ड संरचना व्यवस्थित गर्दै प्रदेश स्तरमा प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा सुरक्षा कमान्ड खडा गरिएको थियो भने जिल्ला स्तरमा वरिष्ठ प्रहरी अधिकृतहरू र सिनियर प्रहरी अधिकृतहरूलाई परिचालन गरिएको थियो ।

 

सुरक्षा व्यवस्थापनका दृष्टिले विभिन्न सुरक्षा निकायबीचको समन्वयलाई पनि प्रभावकारी बनाइएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसँग संयुक्त रूपमा सुरक्षा निगरानी, जोखिम मूल्याङ्कन तथा सम्भावित विवाद समाधानका लागि सहकार्य गरिएको प्रहरीले जनाएको छ ।

 

विसं २०७९ को निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच झडपका घटना भएका थिए । बाजुरा, रुकुम र कालीकोटमा भएका झडपमा आठ जनाको मृत्यु भएको थियो भने इलाम, सर्लाही, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, धादिङ, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए । विभिन्न स्थानमा विस्फोटक पदार्थ राख्ने प्रयास तथा मतदान अवरोधका घटनासमेत भएका थिए । तर २०८२ सालको निर्वाचनमा भने त्यस्ता गम्भीर प्रकृतिका घटना देखिएन, भएन । मतदान केन्द्रहरूमा व्यवस्थित तथा कडा सुरक्षा प्रबन्ध मिलाइएकाले ठूलो झडप वा हिंसात्मक घटना हुन नपाएको सुरक्षा विज्ञहरूको भनाइ छ ।

 

केही स्थानमा सामान्य तनाव उत्पन्न भए पनि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई अवस्था सामान्य बनाएका थिए ।संविधानविद् तथा कानुन व्यवसायी सूर्य अधिकारीका अनुसार निर्वाचन शान्तिपूर्ण हुनुमा प्रभावकारी सुरक्षा व्यवस्थापन प्रमुख कारण हो । उहाँले राज्यका सुरक्षा निकाय, निर्वाचन व्यवस्थापन र प्रशासनबीचको समन्वय प्रभावकारी भएकाले निर्वाचन सहज रूपमा सम्पन्न भएको बताउनुभयो ।

 

त्यसैगरी, सुरक्षा विश्लेषक तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक उमेशचन्द्र रिजालले विगतका अनुभवका आधारमा सुरक्षा रणनीति परिमार्जन गरिएकाले जोखिम न्यूनीकरणमा सफलता मिलेको बताउनुभयो ।

 

अधिकारकर्मी लक्ष्मी केसीले निर्वाचन अवधिभर सुरक्षाकर्मीले उच्च जिम्मेवारीका साथ भूमिका निर्वाह गरेकाले कुनै ठूलो दुर्घटना वा हिंसात्मक घटना हुन नपाएको बताउनुभयो । उहाँका अनुसार यसले नेपालको लोकतान्त्रिक अभ्यासमा सकारात्मक सन्देश दिएको छ ।

 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार निर्वाचन सुरु हुनुअघि नै देशभरका मतदान केन्द्रहरूलाई संवेदनशील, अति संवेदनशील र सामान्य गरी वर्गीकरण गरी सुरक्षा योजना तयार पारिएको थियो । उहाँले विभिन्न सुरक्षा निकायसँगको संयुक्त परिचालन र समन्वयका कारण सम्भावित जोखिमहरू नियन्त्रण गर्न सफल भएको बताउनुभयो ।

 

मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण देखिएको सुरक्षा निकायको निष्कर्ष छ । विगतमा देखिएका झडप, विस्फोटक पदार्थ राख्ने प्रयास तथा मतदान अवरोधजस्ता घटनाहरू यस पटक दोहोरिन नपाएको हो । समग्रमा निर्वाचन आयोग, सुरक्षा निकाय, प्रशासन, राजनीतिक दल तथा मतदाताबीचको सहकार्य र जिम्मेवार भूमिकाका कारण २०८२ सालको प्रतिनिधिसभा निर्वाचनलाई नेपालको लोकतान्त्रिक अभ्यासमा शान्तिपूर्ण तथा व्यवस्थित निर्वाचनका रूपमा स्थापित गर्न सफल भएको छ ।

 

अनुशासित परिचालन, प्रभावकारी सुरक्षा रणनीति र नेतृत्वदायी भूमिकाका कारण नेपाल प्रहरीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण योगदान दिएको ठहर गरिएको छ । प्रहरी महानिरीक्षक कार्कीले नेतृत्व सम्हालेपछि सङ्गठनको व्यावसायिक क्षमता, प्रविधिमैत्री कार्यशैली तथा सङ्गठनात्मक समन्वयमा सुधार देखिएको छ । यसपटकको निर्वाचनमा पहिलो सुरक्षा घेरामा रहेर काम गरेको प्रहरी सङ्गठनले देखाएको सक्रियता र प्रभावकारी व्यवस्थापनलाई सुरक्षा क्षेत्रका विज्ञहरूले नेतृत्वको सफलताको उदाहरणका रूपमा समेत लिएका छन् ।कमल रायमाझी/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

मुदी गाउँ (म्याग्दी),  आँखैअगाडि चाँदीजस्तै टलक्क टल्केका गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा छपक्क छापिएका परम्परागत शैलीका ढुङ्गे घरहरू । गाउँले परिवेश, आत्मीयपन भएका स्थानीयवासी । यस्तैयस्तै विशेषताले भरिएको छ म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित मुदीगाउँ ।   मगर समुदायको बाहुल्यता रहेको गाउँ वरपर रहेका हिउँदमा...

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ,  काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर,  चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९