पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत

पर्वत,  पर्वतमा समानुपातिक निर्वाचनतर्फ मतगणना सम्पन्न भएको छ । आज सम्पन्न अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलको तुलनामा दोब्बरभन्दा बढी मत प्राप्त गरेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नले ३० हजार ७३५ मत पाएको छ । यसैगरी दोस्रोमा नेपाली कांग्रेसले १३ हजार ८७४ र तेस्रोमा नेकपा (एमाले) ले १३ हजार ३५० मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ३८४ मत पाएको छ ।

 

 

यसरी नतिजा हेर्दा एमाले, कांग्रेस र नेकपा गरी तीन वटै दलले पाएको मतभन्दा रास्वपा एक्लैले पाएको मत बराबर जस्तै रहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४७७ र राष्ट्रिय जनमोर्चाले १२८ मत पाएको छ । पर्वतमा समानुपातिकतर्फ साना ठूला गरी १५ वटा राजनीतिक दललाई मत परेको थियो । अन्य राजनीतिक दलको मत सङ्ख्या १०० भन्दा कम रहेको छ ।

 

 

पर्वतमा प्रत्यक्षतर्फ रास्वपाकै उम्मेदवार सागर भुसालले फराकिलो मतान्तरले विजयी हुनुभएको थियो । प्रत्यक्षतर्फ खसेको मत र समानुपातिक तर्फको मतमा कांग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा चौथो तथा राप्रपा पाँचौँ स्थानमा परेका हुन् ।

 

 

पर्वतमा यसअघि नेकपा (एमाले) का उम्मेदवार पदम गिरी लगातार दुई पटक विजयी हुनुभएको थियो भने त्यसअघि तीन पटकसम्म नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी विजयी हुनुभएको थियो ।पुराना राजनीतिक दल र पटकपटक दोहोरिएका उम्मेदवारहरूप्रति नागरिकको असन्तुष्टि बढेका कारण विगतका निर्वाचनभन्दा अझै फराकिलो अन्तरले रास्वपा उम्मेदवार भुसाल विजयी हुनुका साथै समानुपातिकतर्फ नयाँ दलले नै बढी मत पाएको हो । पर्वतमा समानुपातिकतर्फ ६६ हजार २८७ मत खसेकोमा एक हजार ६५४ मत बदर भएका हुन् ।

 

 

पर्वतका १४ उम्मेदवारको जमानत जफत हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पर्वतमा सबै मत परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम मत परिणामअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारसहित १४ जना उम्मेदवारको जमानत जफत हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरि तिमिल्सिनाले कूल सदर मतको १० प्रतिशत कटाउन नसक्नुभएको हो ।

 

 

शर्माले चार हजार ५५७ मत ल्याउनुभयो । जिल्लामा प्रत्यक्षतर्फ कूल ६५ हजार ३७९ मतमध्ये कूल सदर मत ६३ हजार २०३ मतको १० प्रतिशत तिमिल्सिनाले कटाउन सक्नुभएन । उहाँले छ हजार ३२० मत ल्याउनुपर्ने थियो । पर्वतमा दुई हजार एक सय ७६ मत बदर भएका थिए । तिमिल्सिनाले जिल्लामा बाँदर नियन्त्रणदेखि विकास निर्माणको समग्र खाका लिएर मतदाता सामु पुगे जिल्लामा चौथो स्थान प्राप्त गनुभएको छ ।

 

 

राप्रपा उम्मेदवार दुर्गाबहादुर मल्लले ५२५, नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार ऐलिना सुवालले सात, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कृष्णबहादुर विकले ११८, आम जनता पार्टीकी पवित्रा मल्लले पाँच, राष्ट्रिय जनमोर्चाका उम्मेदवार भिमलाल न्यौपानेले ८७ मत पाउनुभएको छ ।

 

 

राष्ट्रिय जनमुक्ति पार्टीकी माया पाइजा पुन फकामी मगरले १९ मत, उज्यालो नेपाल पार्टीका उम्मेदवार यामबहादुर चोचांगी पुनले १२२, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीकी उम्मेदवार लालकुमारी थापा रानाले ४१, नेशनल रिपब्लिक नेपालका उम्मेदवार वीरबहादुर गुरुङले ९८ मत पाउनुभएको छ ।

 

 

स्वतन्त्रबाट उम्मेदवार बनेका सीतादेवी शर्माले आठ, सावित्री शर्माले तीन, मिना पौडेल शर्माले आठ र गङ्गालाल रिमालले पाँच मत पाउनुभएको हो । निर्वाचनमा होमिएका १७ जना उम्मेदवारमध्ये तीन वटा राजनीतिक दलको मात्र जमानत जोगिएको हो ।

 

पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसालले २६ हजार ५६१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ र नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरी तेस्रो हुनुभएको थियो । उम्मेदवारी दर्ताका लागि पुरुषको हकमा रु दश हजार र महिलाको हकमा रु पाँच हजार धरौटी तिर्नुपर्ने प्रावधान रहेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९