आलेख : शैक्षिक इतिहासको साक्षी

गण्डकी,   कुनै समयको चर्चित भनाइ थियो, ‘शिक्षा नपाए कि जानु काशी, कि जानु कास्की’ । प्राचीनकालदेखि नै शिक्षाको विशिष्ट गन्तव्यका रुपमा चासो र चर्चा कमाएको कास्कीमा १८–१९औँ शताब्दीतिर अन्नपूर्ण गाउँपालिका, पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित पठनपाठनका कारण यो क्षेत्र शिक्षाको केन्द्रका रुपमा रहेको थियो ।

 

 

 

तत्कालीन समयमा पाउँदुरमा पौडेल थरका व्यक्तिले पिंढीमा राखेर पढाउने भएकै कारण त्यसबेला पिंढी पाठशाला भन्ने गरिन्थ्यो । उक्त समयमा विन्ध्यवासिनी आसपासमा पराजुली र रेग्मी थरका विद्वानले गुरु, शिष्य परम्परानुसार नै पठनपाठन गराउँदै आएको पाइन्छ । कास्कीमा सञ्चालित गुरुकुल शिक्षा प्रणालीकै जगमा १९५८ सालमा प्रधानमन्त्री देवशमशेरका पालामा मुलुकभर प्राथमिक पाठशाला खोल्ने नीतिअनुरूप परम्परागत गुरुकुल चलेकै स्थान विन्ध्यवासिनी क्षेत्रमा रुद्रनाथ पौडेल (अघौँ) तथा पं श्री गुणानिधी पराजुली (मिरुवा, पोखरा) समेतको पहलमा औपचारिक विद्यालय खुलेको शिक्षासेवी एवं संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिनुुभयो ।
 

उहाँका अनुसार सुरुआतमा यस विद्यालयमा संस्कृत एवं नेपाली श्रेस्ता शिक्षा विषयको दुई जना गुरुहरूबाट पठनपाठन गराउने व्यवस्थाको सूत्रपात भएको थियो । पहिला यहाँ पढेका, पढाइएका विद्यार्थी संस्कृत शिक्षाको परीक्षा दिन बनारस जानुपर्ने र श्रेस्ता शिक्षाको परीक्षा दिन काठमाडौँ जानुपर्ने व्यवस्था रहेकामा पछि निजामती प्रथमा यहीँ हुने र निजामती मध्यमा गर्न काठमाडौँ जानुपर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुुभयो ।
 

पोखरा महानगरपालिका–१ भीमकाली पाटनस्थित संस्कृत माध्यमिक विद्यालय जिल्लाको मात्र नभई समग्र गण्डकी प्रदेशको नै जेठो विद्यालय हो । २०२८ सालको राष्ट्रिय शिक्षा पद्धतिको योजनाको सुरुआतसँगै तत्कालीन शिक्षा ऐनले निर्देश गरेबमोजिम यस विद्यालयमा पनि विद्यालय व्यवस्थापन समिति गठन प्रारम्भ भएको पाइन्छ । यस ऐनले निर्देश गरेबमोजिमको विद्यालयको व्यवस्थापनको लागि पहिलो अध्यक्षको जिम्मेवारी भोलानाथ पराजुलीले लिनुुभएको थियो ।
 

त्यसपछि विद्यालयको अध्यक्षको जिम्मेवारीमा क्रमशः मुकुन्दशरण उपाध्याय, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, मोतीमान शाक्य, केशवराज पराजुली, चक्रपाणी सुवेदी, चिजमान गुरुङ, राजेन्द्ररमण पराजुली, गोविन्द नेपाली, ईश्वरीलाल श्रेष्ठ हुँदै हाल विष्णुप्रसाद अधिकारी रहनुभएको छ ।

 

 

 

त्यस्तै विद्यालयको शैक्षिक प्रशासनतर्फ स्थापनाकालीन समयमा प्रधानाध्यापकको जिम्मेवारी रुद्रनाथ पौडेलले सम्हाल्नुुभएको थियो । पछि क्रमशः गुणनिधि पराजुली, देवीरमण पराजुली, शिवकुमार रेग्मी, सोमनाथ रेग्मी, टङ्कनाथ पराजुली, बालमुकुन्द रेग्मी, बद्री पहारी, शुकदेव बराल, इन्द्रप्रसाद पराजुली, आत्माराम बाँस्तोला, जनार्दन त्रिपाठी, तोयनाथ पौडेल, तारा पाखे, दामोदर बाँस्तोला, कृष्णप्रसाद देवकोटा, गोविन्दप्रसाद सिग्देल हुँदै हाल श्रीकृष्ण सिग्देलले विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ ।
 

अभिलेखअनुुसार विद्यालयमा २०१३ सालमा सुन्दरप्रसाद मर्सानीको अध्यक्षतामा रहेको समितिले विर्तावाल रत्नाकर पराजुलीबाट राजकीय संस्कृत प्रधान पाठशालाका नाममा जग्गा हस्तान्तरण गराई पठनपाठनको समुचित व्यवस्था मिलाइएको पाइन्छ ।

 

 

त्यस्तै २०२१ सालमा अञ्चलाधीश नन्दबहादुर मल्ल अध्यक्ष रहनुुभएको समितिले विर्तावाल रत्नाकर पराजुलीबाट हस्तान्तरित जग्गामा भवन निर्माण गराइएको देखिन्छ । विर्ताबाट विद्यालयलाई प्राप्त हुन आएको ८२ रोपनी जग्गामध्ये १० रोपनी जग्गा यहीँ रहेको विन्दुबासिनी संस्कृत विद्यापीठलाई प्रदान गरी संस्कृततर्फको उच्च शिक्षातर्फका कक्षाहरू सञ्चालन भइरहेको छ । विद्यालयमा २०२८ सालको नयाँ शिक्षा लागु हुनु अगाडि संस्कृत, नेपाली, व्याकरण मात्र पठनपाठन गराइँदै आएकोमा २०२८ सालपछि अनिवार्य शिक्षासमेत समावेश गरी राजकीय संस्कृत प्रधानपाठशालाबाट संस्कृत माध्यामिक विद्यालय नामकरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुुभयो ।

 

 

संस्कृत शिक्षाप्रतिको आकर्षण बढाउनका लागि २०७४ सालदेखि विद्यालयमा देशका दूरदराजमा रही शिक्षा प्राप्तिको अवसरबाट वञ्चित विद्यार्थीहरूलाई निःशुल्क आवास एवं भोजनको व्यवस्था गरिएको उहाँले बताउनुुभयो । विद्यालयलाई वास्तविक योजनाअनुरूप सञ्चालन गर्न विद्यालय सुधार योजनाको निर्माण तथा सोको निरन्तर सुधार, परिमार्जन र कार्यान्वयनसँगै विगतको विद्यार्थीको २२० जना पु¥याइएको छ । विद्यालयका आवासीय बटुकहरूद्वारा नियमित रूपमा ध्यान, रुद्राभिषेक, विष्णु सहस्रनाम पाठलगायत अध्यात्मिक क्रियाकलापसमेत सञ्चालन गरिएको छ । विद्यालयमा अध्यापन गरिने कर्मकाण्डलगायत विषयको प्रयोगात्मक कक्षाका रूपमा मन्दिर एवं हवन कुण्ड आदिको निर्माणसमेत गरिएको उहाँले जानकारी दिनुुभयो ।

 

 

भौतिक पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि

विद्यालयमा विसं २०७८ साउनदेखि अधिकारीको नेतृत्वमा व्यवस्थापन समिति गठनसँगै भौतिक पूर्वाधारलगायत क्षेत्रमा पनि उल्लेख्य विकास भएको प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले बताउनुुभयो । यस अवधिमा विद्यालयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा करिब रु ९२ लाखको सहयोगमा चारकोठे पक्की भवन, पानीट्याङ्की र शौचालय निर्माण गरिएको छ ।
 

विद्यालय परिसरमा करिब दुई वर्षदेखि रोकिएको शिव पाञ्चायन मन्दिरको निर्माण सम्पन्नसँगै परिसरमा  शिवलिङ्ग, गणेश, विष्णु, देवी सूर्य (शिव पाञ्चायन)सहित लक्ष्मीनारायण, राधाकृष्ण, सीताराम, सरस्वती, अष्टचिरञ्जीवी र नवग्रहका प्रतिमाहरूको  व्यवस्थापनसहित प्राणप्रतिष्ठा गरी नित्य पूजाको थालनी गरिएको छ । मन्दिर परिसरमा हवन कुण्डको निर्माण गरिएको छ भने रोटरी क्लबको सहयोगमा करिब रु ३६ लाखको लागतमा चारकोठे पक्की भवन थप गरिएको छ ।

 

 

पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिकाको सहयोग र विद्यालयको आन्तरिक स्रोतमा अडिटोरियम हलको निर्माण, विज्ञान प्रयोगशालाको स्तरवृद्धि, भवन निर्माण तथा गुरुकुलमा बसोबासको व्यवस्था मिलाइएको छ । विभिन्न सहयोगदाता, सङ्घसंस्थाको समन्वयमा विद्यालय तथा शिवपाञ्चायन मन्दिर परिसरभित्र पुष्पबाटिका निर्माण, सात वटा चौतारी निर्माण तथा धार्मिक महत्वका बिरुवा रोपन गरिएको छ । पोखरा महानगरपालिका–१ तथा विभिन्न अक्षयकोषदाता तथा सहयोगदाताको सहयोगमा छात्रवृत्तिको व्यवस्था गरिनुको साथै विभिन्न दाताको सहयोगमा खानेपानी, खेल मैदानको निर्माण भएको छ ।
 

विद्यालयको गुरुकुलतर्फ विगतमा ११ जना मात्र बटुक भएकामा हाल आवासीय बटुकको सङ्ख्या वृद्धि भई ७० जना पुगेको र उनीहरूलाई निःशुल्क आवास तथा भोजनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुुभयो । गुरुकुल व्यवस्थापनका लागि छुट्टै उपसमितिको व्यवस्था गरिएको छ । हाल गुरुकुलमा छ जना विशिष्ट सदस्य र १८६ जना आजीवन सदस्य रहनुभएको उहाँले जानकारी दिनुुभयो ।

 

 

गुरुकुलको व्यवस्थापनका लागि आर्थिक स्रोत व्यवस्थापन गर्न महर्षि वैदिक फाउन्डेशनसँग सम्झौता भएको छ । उक्त फाउन्डेशनले मासिक रुपमा भोजन व्यवस्थापनका लागि रु ५० हजार र ध्यान शिक्षकका लागि रु २२ हजार उपलब्ध गराउँदै आएको छ ।

 

 

विद्यालयको शैक्षिक गुणस्तर तथा नतिजामा सुधार ल्याउन अतिन्यून शुल्कमा अतिरिक्त कक्षाको व्यवस्थापन गरी विद्यालयको बिएलई, एसइई, कक्षा १२ को नतिजामा उल्लेखनीय रुपमा सुधार गरिएको विद्यालयका सूचना अधिकारी श्रीकान्त सापकोटाले जानकारी दिनुुभयो । उहाँका अनुसार विद्यार्थीका लागि वेद तथा कर्मकाण्डसम्बन्धी अतिरिक्त कक्षाका साथै व्यावहारिक सीप प्रदान गरिएको छ । विद्यालयमा संस्कृत विषयतर्फ ‘प्लस टु’ को कार्यक्रम थप गरी सञ्चालनमा ल्याइएको छ भने नेपाल संस्कृत विश्वविद्यालयसँग समन्वय र सहकार्य गरी विद्यालयमा सञ्चालित दश जोड दुई कार्यक्रममा निःशुल्क रुपमा पढाउने व्यवस्था मिलाइएको छ । विद्यालयले भौतिक पूर्वाधारतर्फसँगै शैक्षिक गुणस्तरीयतामा पनि उत्तिकै सफल बनाउँदै लगिएको छ । वासुदेव पौडेल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

प्रतिनिधिसभा बैठक : ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

काठमाडौँ,    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिनुभएको छ ।बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गर्नुभयो । सांसद भूमिका सुब्बाले राष्ट्रपति...

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ,  काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ,  प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर,  चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९