छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला

भोजपुर, टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ । परम्परागत अन्नबालीभन्दा कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौँसम्म निरन्तर उत्पादन दिने तथा बजारको सहज पहुँच हुनेजस्ता कारणले किसानको रोजाइ सुन्तलाखेती बन्न पुगेको हो ।

 

 

 

यहाँका किसानले बारी तथा पाखो जमिनको उपयोग गर्दै सुन्तलाका बगान विस्तार गरिरहेका छन् । सामान्य सिँचाइ, मलखाद व्यवस्थापन र रोगकीरा नियन्त्रणमा ध्यान दिन सकेमा सुन्तलाबाट स्थिर आम्दानी लिन सकिने अनुभव किसान सुनाउँछन् । यही कारणले युवा पुस्तासमेत कृषि पेसातर्फ आकर्षित हुन थालेका छन् ।

 

 

टेम्केमैयुङ–२ का वडासदस्य जीवन राईका अनुसार छिनामखु क्षेत्रका किसानले वार्षिक रूपमा रु एक लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका छन् । उत्पादनको मात्रा, बगानको आकार र व्यवस्थापनका आधारमा आम्दानी फरकफरक हुने गरेको उहाँले बताउनुभयो । “सुन्तला यहाँका किसानका लागि भरपर्दो आम्दानीको स्रोत बनेको छ, धेरै किसानले बगान विस्तार गरिरहेका छन् । पहिले सानोस्तरमा खेती गर्नेहरू पनि अहिले व्यावसायिक रूपमा अघि बढिरहेका छन्”, उहाँले भन्नुभयो ।

 

 

वडाअन्तर्गतका बारताङ, छाम्लाखा, कोटाचुङ, राईखीम, ठेवा, रिठाबोटे, रातोमाटे र देवीथानलगायत टोलहरूमा सुन्तलाखेती बढी मात्रा हुने राईले जानकारी दिनुभयो । यी क्षेत्रमा उत्पादन भएको सुन्तला गुणस्तरीय हुने भएकाले बजारमा राम्रो माग छ । सडकको राम्रो पहँुच भएकाले यहाँ उत्पादन भएको सुन्तला खरिद गर्न ठेकेदार सिधैँ किसानको घरसम्म पुग्ने गरेका छन् । जसले गर्दा बजार खोज्न झन्झट व्यहोर्नु नपर्ने किसानको भनाइ छ । ठेकेदारले बगानबाट सोझै खरिद गर्ने भएकाले बेचबिखनका लागि कुनै समस्या नरहेको किसान बताउँछन् ।

 

 

सुन्तला बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च, बालबालिकाको शिक्षा, स्वास्थ्योपचार तथा अन्य आवश्यकता सहज रूपमा पूरा गर्न सहयोग पुगेको स्थानीय किसान रुद्रबहादुर विष्टले बताउनुभयो । केही किसानले त सुन्तलाखेतीबाट भएको आम्दानीलाई अन्य कृषि व्यवसायमा पनि लगानी गर्न थालेको उहाँको भनाइ छ ।

 

सुन्तलाखेतीको सम्भावनालाई मध्यनजर गर्दै वडाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिनुभयो । उन्नत जातका बिरुवा वितरण, प्राविधिक सहयोग, तालिम तथा बगान व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रममार्फत किसानलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

 

 

“हाम्रो वडा सुन्तला उत्पादनका लागि निकै उपयुक्त क्षेत्र हो”, वडाध्यक्ष राईले भन्नुभयो, “विशेषगरी तल्लो भेगमा राम्रो उत्पादन हुने भएकाले त्यहीअनुसार खेती विस्तार भइरहेको छ । वडाले किसानलाई प्रोत्साहन गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिरहेको छ ।”

 

 

उहाँका अनुसार पछिल्लो समय सुन्तलाखेतीमा आकर्षण बढ्दै जाँदा बाँझो जमिनको सदुपयोग हुन थालेको छ । यसले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्याउनुका साथै स्थानीयस्तरमा रोजगारी सृजना गर्ने कामसमेत गरेको छ । छिनामखु क्षेत्रमा सुन्तलाखेतीले किसानको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । निरन्तर विस्तार भइरहेको यस खेती प्रणालीले भविष्यमा अझै ठूलो आर्थिक सम्भावना रहेको स्थानीयले बताएका छन् । गाउँमा सबैतिर सुन्तला विस्तार भएकाले बाहिरबाट आउने मानिसले आकर्षित गर्ने गरेको किसानको भनाइ छ ।

 

 

सुन्तलामा पछिल्लो समय पात पहेँलो हुने, फलमा खरानीजस्तो सेतो देखिने, पातमा विभिन्न खालका दाग देखिने तथा बोट क्रमशः सुक्दै जाने समस्या देखिने गरेको किसानले बताएका छन् । कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट करिब आठ सयदेखि एक हजार ५०० मिटर उचाइसम्मको क्षेत्र सुन्तलाखेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यस उचाइमा तापक्रम, माटोको अवस्था र वातावरणीय सन्तुलन सुन्तला उत्पादनका लागि अनुकूल हुने प्राविधिकहरू बताउँछन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा

बर्दघाट सुस्तापश्चिम, (नवलपरासी)  बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राममा सांस्कृतिक भवन तथा सूचना केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । रामग्राम नगरपालिका–१४ मा रु ५४ लाखको लागतमा सो केन्द्र निर्माण सम्पन्न गर्न लागिएको हो ।   सांस्कृतिक भवन र सूचना केन्द्र जेठ महिनासम्म सम्पन्न गर्नेगरी रामग्राम नगरपालिका र...

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

काँक्रेविहार (सुर्खेत),  सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफँैले निर्माण गर्ने भएको छ ।  ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिनुभयो ।   डोल्पामा निर्माणाधीन जगदुल्ला (ए...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित

विराटनगर,   विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुु¥याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ ।     महानगरपालिकाका अनुसार पूर्णखोप प्राप्त गर्ने...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९