शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

काठमाडौँ,  शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ । सोल्टी होटल्स एण्ड रिसोर्टसले आफ्नो आतिथ्य सेवा सञ्जाल विस्तार गर्नेक्रममा निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडका स्वामित्वमा रहेको पाँचतारेस्तरको ‘लक्जरी रिसोर्ट’को व्यवस्थापनको जिम्मेवारी लिएसँगै ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुन लागेको हो ।होटेल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटेल्स एण्ड रिसोर्टसको तर्फबाट सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाइँ र क्लासिक भ्यू रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर गर्नुभएको छ ।

 

 

सोल्टी होटल लिमिटेडका उपाध्यक्ष चापागाइँका अनुसार सोल्टी होटल्स एण्ड रिसोट्र्सले काठमाडौँ उपत्यकामा मात्र तीनवटा होटल सञ्चालन गर्न सफल बनेको छ । उहाँले भन्नुभयो, “नेपालको एकमात्र स्वदेशी अन्तरराष्ट्रिय पाँचतारे ‘चेन डिलक्स होटल’ सोल्टी होटल्स एण्ड रिसोट्र्सले पछिल्लो समय नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूमा आफ्नो सेवा विस्तार गर्दै नेपाली आतिथ्यता र विश्वस्तरीय सेवाको संयोजन प्रस्तुत गर्दै लगेको छ । ‘द सोल्टी रिसोर्ट’ शिवपुरीको सञ्चालनसँगै सोल्टी होटल्स एण्ड रिसोट्र्सले लक्जरी, प्रकृति र स्वास्थ्यलाई समेट्ने अर्को महत्वपूर्ण आतिथ्य गन्तव्य थपेको छ । हामीले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आफ्नो ‘ब्रान्ड’ र सेवा विस्तार गर्दै विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने तथा नेपालको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौँ ।”

 

 

अद्वितीय हरियाली वातावरणले भरिपूर्ण जङ्गल क्षेत्रबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ शिवपुरीबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । यसले अतिथि पाहुनालाई उत्कृष्ट लक्जरी तथा प्राकृतिक सौन्दर्यतामा शान्त र आत्मीय विश्रामको दुर्लभ संयोजन प्रदान गर्ने ध्येय राखेको छ । सोल्टी होटल लिमिटेडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सोल्टी होटल्स एण्ड रिसोर्टसले काठमाडाँै उपत्यका परिधि शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौँमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडको स्वामित्वमा रहेको पाँचतारेस्तरको लक्जरी रिसोर्ट व्यवस्थापन सम्झौता तथा सहकार्यमा पर्वतीय पर्यटक विश्रामस्थलको विलासमय सुविधा समाहित ‘लक्जरी ब्राण्ड’ ‘द सोल्टी रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौँ’ व्यवस्थापन तथा सञ्चालन गर्ने घोषणा गर्न पाउँदा गर्व गर्दछ । ‘द सोल्टी रिसोर्ट’ काठमाडौँको शिवपुरी राष्ट्रिय निकुञ्ज सन्निकट काठमाडौँको शान्त र सौम्य वातावरणमा वन्य जीवन तथा आकर्षक सुन्दर प्राकृतिक सौन्दर्यतासहित मनमोहक काठमाडौँ उपत्यकाको अभूतपूर्व स्वर्णिम दृश्यावलोकन तथा रमणीय वन जङ्गल परिवेशमा अवस्थित रहेको छ ।”

 

 

 

निर्मल र स्वच्छ प्राकृतिक दृश्य, हरियाली, हराभरा चारैतर्फ क्षितिजमा पहाडी शृङ्खलाहरूले घेरिएको स्वर्णिम स्थानमा पर्यटक अतिथि पाहुनाहरूले दिनभर शान्त प्राकृतिको परिवेशमा आनन्द लिन सक्छन् भने साँझ पर्नासाथ काठमाडौँ उपत्यकाको झिलिमिली बिजुली बत्तीले सजिएको मनमोहक स्वर्गीय आनन्ददायी दृश्यले शान्त, विशिष्ट र समयातित आकर्षणको अनुभूति गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।साथै ‘द सोल्टी रिसोर्ट’ शिवपुरीले नयाँ गन्तव्यले विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुलाई उजागर गर्ने गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

 

 

यस्ता छन् थप विशेषता

प्राकृतिक सौन्दर्य र शान्त वातावरणबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ले स्वदेशी तथा अन्तरराष्ट्रिय पर्यटकका लागि विशिष्ट विश्राम अनुभव प्रदान गर्दछ । हाल रिसोर्टमा २५ सुसज्जित कोठा र एक निजी भिल्ला रहेका छन् भने थप ५१ लक्जरी कोठा निर्माणाधीन छन् । प्रत्येक कोठामा नेपाली कला, संस्कृति र पहिचान झल्किने ‘डिजाइन’ समावेश गरिएको छ ।

 

 

विज्ञप्तिमा भनिएको छ, “शान्त वातावरणमा ‘द सोल्टी रिसोर्ट’ ले विविध स्वादमा उत्कृष्ट भोजन अनुभव प्रदान गर्दछ । अतिथिहरूले ‘गुराँस अल डे डाइनिङ रेस्टुरेन्ट’ मा विभिन्न परिकारहरूको स्वाद लिन, ‘ऐराक बार’ मा आरामदायी समय बिताउन तथा जङ्गल फायर बिबीक्यु टेरेसमा ‘ग्रिल्ड’ परिकार, बोनफायर र मनमोहक वन दृश्यको आनन्द लिन सक्नेछन् । यस रिसोर्टको प्रमुख विशेषता यसको अनुपम प्राकृतिक वातावरण हो, जहाँ स्वच्छ पहाडी हावा र प्राकृतिक मुहानको पानीको पहुँच उपलब्ध छ । यसले सहर नजिकै भए पनि दुर्लभ रूपमा पाइने पुनःस्थापनात्मक अनुभव प्रदान गर्दछ । साथै, वरपरको क्षेत्रमा वन्यजन्तु चराचुरुङ्गी र पशुपन्छीहरुको अवलोकनको अवसर पनि प्रदान गर्दछ ।”

 

 

 

‘द सोल्टी रिसोर्ट’ शिवपुरीमा आधुनिक बैंक्वेट हल, दुई खुला लन र आकर्षक एम्फिथिएटर रहेका छन् । यी स्थलहरू विवाह, कर्पोरेट कार्यक्रम, सामाजिक उत्सव तथा ‘रिट्रिटहरू’ आयोजना गर्न उपयुक्त छन्, जहाँ प्राकृतिक सौन्दर्य र शीतल पहाडी वातावरणले अनुभवलाई अझ विशेष बनाउने कम्पनीले विश्वास लिएको छ ।‘द सोल्टी रिसोर्ट’ ले स्वास्थ्य, तन्दुरुस्ती र प्राकृतिक अनुभवमा केन्द्रित आतिथ्य सेवा प्रदान गर्दछ । रिसोर्टमा स्विमिङ पुल, स्पा, स्टिम, साउना र फिटनेस सेन्टरका साथै हाइकिङ, चराचुरुङ्गी तथा वन्यजन्तु अवलोकनजस्ता गतिविधिहरूको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९