सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

काठमाडौँ,   भारतको ग्वालियरमा जन्मिएर भारतीय रङ्गमञ्च, सङ्गीत, साहित्य र चलचित्रमा स्थापित नाम हुन् पीयुष मिश्रा । ६३ वर्षीय बहुआयामिक कलाकार मिश्रालाई अभिनेताकै धेरैले चिन्ने गरेका छन् । तर, उहाँ रङ्मञ्चसँगै साहित्यमा पनि उत्तिकै सक्रिय र स्थापित नाम हुनहुन्छ । पछिल्लो समय उहाँको सक्रियता गायनमा बढिरहेको छ रङ्गकर्मी माँझ चर्चित भारतको दिल्लीमा रहेको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) बाट अभिनय सम्बन्धी शिक्षा लिनुभएका अभिनेता मिश्रा आजभोलि अभिनयको कामलाई थाती राखेर आफ्नो साङ्गीतिक समूहसँग विभिन्न सहरमा गीत सुनाउन पुग्नुहुन्छ ।

 

 

“अहिले म अभिनयको लागि पनि समय निकाल्न सकिरहेको छैन, किनकि म गीत सुनाउन भारतकै विभिन्न सहर पुग्ने गरेको छु । मलाई यसमा अनान्द आउँछ, किनकि म बलिउडका गीतहरू गाउँदिन, मैले गाउने गीत मैले नै तयार गरेका छन्, यी रङ्गमञ्चका गीतहरू हुन्”, अभिनेता मिश्राले भन्नुभयो ।काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करणमा सहभागी हुन् नेपाल आउनुभएका उहाँले सफलता प्राप्त गर्न घर छाड्नु सक्नुपर्ने बताउनुभयो । महोत्सव अन्तर्गत पहिलो दिन कार्यक्रममा सुनिनुभएका अभिनेता मिश्राले सङ्घर्षले दिने सफलता दीघो हुनेमा जोड दिनुभयो ।

 

 

“तपाइँ केहि बन्न चाहनुहुन्छ भने पहिला आमाको हातबाट बन्ने खाना छाड्नुस, आफ्नो सहजता त्याग्नुस् र उदेश्य प्राप्तिका लागि हिँड्नुस, असम्भव केही छैन । तपाइँ एउटा मात्र काम गर्न सक्षम हुनुहुन्छ भन्ने म मान्दिन, हामीले गर्न नसक्ने केही छैन तर अल्छी बन्नु हुन्न्”, उहाँले भन्नुभयो ।जीवनको पहिलो २० वर्ष ग्वालियर, त्यसपछिको २० वर्ष दिल्ली र २३ वर्षदेखि मुम्बईमा बसोबास गरिरहनुभएका अभिनेता मिश्राले आफूले चाहेको सबै काम गर्न पाएको बताउनुभयो । ग्वालियर छाड्नका लागि ’एनएसएडी’ पुग्नुभएका अभिनेता मिश्राले रङगमञ्च हुँदै आफ्नो कामलाई साहित्य र चलचित्रसँग जोड्नुभयो । बाल्यकालदेखि लेखनमा अद्भुत कला देखाउने अभिनेता मिश्राले आफू ‘गड गिफ्टेड ट्यालेन्ट’ रहेको सुनाउनुभयो । आफ्नो मनले दिएको काम गर्दै सफलताको उच्चतम विन्दुमा पुग्न सफल हुनुभएका उहाँले सुरुआती समयमा बलिउडमा अभिनेता बन्ने अवसरलाई समेत त्याग्नुभयो ।

 

 

 

“मलाई कुनै समय बलिउडमा अभिनेता बन्ने प्रस्ताव आएको थियो, मेरो तस्बिर हेरेर निर्माताले मन पराउनुभएको रहेछ । तर, त्यो समय म रङ्गमञ्चमा रमाई रहेको थिएँ, मैले के गर्नुपछ भन्नेमा स्पष्ट थिएँ । मलाई बारम्बार गएर निर्मातालाई भेट्न भनियो, तर म गइन् । म घमण्डी भएर होइन की म त्यो समयमा रङ्गमञ्च नै गर्न चाहन्थे । मैले आफ्नो कला यात्रामा जे जस्तो गरे, म खुसी छु”, उहाँले भन्नुभयो ।

 

 

 

नेपाल आउँदा उहाँलाई खुसी र आनन्द लाग्ने रहेछ । काठमाडौँको सुन्दरता, अत्याध्मिक पक्ष, वातावरण अभिनेता मिश्रालाई आकर्षित गर्ने तत्व हुन् । “मैले सुनेको छु, काठमाडौँ कलाका लागि राम्रो ठाउँ हो, यहाँ धेरै साङ्गीतिक कार्यक्रम हुने गरेका छन् । मलाई बोलाइएमा म यहाँ आफ्नो समूहसँग आएर गीत सुनाउने छु, किनकि पछिल्लो समय म यसमै रमाईरहेको छु, यो मेरो मनले चाहेको काम हो”, उहाँले भन्नुभयो ।अभिनेता मिश्राले आफ्नो आत्मकथा ‘तुम्हारी औकात क्या है पियूष मिश्रा रु’ मा आफ्नो बाल्यकालका जटिल भोगाइ, रङ्गमञ्चप्रतिको मोह, परिवारको अपेक्षाविरुद्ध कलाको बाटो रोज्ने साहस लगायत रहेको बताउनुभयो ।

 

 

 

“मैले जीवनका पहिलो २० वर्ष ग्वालियरमा बिताएँ, त्यसपछिका २० वर्ष दिल्लीमा र पछिल्ला वर्षहरू मुम्बईमा । यो पुस्तकमा यी तीनै शहरसँग जोडिएका मेरा अनुभव, सङ्घर्ष र सम्झनाहरू समेटिएका छन् । यसले सङ्घर्षले दिलाउने सफलता बारे थोरै भएपनि बुझाउँछ”, उहाँले भन्नुभयो ।उहाँले युवाहरूलाई आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर्न सुझाव दिँदै आफ्नो सक्षमतालाई बुझ्न आग्रह गर्नुभयो । महोत्सव जेठ २४ गते आइतबार बेलुकी सम्पन्न भईसकेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९