किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

किस्पाङ (नुवाकोट), जिल्लाको किस्पाङ गाउँपालिकामा ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’अन्तर्गत वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयका आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता थियो ।

 

 

‘सङ्घीयतामा स्थानीय सरकार’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालयका राधिका रैला प्रथम, ऐसेलु भूमे माध्यमिक विद्यालयका लक्ष्मी विक द्वितीय र ज्ञानज्योति माध्यमिक विद्यालयका पूजा तामाङ तृतीय भएकी छिन् ।

 

 

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्वप्रमुख प्राडा सोमप्रसाद खतिवडा नेतृत्वको निर्णायक समितिले वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थी छनोट गरेको हो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १० हजार, रु आठ हजार र रु छ हजार पुरस्कार प्रदान गरियो । दुई दिवसीय प्रतियोगिताको समापनका अवसरमा पुरस्कृत सबैलाई गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

 

 

स्थानीय सम्पदा र संस्कृति विषयक चित्रकला प्रतियोगितामा आधारधूत तहतर्फ पञ्चलिङ्गे माविका सरस्वती घले प्रथम, जल्जुखोला माविका मनिष घले द्वितीय र ज्ञानज्योति माविका सञ्जिता तामाङ तृतीय भएका हुन् । माध्यमिक तहतर्फ किस्पाङ बहुप्राविधिक विद्यालयका सम्झना गुरुङ, ऐसेलु भूमे माविका पाल्देन ग्याल्जोन घले द्वितीय र पञ्चलिङ्गे माविका धनुमाया तामाङ तृतीय भएसँगै विजयीले क्रमशः रु नौ हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

 

 

चित्रकला प्रतियोगिताको निर्णायकमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति लालकाजी लामा रहनुभएको थियो । कार्यक्रमअन्तर्गत बुधबार समूहगत र एकल लोकनृत्य प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रममा गायक तथा सङ्गीतकार वैकुण्ठ महतका साथै विभिन्न प्रतिभाको प्रस्तुति रहेको थियो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सरोज अधिकारीले ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’ लाई आगामी वर्षमा पनि निरन्तरता दिने जानकारी दिनुभयो ।

 

 

शिक्षालयमा रक्तदान

यसैबीच, मानवीय सेवाको भावना विकासका लागि किस्पाङ बहुप्राविधिक शिक्षालयको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, नुवाकोटको प्राविधिक सहयोग भएको कार्यक्रममा विद्यार्थी र अन्य गरी ४० जनाले सहभागिता जनाई ४० पाउण्ड रगत सङ्कलन गरिएको शिक्षालयका प्रमुख विनोद न्यौपानेले जानकारी दिनुभयो ।उहाँले यस्तो कार्यक्रमबाट सामान्य चिकित्सा र स्वास्थ्य सहायक अध्ययनरत विद्यार्थीलाई व्यवहारिक सिकाइ पनि भएकाको बताउनुभयो । रक्तदाताहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९