गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

काठमाडौँ, मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला टिपेटर बजार पठाउन भ्याइ–नभ्याइ छ ।जुनार टिप्ने मध्य समय मङ्सिरदेखि पुस १५ गतेसम्म भएकाले यहाँका जुनार–सुन्तला बगैँचामा किसान, कामदार र व्यापारी तछाडमछाड गरिरहेका छन् । स्थानीय वरिष्ठ पत्रकार डण्ड गुरुङ भन्नुहुन्छ, “जन्मथलोको सुगन्धले पत्रकारिता पेसासँगै कृषि कर्ममा जोडिएको छु । हेर्नुस् त पाखैभरि पहेँलपुर जुनार–सुन्तला ! यहाँको बगैँचामा सुनै–सुन छ । बोटमा पैसा फलेको छ ।”

 

प्रत्येक वर्ष व्यापारिले किसानको बगैँचाबाटै फल उठाउने भएकाले अहिले त्यस क्षेत्रमा उनीहरूको उल्लेख्य उपस्थिति छ । तीनकन्या बगैँचामा सुनौला रङका जुनार–सुन्तला हाँगै भाँचिने गरी लटारम्म फलेको देखिन्छ । फल थेग्न नसकेर झुलेका हाँगालाई टेको लगाएर अड्याइएको छ । पैसा कमाउन विदेश जानुपर्छ, पैसा रुखमा फल्छ र ? भन्नेलाई किसानले गलत सावित गरिदिएको उल्लेख गर्दै लटारम्भ जुनार देखाउँदै पत्रकार गुरुङ भन्नुहुन्छ, “हेर्नुस् त्यहाँ रुखमै झुप्पाका–झुप्पा पैसा फलेको छ ।” गोलञ्जोर–४ तीन कन्या माझकुभिण्डेका उत्पादित जुनार–सुन्तला गुणस्तरीय र रसिलो भएकाले खरिद गर्ने व्यापारी पैसाको बिटो बोकेर बगैँचामा घुमिरहेका पाइन्छ । त्यसक्षेत्रका किसानका बगैँचामा न्यूनतम ५० देखि अधिकतम एक हजारसम्म जुनार सुन्तलाका बोट रहेको पाइएको छ । जुनारबाट राम्रो मूल्य पाएपछि यहाँका किसानसमेत हर्षित छन् ।

 

हो, त्यहाँका जुनार–सुन्तलाको एउटै बोटले किसानलाई वार्षिक रूपमा रु २५ हजारसम्म मूल्य बराबरको उत्पादन दिँदै आएको छ । अहिले त्यहाँ बगैँचाबाट जुनार प्रतिकिलो रु ५५ र सुन्तला रु १०० का दरले बिक्री हुँदै आएको छ । बजारमा उपभोक्ता मूल्य भने जुनारको प्रतिकिलो रु ९० र सुन्तलाको रु १३० रहेको छ ।

 

पत्रकार गुरुङले भन्नुभयो, “तपाईंहरू यहाँको बगैँचा घुम्नुस्, प्रत्येक घरका बगैँचामा जुनार र सुन्तला नामको पहेँलपुर सुनै–सुन फलेको छ । अहिले व्यापारी तछाड–मछाड गर्दै पैसाको बिटो लिएर बगैँचामा घुमिरहेको देख्नुहुन्छ ।” उहाँले भनेजस्तै बगैँचाका प्रत्येक बोटमै पैसा फलेको छ, जुनार–सुन्तला नोटसँग साटिन तम्तयार भएर झुलेको देखिन्छ । गोलञ्जोरको सातै वडाको महाभारत क्षेत्र हावापानीका हिसाबले जुनार–सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ ।

 

सरकारी तथ्याङ्कअनुसार त्यस पालिकाबाट मात्रै वार्षिक रूपमा करिब रु ४० करोड मूल्य बराबरको जुनार–सुन्तला उत्पादन हुने गरेको छ । पत्रकार गुरुङकै सल्लाह र सुझावमा पालिकाले गत मङ्सिरको २३ देखि २५ गतेसम्म माझकुभिण्डेमा बृहत् जुनार प्रवर्द्धन मेलासमेत आयोजना गरको थियो । मेलाका अवसरमा बगौँचा पुगेर आफ्नै हातले टिपेर जुनार–सुन्तलाको स्वाद चाख्न तथा बगैँचा अवलोकन गर्न हजारौँ व्यक्ति आन्तरिक कृषि पर्यटकका रूपमा पुग्नुभयो ।

 

स्थानीय मौलिक फल जुनारको राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने, आर्थिक र पौष्टिक महत्त्वबारे जानकारी गराउने, कृषकलाई सम्मान गर्ने तथा उत्पादन बजारसम्म पु¥याउन सरकारसँग सहज सडकको माग गर्ने उद्देश्यले मेला गरिएको थियो । मेलामार्फत देश–विदेशका राष्ट्रिय सञ्चार माध्यममा समेत गोलञ्जोरको जुनारले स्थान र चर्चा पाएको थियो र छ ।

 

राज्यप्रति स्थानीयवासीको एउटै गुनासो छ, बीस वर्षदेखि सडक कालोपत्र होस् भनी उठाएको आवाज कहिले पूरा हुन्छ ? पूर्वाधार कार्यालय सिन्धुलीका प्रमुख प्रमुख लक्ष्मीप्रसाद सापकोटा किसानको माग बमोजिम चिल्लो र कालोपत्र सडक भएमा सजिलै बजारसँग जोड्ने र उत्पादित फल समयमै बिक्री गर्न सजिलो हुने बताउनुहुन्छ ।

 

जुनार किसानको मागअनुरूप खतियाखर्कबाट बाहुनतिल्पुङ र देउरालीसम्मको सडक प्रदेशिक सरकारको गुरु योजनामा परेकाले सबैको पहलमा बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता उहाँ औँल्याउनुहुन्छ । बिपी राजमार्गको महाभारत क्षेत्रको खनियाखर्कबाट करिब ३५ किमी कच्ची सडकको यात्रा गरी पुग्न सकिने माझकुभिण्डेमा पुग्ने जोकोही पाखैभरि लालुपातेझैँ झुलेका जुनार–सुन्तलाका बोट देखेपछि छक्कसँगै दङ्गसमेत अवश्य पर्ने छन् ।

 

पछिल्ला वर्षमा त्यहाँ व्यावसायिक उत्पादन गरेका जुनार–सुन्तला किसानले हचुवाका आधारमा बोटबाटै मोलतोल गरी व्यापारीलाई बिक्री गर्दै आएका छन् । जुनार र सुन्तलाको फूल फल्नासाथ व्यपारी टोकनबापतको रकम लिएर किसानका बगैँचामा पुग्ने गरेका छन् । केही वर्षदेखि जुनारमा औँसा, सुडेपुतली र ढुसीलगायत रोग देखिएपछि किसानले जुनारस्रोत तथा अनुसन्धान केन्द्र स्थापनाका लागि माग गरिरहेका छन् । महाभारत शृङ्खलाको काखमा पूर्वउत्तर ढल्किएको तीनकन्या क्षेत्रबाट तल सुनकोशी गडतिर र रामेछाप क्षेत्रको भूगोल तथा गौरी शङ्करलगायत हिमाल छर्लङ्ग देखिने भएकाले प्राकृतिक दृश्यावलोकनका हिसाबले समेत यो भू–भाग महत्त्वपूर्ण मानिन्छ ।

कस्तो फल हो जुनार, नाम कसरी रह्यो ?

जुनारको इतिहास दुई सय वर्ष अघिको छ । जुनारलाई गोलञ्जोरमै उत्पत्ति भएको फल मानिन्छ । यसको इतिहास नेपालको लोपोन्मुख जाति हायु परिवारसँग जोडिएको छ । प्रारम्भमा जुनारका बिरुवा कोसेलीका रूपमा नजिकको गाउँ वितरण गरिएको भन्ने छ ।

 

करेसाबारीमा फलेको अनौठो फल फलेपछि स्थानीय हायु परिवारले तत्कालीन राजा÷महाराजलाई चखाउन पठाएका थिए । उहाँहरूले ‘जिउनार’ गरेको र मिठो रहेको सुनाएपछि त्यो फलको नाम ‘जुनार’ रहन पुगेको विश्वास गरिएको छ । दानेदार रसिलो जुनार भर्खरै जन्मिएको बालकदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहलाई खुवाउन मिल्ने फल हो । स्थानीय तीन कन्यामै उत्पत्ति भएको मानिएको जुनारको व्यावसायिक खेती भने विसं २०३२ देखि हुँदै आएको छ ।

 

नेपालको मौलिक फलका रूपमा परिचित जुनारखेती जिल्लाको एक हजार ११३ हेक्टरमा फैलिएको गोलञ्जोर गाउँपालिका प्रमुख शङ्करराज बराल बताउनुहुन्छ । जिल्लामा उत्पादन हुने कुल ९० प्रतिशत जुनार गोलञ्जोरमा उत्पादन हुने गरेको छ । यो वर्ष ११ हजार मेट्रिक टन जुनार यसै क्षेत्रबाट उत्पादन हुने अनुमान छ । महाभारत शुङ्खलाको ७२ किमी क्षेत्र जुनार–सुन्तला उत्पादनका लागि उपयुक्त मानिएको छ ।

 

अनौपचारिक तथ्याङ्कअनुसार त्यस पालिकाबाट मात्रै वार्षिक रूपमा रु ७५ करोड मूल्य बराबरको जुनार–सुन्तला बिक्री हुने गरेको छ । जुनार उत्पादन सहकारी सङ्घ सिन्धुलीका अध्यक्ष निर्मल रम्तेल भन्नुहुन्छ, “स्वादिला र गुणस्तरीय भएकाले होला, व्यापारीहरू पैसाको बिटो लिई बगैँचामै आएर जुनार किन्न व्यापारी तछाड–मछाड गर्छन्, त्यसैले भनिएको हो, यहाँको रुखमै पैसा फल्छ ।” त्यस पालिकाका सात वटै वडामा जुनारखेती छ ।

 

साथै जिल्लाका अरु गाँउपालिका कमलामाई, सुनकोशी, तीनपाटन, हरिहरपुरगढीमा पनि पछिल्लो समय जुनारखेती विस्तार हुँदै गएको छ । गोलन्जरको एउटा मौलिक फल जिल्लाकै पहिचान बनेको प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष बराल भन्नुहुन्छ, “जिल्लाभरमा यसको एक अर्बभन्दा बढीको व्यापार छ । धेरैले रोजगारी पाएका छन् । अघिल्ला वर्षमा औँशा र सुडेपुतलीले दुःख दिएकामा अहिले त्यो नियन्त्रण हुँदै गएको छ । यद्यपि हरेक वर्ष रोगकिसाबाट फललाई जोगाउन सजग र सचेत रहनुपर्ने देखिन्छ ।

 

सिन्धुलीमा उत्पादित जुनारको बजार पूर्वमा काकडभिट्टादेखि पश्चिमा पोखरा र बुटवलसम्म छ । बिपी राजमार्ग भएर पूर्व–पश्चिम यात्रा गर्ने जो कोहीको झोलामा कोसेलीका रूपमा जुनार रहने गरेको छ । सिन्धुलीमाढी, खनिया खर्क र खुर्काेट बजारमा हार मिलाएर बिक्रीका लागि राखिएको जुनारका थुप्राले एक पटक यात्रुको ध्यान खिच्ने गरेको छ । अहिले गाउँमा मात्र होइन, सहरबजारका हरेक फलफूल पसलमा जुनार राखिने गरिएको छ । सुन्तला र एभोगाडोको तुलनामा निकै सस्तो जुनार अत्याधिक रसिलो फल हो ।

 

जुनारबाट जुस, स्क्वास, जाम, जेली, मार्मालेड, क्याण्डीजस्ता विभिन्न परिकार बनाउन सकिन्छ । त्यस्तै जुनार बगैँचामा अन्तरबालिकारूपमा भटमास, सिमी, अदुवा, दाल, बेसार र कफीखेतीलाई किसानले अघि बढाइएको छ । त्यसबाट किसान निकै लाभान्वित भएका छन् । नयाँ बालिका रूपमा त्यस क्षेत्रमा एभोकाडो र अम्बा पनि किसानले भित्र्याएको देखिन्छ ।

गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने भन्नुहुन्छ, “जुनार–सुन्तला खेतीका लागि यहाँको हावापानी उपयुक्त छ, उत्पादित फल निकै मिठो छ ।” यस क्षेत्रमा उत्पादित जुनार–सुन्तलालाई सहजरूपमा बजारसम्म पुर्‍याउन तथा यसको महत्त्वबारे राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा परिचित गराउने अभियानमा जनप्रतिनिधिहरू जुटिरहेको उहाँ बताउनुहुन्छ ।

 

भर्खरै जन्मिएको शिशुदेखि १०० वर्षसम्मका वृद्धलाई पनि जुनारका रख खुवाउँदा कुनै असर गर्दैन । बरु हुर्कन र ताकत प्राप्त हुन्छ । त्यसैले पनि जुनारको माग र महत्त्व बढेको छ । तर यति हुँदाहुुँदै पनि किसानको रोजाइमा भने जुनारको तुलनामा सुन्तला नै रहेको पाइन्छ । सुन्तला सर्लक छोडार खान सजिलो हुन्छ । रोग किराको सङ्क्रमण जुनारको दाँचोमा सुन्तलामा कम हुन्छ । स्थानीय गुणबहादुर ठकुरीका अनुसार सुन्तला एक गाडी लिएर बेच्न निस्कियो भने रु डेढ लाख कमाइन्छ भने सोही परिणामको जुनार बेच्दा रु ५० हजार मात्र हुन्छ ।

 

तथापि, जुनार नेपालकै मौलिक फल रहेकाले यसको प्रचारप्रसार गरी किसानलाई बजारको पहुँच सहजताका लागि सरकारले कालोपत्रे कृषि सडक बनाइ दिनुपर्ने उहाँको भनाइ थियो । उहाँका अनुसार, उपयुक्त हावापानी भएकाले नेपाल र नेपालीका लागि आम्दानीको राम्रो स्रोत जुनार–सुन्तलाभन्दा राम्रो अरु केही छैन । पैसा कमाउन युवापुस्ता बाहिर जान पर्दैन । यही स्रोत राम्रो छ ।

 

विसं २०३५ देखि व्यावसायिक जुनारखेती गर्दै आउनुभएका ठकुरीको हाल ६०० बोट जुनार सुन्तला छ । उहाँको वार्षिक कमाइ हाल रु ३० लाखसम्म हुँदैआएको छ । पछिल्लो समय रामेछाप, ओखलढुङ्गा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा पनि जुनारखेती व्यावसायिक रूपमा अघि बढिरहेको छ । जुनारखेती विस्तार र प्रवर्द्धन सरकारले कालोपत्र सडक, मेला र महोत्सव गर्नुपर्ने व्यावसायिक खेती गर्दै आएका किसानको भनाइ छ । हुन पनि बजार व्यवस्थापन, सहज पहुँच र प्रचारप्रसार गर्न सके रसिलो, पोषिलो अनि स्वादिलो नेपालकै स्थानीय मौलिक फल जुनारले अरु फलफूलसँग प्रतिस्पर्धा गर्न पर्दैन ।

 

सिन्धुली जुनार सङ्घका अध्यक्ष कर्णबहादुर आलेमगर हावापानीका कारण धेरै गुणस्तरीय फल उत्पादनको सम्भावना रहेको बताउनुहुन्छ । यद्यपि कृषक गुणबहादुर ठकुरीका अनुसार माझकुभिण्डे आम्दानीको हिसाबले धेरै फल्ने, छिटो बिक्री हुने, पैसा पनि धेरै आउने भएकाले सुन्तला प्रतिको मोह बढ्दो छ । नारायण न्यौपाने/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

जलेश्वर(महोत्तरी),  बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड भन्दा बढीको क्षति भएको छ ।इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीका अनुसार गत शुक्रबार, शनिबार र आइतबार परेको बेमौसमी वर्षाबाट जिल्लाभित्र रहेका तीन दर्जन इँटा उद्योगमा पकाउनका लागि तयारी अवस्थामा रहेको सो...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भरूवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुर, बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ,  राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरिका...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९