मधेशमा ‘तिलासक्रायत’को चहलपहल

महोत्तरी,  ‘तिलासक्रायत’ पर्वको चहलपहल बढ्दै छ । माघेसङ्क्रान्ति भनिने पर्वलाई मिथिलामा ‘तिलासक्रायत’ भन्ने गरिएको छ । यो पर्व यसपालि आगामी बिहीबार मनाइँदैछ ।लगातारजस्तै बढेको बाक्लो हुस्सुले डम्म ढाकेर चिसो सिरेटो चल्ने क्रम पछिल्ला दुईतीन दिनयता अपराह्नपछि कम हुँदै गएपछि पर्वको तयारीमा लाग्न थोरै राहत मिलेको सर्वसाधारणले बताएका छन् । दुईतीन दिनदेखि दिउँसोतिर हुस्सु फाटेर केहीबेर घाम देखिन थालेपछि यतातिरका साँझपख लाग्ने साप्ताहिक हटिया (निश्चित बार लाग्ने बजार)मा पर्वका सामानको खरिदबिक्रीले चहलपहल बढ्दै गएको छ ।

 

यो पर्वमा गरिब किसान केही नगद आर्जन हुने आसमा निकै व्यस्त हुन्छन् । यसबेला आफ्ना उत्पादित बस्तुले राम्रो मूल्य पाउने आसमा गरिब किसानको व्यस्तता बढ्ने गरेको हो । कठ्याङग्रिँने ठिही खप्दै किसान उखु पेलेर मिठ्ठा (सक्खर) बनाउन र बजार पुर्याएर बेच्न तल्लिन छन् । त्यसैगरी, पर्वविशेषका खाद्यवस्तु सखरखण्ड, तरुल र सुथुनी (माटोमुनि फल्ने मधेसको एकप्रकारको फल) खन्न, बजार पुर्याएर बेच्न किसानलाई भ्याइनभ्याई छ । यसपालि लामो शीतलहरले काटेर खलोमा राखिएको तील भने कोसा सुक्न नपाएर पूर्वपश्चिम राजमार्गको सेरोफेरो र त्योभन्दा तलका किसानले झार्न पाएका छैनन् । किसानले झार्न भ्याएका तील बजारमा पुर्याउनासाथ राम्रो मूल्यमा बिकेको बर्दिबास–३ चुरेकाछ बस्ती पर्साहीधापका बुद्धबहादुर मोक्तान बताउनुहुन्छ ।

 

“हाम्रो काछतिर त खासै हुस्सु लागेन, कहिलेकाहीँमात्रै हो, त्यसैले तील झार्न पायौँ”, उहाँ भन्नुहुन्छ, “बेलाले होला, राम्रै दाम पाइयो ।” तील अहिले रु ३०० देखि ३४० प्रतिकिलोसम्म बेचिएको उहाँको भनाइ छ । त्यसैगरी, अहिले सक्खर, सखरखण्ड, तरुल र सुथुनीले पनि राम्रो मूल्य पाउने गरेको किसान बताउँछन् । “अरु बेला रु ९० देखि १०० प्रतिकिलो बिक्ने सक्खर अहिले रु १२० मा बिकेको छ”, भङ्गाहा–४ प्रेमनगरका किसान सुफल महतो भन्नुहुन्छ, “सक्खरले राम्रो दाम पाउँदा ठण्डी (चिसो) मा काम गरेको दुःख बिर्साएको छ ।” अहिले सखरखण्ड, तरुल र सुथुनी पनि प्रतिकिलो रु १०० माथि बिक्री भइरहेको किसान बताउँछन् ।

 

पर्व ठ्याक्कै सङ्घारमा आएका बेला अब दिउँसोतिर दिन सफा हुँदै गएपछि सर्वसाधारणले अब राहतको अनुभव गरेका छन् । “दुईतीन दिन भयो, दिउँसो अलिबारलाई भए पनि घाम देखिन थालेको छ”, बर्दिबास–८ हाथीलेटका इन्द्रदेव यादव भन्नुहुन्छ, “पवनी (पर्व)को दिनसम्म मौसम निकै सुध्रने आस जगाउँदैछ ।”

 

मिथिलामा ‘तिलासक्रायत’ खानेपिउने रमाइलोको पर्व मानिन्छ । यस पर्वमा तील, चिउरा, मुरी (भुजा) र जुनेलोका ‘लाई’ (यी सामान भुटेर सक्खरको खुँदोमा मिसाइ बनाइने एकप्रकारको लड्डु) खाने, ख्वाउने चलन छ । त्यसैगरी पर्वका दिन मासको दाल र चामलको खिचडीमा घिउ हालेर खाइने मैथिल चलन छ । मिथिलाको मुख्य चाडवाडमध्येको यो पर्वमा सबैले टोलछिमेकका दोस्तमहिम (इष्टमित्र) र आफन्तलाई घरमा डाकी ख्वाउने गरिन्छ । यो पर्वपछि यसको ‘सनेस’ (कोसेली) छोरीचेली, दिदीबहिनी, फुपू र मितमितिनीकहाँ अनिवार्य लगिने चलनले माघमध्यसम्म यो पर्वको चहलपहल रहन्छ ।

 

यो पर्वका बेला अहिले तीनचार कट्ठामात्र जग्गा भएका गरिब किसानले पनि मिठ्ठा (सक्खर), तरुल, सखरखण्ड, सुथुनी र तील बेचेर रु १०–२० हजार नगद जोहो गर्न भ्याएका छन् । घरछेउको चारपाँच कट्ठा पाखोबारीबाटै यसपालि सखरखण्ड र तरुलबाट अहिलेसम्म रु १५÷१६ हजार लिइसकेको बर्दिबास–११ चुरेकाछको भित्रीखोला बस्तीकी सुकीमाया तामाङ बताउनुहुन्छ । अहिले आधाजसो खन्ने बाँकी रहेको उहाँको भनाइ छ । पर्वमा सखरखण्ड, सुथुनी र तरुल खाइने चलनले यसबेला यी उत्पादनले राम्रो बजार पाउँदै आएका किसान बताउँछन् ।

 

तिलासक्रायत पर्वमा सक्खर मिसाएर बनाइएको तील, चिउरा, मुरी (विशेष प्रकारको चामलको भुजा) र जुनेला (अन्नविशेष)को लाई (लड्डु), उसिनेको तरुल एवं मासको दाल, अरवा चामल र घिउको खिचडी विशेष प्रकार मानिने मैथिल परम्परा छ । यसै परम्पराले अहिले यी परिकार बनाइने खाद्य सामग्रीको माग ह्वात्तै बढेको हो ।

 

यहाँका साप्ताहिक हटियामा अहिले पर्वविशेषका सामग्रीको बजार दिनदिनै जमेको छ । साप्ताहिक हटियामात्र नभएर अहिले बस्तीबस्तीमै तील, मिठ्ठा, चिउरा, मुरी र कतिपय ठाउँमा लाइकै बजार जम्दै देखिँदो छ । दिउँसोतिर नै भए पनि घाम देखिन थालेपछि साँझपख लाग्ने यहाँका हटिया अब भरिभराउ देखिँदैछन् । यसले सम्पूर्ण मिथिलाक्षेत्र चहलपहलमय बन्दो देखिँदो छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९