माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

भद्रपुर (झापा),  माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका हातले बनेका देवी–देवताका मूर्ति कुनै समय मेचीदेखि महाकालीसम्म पुग्थे । आज त्यही मूर्तिकला उहाँको परिवारको पहिचान मात्र होइन, अस्तित्व जोगाउने सङ्घर्ष बनेको छ । भद्रपुर–६ मोतियावारी माता मन्दिर छेउमा विगत तीन दशकयता माटाका मूर्ति बनाएर जीवन धान्दै आउनुभएका राजवंशी दोस्रो पुस्ताका मूर्तिकार हुनुहुन्छ । पिताबाट आर्जेको सीपलाई पेसामा रूपान्तरण गर्दै उहाँले दुई सन्तानको शिक्षादिक्षा र चार जनाको परिवार यही मूर्तिकलामा नै निर्भर हुँदै आएको छ । तर पछिल्लो समय उहाँको यो परम्परागत पेसा आर्थिक सङ्कटमा फस्दै गएको छ ।

 

राजवंशीका अनुसार लगनशीलता र मेहनतमा कुनै कमी छैन, तर बजारमा बढ्दै गएको अतिक्रमणले उहाँको उत्पादन बिक्न छाडेको छ । ‘अभिषेक मूर्ति उद्योग’ नाममा कानुनी रूपमा सञ्चालनमा रहेको उहाँको उद्योग भारतीय बजारबाट अवैध रूपमा भित्रिने सस्ता मूर्तिका कारण व्यवसायमा गम्भीर असरमा परेको छ । “अवैध रूपमा भारतबाट आउने मूर्ति नरोकिने हो भने हामीजस्ता स्वदेशी माटोमा पसिना बगाएर खाने कलाकार भोकै मर्नुपर्ने दिन टाढा छैन,” उहाँ पीडा पोख्नुहुन्छ । कुनै समय चर्चित रहेको उहाँको उद्योगले नेपालभर पहिचान बनाएको थियो । अहिले ती दिन सम्झिँदा आफ्नै व्यवसाय बनावटी कथा जस्तै लाग्न थालेको राजवंशी बताउँनुहुन्छ । हिन्दू संस्कृतिका दसैँ, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्म पूजा, देवी पूजालगायत पर्वका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा उहाँ सक्रिय हुनुहुन्छ । साथै आदिवासी जनजातिको मौलिक संस्कार र संस्कृतिको झलक दिने विभिन्न प्रकारका मूर्ति बनाउँदै आउनुभएको छ ।

 

भगवान शिव, पार्वती, काली, सरस्वती, विश्वकर्मा, लक्ष्मी, भगवतीलगायत जुनसुकै देवीदेवताका मूर्ति माटो र सिमेन्ट दुवै माध्यमबाट बनाउन सक्ने सीप उहाँसँग छ । तर “भारतमा सस्तो मूर्ति पाइन्छ” भन्ने हल्लाले ग्राहक सीमापारि जाने वा भारतीय व्यापारी गाउँगाउँमै पुगेर मूर्ति बेच्न थालेपछि समस्या थपिएको राजवंशी बताउँनुहुन्छ । उहाँका अनुसार भारतीय बजारभन्दा आफ्ना मूर्ति सस्ता हुँदाहुँदै पनि प्रचारप्रसारको अभावले ग्राहकले थाहा नपाउने अवस्था बनेको छ । मूर्तिको व्यावसायबाट नै घरपरिवार चलाउँदै आउनुभएका राजवंशी सामाजिक सेवामासमेत सक्रिय हुनुहुन्छ । उहाँ स्वदेशी श्रम र सीपको सम्मान गर्ने सामाजिक अगुवासमेत हुनुहुन्छ ।

 

भ्रष्टाचार समाज विचलनको मुख्य कारण भएको ठहर गर्दै राजवंशीले भद्रपुर नगरलाई “भ्रष्टाचार शून्य नगर” बनाउने अभियानसमेत चलाइरहनुभएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत भइरहेका सडक विस्तार र स्तरिकरणका काम कमिशनका कारण गुणस्तरहीन भएको भन्दै आवाज उठाइरहने राजवंशी सामान्य लेखपढ गर्नुभएको भए पनि सचेत नागरिकका रूपमा परिचित हुनुहुन्छ । युवापुस्तालाई स्वदेशमै श्रम र सीपको महत्व बुझाउनुपर्ने उहाँको जोड छ । लोकतन्त्रमा इमानदार र सक्षम शासक आवश्यक रहेको बताउने राजवंशी पैसा र पहुँचका आधारमा राज्य सञ्चालन भइरहेसम्म गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने उहाँको बुझाइ छ ।

 

चार जनाको परिवार पाल्दै समाजमा केही देन दिन सफल भएको अनुभव सुनाउने राजवंशी आफ्ना सीप अरूलाई पनि सिकाउन तयार हुनुहुन्छ । तर मूर्तिकला सिक्न कोही नआएकोमा उहाँ चिन्तित देखिनुहुन्छ । पछिल्लो समय ग्राहक अभावका कारण पेसा नै सङ्कटमा परेको उहाँको गुनासो छ । माटोलाई माया गर्ने विष्णु राजवंशी आज पनि भद्रपुरको आदिवासी क्षेत्र महेशपुरमा मूर्तिसँगै रमाइरहनुभएको छ । तर अवैध आयात, राज्यको उपेक्षा र संरक्षणको अभावले उहाँको कला मात्रै होइन, पुस्तौँदेखि चलेको परम्परा नै हराउने खतरा बढ्दै गएको छ । उहाँ भन्नुहुन्छ, “यदि स्वदेशी कला र श्रमको संरक्षण भएन भने, माटोसँग जोडिएको हाम्रो पहिचान इतिहासमै सीमित हुनेछ ।” राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर,  परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो ।   यही माघ ४ गतेबाट...

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

काठमाडौँ, निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

घोडाघोडी (कैलाली),  यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै...

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

घोडाघोडी (कैलाली),  यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ,  वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९